निर्णय नं. २६०० - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २६०० - कर्तव्य ज्यान भाग: २८ साल: २०४३ महिना: बैशाख अंक: १ फैसला मिति :२०४२/१०/२० २२८९ निर्णय नं. २६०० ने.का.प. २०४३ अङ्क १ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् ०४१ सालको फौ.पु.नं. ५०८ फैसला भएको मिति : २०४२।१०।२०।१ मा पुनरावेदक/वादी : मेघबहादुर कवर जोगीको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : पाल्पा जि.बन्दिपोखरा गा.पं.वडा नं.७ बस्ने तिलकबहादुर कवर जोगीसमेत मुद्दा : कर्तव्य ज्यान (१) ठोस सबूद प्रमाणको आभावमा शंकासम्म देखाई जाहेरी गरेको र बकेको आधारमा कर्तव्य ज्यानको कसूर गरेको ठहर्‍याई जन्मकैदको सजायँ गर्न न्यायसंगत नहुने । (प्रकरण नं. २०) फैसला न्या.बब्बरप्रसाद सिंह : पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर श्री ५ को सरकारको तर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य पुनरावेदन जिकिर एवं निर्णय यसप्रकार छ । २. मेरो छोरा वीरबहादुर भन्ने धनबहादुर कवर जोगी २०३६ साल बैशाख २८ गते रातको ९ बजे सुत्‍न जान्छु भनी हामी बस्ने घरको बीचको तलमा सुत्‍न गएको र हामीहरू घरको भूर्इं तलाको दोकान भएको ठाउँमा सुत्‍न गएका थियौं । भोलिपल्ट २९ गते विहान बाहिर निस्कँदा घरको उत्तरतर्फ रहेको विलेद्र नेवारको गोठ दलिनमा नाम्लोले पासो लागी झुण्डिएको मृत्यु भइसकेको देखेको र सो दिन वीरबहादुर बोहरा क्षेत्री र तिलकबहादुर कवर जोगी र मेरो छोरा भैरव स्थान गा.पं.अन्तर्गत हटिया बजार गएका हुन पछि वीरबहादुर बोहरा र तिलकबहादुर राती ९ बजे आई तिम्रो छोरा खोई भनी मसँग सोधनी गरेका थिए । आधा घण्टापछि मेरो छोरा कट्टू मात्र लगाई घरमा आयो र तिलकबहादुर र वीरबहादुरले मेरो घोक्रो समाती घाँटी अठ्याई मार्न लागेका थिए भन्दै हसियाँ समाई तिलकबहादुरतर्फ जाई लाग्दा मेरो श्रीमतीले हसियाँ खोसेपछि छोरो सुत्‍न गएको हुनाले निजै दुई जनाले रक्सी खाई मेरो छोरालाई कर्तव्य गरी मारी झुण्डायाएको पूरा विश्वास लाग्छ भन्ने समेत मेघबहादुर जोगीको जाहेरी दर्खास्त । ३. ०३६ साल बैशाख २८ गते म तिलकबहादुर मर्ने वीरबहादुरसमेत ३ जनाजम्मा भई हटियाबजारमा कोकलेको भट्टीमा रक्सी खाई हटियामा गई मैले र तिलकबहादुरले मर्ने वीरबहादुर भन्ने धनबहादुर कर्तव्यबाट मरेको झुण्डयाएको देखिएको हुँदा निज धनबहादुरलाई तिलकबहादुरले कर्तव्य गरी मारी झुण्डयाएको पूरा शंका लाग्छ मैले कर्तव्य गरी मारे झुण्डयाएको होइन भन्ने समेत वीरबहादुर बोहराको कागज । ४. मर्ने वीरबहादुर भन्ने धनबहादुर वीरबहादुरसमेत भई ०३६।१।२८ गते हटिया कोकले कहाँ गई रक्सी खाएको हो र निजलाई मैले जोडले घोक्रयाएको हुँ । निज धनबहादुर घरमा आएपछि मलाई देख्नासाथ हसियाँ लिई मलाई काट्छु मार्छु भनेकोमा मर्नेको आमाले हसियाँ खोसेकी हुन् । भोलीपल्ट झुण्डी मरेको देख्दा मलाई अचम्म लाग्यो मैले मारी झुण्डयाएको होइन भन्नेसमेत तिलकबहादुर कवरजोगीको कागज । ५. तिलकबहादुर वीरबहादुर बोहरा मर्ने वीरबहादुर भन्ने धनबहादुर तिनै जना हटियातिर गई रक्सी खाई झगडा गरेका थिए । निजहरूले नै वीरबहादुर भन्ने धनबहादुरलाई झुण्डयाएको भनी गाउँघरमा कुरा गरेको सुनेको हुँ । निजहरूले नै कर्तव्य गरी मारेको होला जस्तो लाग्छ भन्ने समेत हुमबहादुर कवर जोगी, रामप्रसाद विश्वकर्मा समेतको कागज । ६. मर्ने वीरबहादुर भन्ने धनबहादुर, तिलकबहादुर वीरबहादुर बोहरा हटिया कोकले नेवारको घरमा रक्सी खाई बसेका रहेछन् र तिलकबहादुरले दिएर मैले पनि रक्सी खाएपछि तिनैजना झ