निर्णय नं. २६०२ - खिचोला हक कायम
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २६०२ - खिचोला हक कायम भाग: २८ साल: २०४३ महिना: बैशाख अंक: १ फैसला मिति :२०४२/१०/२८ २७६१ निर्णय नं. २६०२ ने.का.प. २०४३ अङ्क १ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४१ सालको दे.पु.नं. ५४२ फैसला भएको मिति : २०४२।१०।२८।६ मा पुनरावेदक/प्रतिवादी : का.न.पं.वडा नं.२३ झोछें बस्ने हेराशोभा तुलाधर विरुद्ध विपक्षी/वादी : का.जि.का.न.पं.वडा नं.२३ बस्ने कुलमान बानियाँसमेत मुद्दा : खिचोला हक कायम (१) साझा भए बण्डामा उल्लेख भएकोलाई आफ्नो भनी उजूर गरी बदर गराउनु पर्ने । (प्रकरण नं. १४) पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल विपक्षी/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री होराप्रसाद जोशी फैसला न्या.बब्बरप्रसाद सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति ०४०।४।१५।१ को फैसला उपर चित्त नबुझी प्रतिवादी हेराशोभा तुलाधरको पुनरावेदन गर्ने अनुमतिको लागि पर्न आएको निवेदनमा अनुमति प्राप्त भई बेञ्चसमक्ष पेश भइआएको प्रस्तुत खिचोला हक कायम मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छन् । २. श्री आगन देवताको प्रति गिरी नेपाल संवत् ८७१ चैत्र कृष्ण ४ का दिन सिलापत्र समेत राखी काठमाडौं झोछें टोल बानियाँ चोकको हाल न. पं.वार्ड नं.२३ अन्तर्गत झोछें बानियाँ टोल स्थित २ नाले ४ तेल दक्षिण मोहडा पक्की र झिंगटीको छाना भएको घरमा पूर्खा लक्ष्मीधर बानियाँले चोटा तलामा देवता स्थापना गरी गराई आफ्नु प्रतिमा र सिलापत्र राखी गुठी राख्नु भएको हामीले गुठी जानी भोगचलन गरी आएको ३ नं. नापी गोश्वारा ३ नं. नापी टोलीबाट नापी हुँदा कि.नं. १०१७ बाट नापी भई ७ दिने सूचना प्रकाशित भएको थियो हेराशोभा तुलाधरले सो आँगन घर मेरा नाउँमा दर्ता गरिपाउँ भनी दिएको निवेदनका सम्बन्धमा सर्भेबाट झिकाउँदा कुलमान बानियाँले आफ्नो भएको व्यहोरा खोली निवेदन दिनु भएकोमा झगडा जनाई दिने भनी सूचना प्राप्त गरेकोले फेराद गर्न आएका छौं बानियाको आँगन घरलाई व्यक्तिगत बनाउने बदनियतले खिचोला गरे गराएकोले खिचोला मेटाई हामी बानियाहरूको आँगन घर कायम गरिपाउँ भन्ने फिराद । ३. विवादको घरमा प्र. हेराशोभाको पिता हेरारत्नको निजी एकलौटी घर हो १९९६ सालको घरदर लगतमा समेत दर्ता भएको छ पिता माताको मृत्यु भयो कान्छी आमा सप्तमाया ०३३ सालमा परलोक हुनु भयो काजक्रिया म र बैनी लक्ष्मीशोभाले गर्यौं बहिनीले गरी दिएको छोडपत्र समेतबाट मेरो एकलौटी घरलाई वादीहरूले झुठ्ठा उजूर गरेका हुन घर मेरै कायम गरिपाउँ भन्ने समेत प्रतिउत्तरपत्र । ४. बण्डापत्रमा आफ्नै घर भन्ने उल्लेख भएको घरदरको लगत दिँदा हिरारत्नकै भनी दिएको साझा भए सोही बमोजिम घरदर हुनुपर्ने घरमा सप्तमाया बसेकी भन्ने कुरालाई वादीले नै स्वीकार गरेको कबूलियत छ भन्न नसकेकोले वादी दावीको घरमा देवता राखिएको सबै बानियाहरूले पूजा आजा गरिआएको र घरको हक हेरारत्नको नै रहेछ भन्ने देखिन आउँछ । सप्तमाया पछि घरको स्वामित्व अपुतालीको २ नं., को कानुनले छोरी हेराशोभाको कायम हुने र पूजा आजा सबै बानियाले गर्न पाउने घर साझा भन्ने वादी दावी नपुग्ने बकसपत्र पास नभएकोले बकसपत्रबाट मेरो भन्ने लेखरत्नको जिकिर नपुग्ने ठहर्छ भन्नेसमेत काठमाडौं जिल्ला अदालतको फैसला रहेछ । ५. सो इन्साफमा चित्त बुझेन भन्ने समेत वादी प्रतिवादी दुबैपक्षको अं.अ.मा पुनरावेदन परेको रहेछ । ६. प्र.हेराशोभाको हककायम गर्ने गरेको शुरुको इन्साफ मिलेको देखिएन घर वादीहरूको साझा आग