निर्णय नं. २५९८ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २५९८ - उत्प्रेषण भाग: २८ साल: २०४३ महिना: बैशाख अंक: १ फैसला मिति :२०४३/०१/२२ २५७४ निर्णय नं. २५९८ ने.का.प. २०४३ अङ्क १ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् ०४२ सालको रि.नं. २१०३ आदेश भएको मिति : २०४३।१।२२।२ मा निवेदक : शा.ने.वा.से.नि.को एक्टिङ डाइरेक्टर पदमा कार्यरत रुद्रप्रताप राणा विरुद्ध विपक्षी : सचिव श्री ५ को सरकार पर्यटन मन्त्रालयसमेत विषय : उत्प्रेषण (१) निवेदकको हक हितमा असर पर्ने गरी कुनै कानुन नियमको त्रुटि गरी बढुवा गरेको अवस्था विद्यमान रहे भएको देखिन नआएकोले प्रस्तुत रिट निवेदन खारेज हुने । (प्रकरण नं. ९) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट र विद्वान वरिष्ठ अधिवक्रा श्री कृष्णप्रसाद पन्त विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली आदेश न्या.सुरेन्द्रप्रसाद सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा निम्न प्रकारको छ : २. शा.ने.वा.नी. मा १० फरवरी १९६० देखि अनवरत रुपमा इमान्दारीपूर्वक काम गर्दै आई सिनियर क्याप्टेनसम्म पुगेको कर्मचारी हुँ । नवौं तहमा भएको पनि १६ वर्ष भन्दा बढी समय वेतित भई हाल १० तहको पदमा का.मु. मुकरर भई सेवा गरी आएको छु निगमको नवौं तहबाट दशौं तहमा बढुवा दर्खास्त आव्हान गर्दा कानुन बमोजिम कुनै सूचना प्रकाशित नभएको तथा निवेदकले पनि कुनै सूचना नपाएकोले त्यसको जानकारी निवेदकलाई हुन नसकेबाट सो बढुवाको लागि दर्खास्त पेश गर्न सकेको थिएन । यस्तैमा शा.ने.वा.नि.कर्मचारी व्यस्था विभाग एउटा सूचना गोरखापत्रमा मिति ०४१।१०।१ मा प्रकाशित भएको र सो सूचना यस निगममा प्राविधिक सेवा समूहतर्फ रिक्त रहेको तह १० को पदमा लोकसेवा आयोगबाट प्राप्त संस्थानमा नियुक्ति बढुवा र विभागीय कार्यवाही सम्बन्धी सामान्य सिद्धान्त अनुसार आन्तरिक मुल्याङ्कनद्वारा बढुवा गर्ने सम्बन्धमा ०४१ साल पौष २४ गते बसेको पदपूर्ति तथा पदोन्नती समितिको बैठकले निम्न लिखित कर्मचारीलाई बढुवा गर्ने भनी केशवकृष्ण श्रेष्ठ र न्यूनतम प्राप्ताङ्क २२२.८२ भन्ने समेत उल्लेख भएकोले थाहा पाएँ । सो सूचनामा चित्त नबुझी पर्यटन मन्त्रालयमा उजूरी दिएकोमा ०३४।११।२० को विज्ञापनलाई कायम गरी स.अ.को परमादेश अनुसार बढुवा कार्यवाही सञ्चालन भएकोले उजूरी निरर्थक ठहर्याइएकोले सो निम्न लेखिएबमोजिम गैरकानुनी भनी प्रष्ट पारेको छ । ३. जिकिरः बढुवाको सम्बन्धमा संस्थानमा नियुक्ति बढुवा र विभागीय कार्यवाही सम्बन्धी सामान्य सिद्धान्त ०३३ को परिच्छेद ३ मा र सो सामान्य सिद्धान्त ०३५ को परिच्छेद ६ मा विस्तृत व्यवस्था भएको र सो सामान्य सिद्धान्त स्वीकार गरी शा.ने.वा.नि.कर्मचारीको सेवा नियमावली, ०३१ को परिच्छेद ७ को नियम ७.१.२ मा कानुनी व्यवस्था भएकोले उक्त सामान्य सिद्धान्त अनुसारकै प्रकृया तथा कार्यविधि बमोजिम बढुवाको कार्यवाही तथा निर्णय हुने र गर्नुपर्ने कुरामा कुनै विवाद देखिँदैन तैपनि उक्त सामान्य सिद्धान्त अनुसारको प्रकृया तथा कार्यविधि समेत नअपनाइएकोले मिति ०३४।११।२० को उक्त सूचना र मिति ०४१।९।२४ को उक्त सिफारिश निर्णय तथा श्री सचिवज्यू पर्यटन मन्त्रालयको निर्णय तथा पत्रसमेत गैरकानुनी भई बदरभागी छ । सामान्य सिद्धान्तको परिच्छेद ३ को दफा ४ (क) मा बढुवा सम्बन्धी कार्यवाही गर्दा कम्तिमा १५ दिनको म्याद दिई सम्बन