निर्णय नं. २५९९ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २५९९ - कर्तव्य ज्यान भाग: २८ साल: २०४३ महिना: बैशाख अंक: १ फैसला मिति :२०४२/१०/२० २५५४ निर्णय नं. २५९९ ने.का.प. २०४३ अङ्क १ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०४१ सालको फौ.पु.नं. ६८२, ४५६ फैसला भएको मिति : २०४२।१०।२० मा पुनरावेदक/प्रतिवादी : पोखरा कारागारमा थुनामा रहेको टेकबहादुर श्रेष्ठ विरुद्ध विपक्षी/वादी : भिमबहादुर राना मगरको जाहेरीले श्री ५ को सरकार पुनरावेदक/वादी : भिमबहादुर राना मगरको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : गोरखा जि.वङकोट गा.पं.वडा नं.६ बस्ने झलकबहादुर श्रेष्ठसमेत मुद्दा : कर्तव्य ज्यान (१) सबूद प्रमाणको अभावमा केवल वारदात अवस्थामा वारदात स्थलमा मौजुद थिए भनी सरजमीनका केही व्यक्तिले भनेकै आधारमा दोषी ठहराउन मिल्ने देखिएन । (प्रकरण नं. २९) फैसला न्या.बब्बरप्रसाद सिंह : पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर वादी श्री ५ को सरकारको तर्फबाट र प्रतिवादी टेकबहादुर श्रेष्ठको पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकारको रहेछ : २. गोरखा बुङकोट गा.पं.वडा नं.६ मा पर्ने ढापे खेतमा ऐ.बस्ने झलकबहादुर श्रेष्ठको र ऐ.गा.पं.वडा नं.४ बस्ने सानो खिलबहादुर आलेमगरको मुद्दा परी अन्तिम निर्णय भई नसकेको र सो खेतमा ०३८।७।३० गते विहान झलकबहादुर श्रेष्ठले खेताला लगी सो खेतमा धान काट्न लागेकोले सगाइ दिनु पर्यो भनी सोको खिलबहादुरले भनेकोले हामी पनि संगै गयौं र सानो खिलबहादुरले झलकबहादुरलाई यो खेतको धान तपाई पनि नलानुस् म पनि लान्न पञ्चायत जिम्मा राखौं भनी सानो खिलबहादुरले भन्नासाथ यसलाई ज्यानको माया रहेनछ अझ यस्तो कुरो लौ यसलाई मार भन्ने वचन दिने र सो बचन मानी टेकबहादुर, लोकबहादुर, बुद्धिबहादुर, हिमालाल समेत ४ जनाले लाठा ढुङ्गा र लात मुड्की घुस्सा समेतले हानी कुटपिट गरी अब मर्यो भन्ने भएपछि २ कान्ला मुनि फाली दिए । हामी छुट्याउन जाँदा हामीलाई पनि अरु धेरै मानिस भई कुटपिट गरेकोले हामी भागी घर आयौं र विरामी समेत बोकी अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ । विरामी सानो खिलबहादुर मर्नु बाँच्नु दोसाधी छ निज विउते पछि निजैबाट कुरा खुलाउने र अहिले हामी सख्त घाइते सानो खिलबहादुरको घाउ जाँच समेत गराई ज्यान मार्ने उद्देश्यबाट कुटपिट गर्ने र वचन दिने उक्त ५ जनालाई ज्यानसम्बन्धीको १५ नं. बमोजिम सजायँ गरिपाउँ भन्ने समेत मिति ०३८।८।१।२ को खिलबहादुर, एकबहादुर र निमबहादुर समेतको संयुक्त जाहेरी दर्खास्त । ३. खिलबहादुर मर्यो भन्ने गोरखा अस्पतालको ०३८।८।२ को पत्र । ४. बायाँ आँखामा निल दाहिंने आँखा रातो र टाउकोमा ४।५ ठाउँमा घाउ देखिएको र टाउकोमा समेत प्रशस्त घाउ भएको भन्ने समेत व्यहोराको लाश प्रकृति मुचुल्का । ५. म ढामे खेत नजिकै पुग्दा ९।१० जनाको हानाहान भइरहेको देखी विचमा गई छुट्याउन जोड गर्दा मलाई नाम नजानेको साइलोले मेरा टाउकोमा हिर्काए । हिमलाल बुद्धिबहादुर पछि लटारोमा थिए छेकबहादुरले पछि जे पाए त्यसैले हाने मैले खिलबहादुरलाई हिर्काएको होइन भन्ने समेत व्यहोराको लोकबहादुरले प्रहरीमा गरेको बयान । ६. सानो खिलबहादुर ठूलो खिलबहादुर र अर्को एकजना समेत भई हानाहान भइरहेको अरुको हातमा केही थिएन टेकबहादुरको हातमा लौरौ थियो, टेकबहादुरको लौरो मैले खोसी दिएँ त्यसपछि कसले कसलाई लडाए छुट्याउन सकिन भन्ने समेत व्यहोराको मिति ०३८।८।४ को हिमलाल श्रेष्ठले प्रहरीमा गरेको बयान । ७. म