निर्णय नं. ८९६४ - अंश दर्ता

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८९६४ - अंश दर्ता भाग: ५५ साल: २०७० महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६९/०८/१२ ५७८६ ने.का.प. २०७०, अङ्क २ निर्णय नं.८९६४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री कमलनारायण दास २०६६–CI–०६७५ २०६७–CI–१२९० फैसला मितिः २०६९।८।१२।३ मुद्दाः अंश दर्ता । पुनरावदेक प्रतिवादीः जिल्ला पर्सा, गा.वि.स. जीतपुर, वडा नं. ३ बस्ने अम्बिका महतोको छोरा राजेश्वर महतो विरुद्ध प्रत्यर्थी वादीः जिल्ला पर्सा, जीतपुर गा.वि.स., वडा नं.३ बस्ने स्व.अम्बिका महतो थारूको श्रीमति कलियादेवी थरुनी पुनरावेदक प्रतिवादीः जिल्ला पर्सा, जीतपुर गा.वि.स., वडा नं.३ बस्ने ब्रह्मप्रसाद महतोको श्रीमति पार्वतीदेवी थरुनी समेत विरुद्ध प्रत्यर्थी वादीः जिल्ला पर्सा, जीतपुर गा.वि.स., वडा नं. ३ बस्ने स्व.अम्बिका महतो थारूको श्रीमति कलियादेवी थरुनी शुरु फैसला गर्नेः मा.न्या.श्री तीर्थराज देवकोटा पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री नन्दराज अधिकारी मा.न्या.श्री गौरीबहादुर कार्की § समान अंशियारबीच कुनै एउटै मापदण्डको आधारमा बराबर अंशबण्डा गर्नुपर्ने बाध्यात्मक कानूनी व्यवस्था नभई एकापसमा नरमगरम मिलाई असल कमसल घटबढी गरी व्यावहारिक रूपमा मिलाई अंशबण्डा गर्न सक्ने नै देखिंदा दोस्रो पुस्ताका अंशियारहरूबीच जग्गा घटीबढी भएको भन्ने कारणले मात्र रीतपूर्वकको अंशबण्डा भएको छैन भन्न मिल्ने अवस्थाको विद्यमानता नदेखिने । (प्रकरण नं.६) § मुद्दाका पक्षहरूको बीच समय–समयमा भएका विभिन्न घटनाक्रमबाट नै अलग–अलग व्यवहार भएको तथ्य स्थापित हुने हुँदा त्यसरी अलग–अलग व्यवहार तथा कारोवार भएको देखिनु नै अंशबण्डा भएको कुरामा अदालत विश्वस्थ हुने आधार हुने । (प्रकरण नं.८) § आफ्ना हाँगाका अन्य दाजुभाइहरूबाट अंश पाउनु पर्ने भए त्यस्तो दावी लिई सबूद प्रमाणसहित अंशमा दावी लिन सक्ने र अंश नपाएको भए आ–आफ्नो हाँगा र पुस्ताका अंशियाराहरूबाट कानूनबमोजिम अंशबण्डा गरी पाउने । § दोस्रो पुस्ताहरूबीच नै अंशबण्डा नभएकोले सो पुस्ता तथा निजहरूको हाँगाका अंशियाराहरू समेतबाट अंश पाऊँ भनी लिएको अंशतर्फको वादी दावी पुग्न नसक्ने । (प्रकरण नं.११) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता हरिहर दाहाल तथा विद्वान अधिवक्ताहरू शालिकराम पाण्डे, लेखनाथ न्यौपाने र नन्दप्रसाद अधिकारी प्रत्यर्थी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादव तथा विद्वान अधिवक्ताहरू कृष्णप्रसाद सापकोटा, कौशल किशोर साह, तिलप्रसाद गौतम, किसुनदेव प्रसाद कोइरी र राजिव आचार्य अवलम्बित नजीरः § नेकाप २०६६, नि.नं. ७२२७, सम्बद्ध कानूनः § मुलुकी ऐन अंशबण्डाको ३० नं. फैसला न्या.दामोदरप्रसाद शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क)(ख) अन्तर्गत यस अदालतबाट मुद्दा दोहोर्‍याउने निस्सा प्रदान भई पुनरावेदनको रोहमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :– मूल पुर्खा वाल गोविन्द महतो थारूको छोरा तेजा महतो र रामबहादुर महतो भएको, तेजा महतो र म फिरादी सुखदेवीको दाम्पत्य जीवनबाट अम्बिका महतो र म वादी ब्रह्मप्रसाद महतोको जन्म भएको । अम्विका महतो र म फिरादी कलिया देवीबाट विपक्षी राजेश्वर महतो, म फिरादी प्रमोद महतो, म फिरादी संजयकुमार चौधरीको जन्म भएको हो । म फिरादी ब्रह्मप्रसाद महतो र विपक्षी पार्वतीदेवीबाट शशीकान्त, विजय महतो, म फिरादी सुनील, अनीलको जन्म भएको हो । विपक्षी रामनारायणप्रसाद थारू र विपक