निर्णय नं. २६०३ - घर भत्काई पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २६०३ - घर भत्काई पाउँ भाग: २८ साल: २०४३ महिना: बैशाख अंक: १ फैसला मिति :२०४२/११/३० २५४८ निर्णय नं. २६०३ ने.का.प. २०४३ अङ्क १ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४१ सालको दे.पु.नं. ७६६ फैसला भएको मिति : २०४२।११।३०।५ मा पुनरावेदक/वादी : भ.पु.जि.न.पं.वडा नं.१६ लेखाचो बस्ने कृष्णभक्त भुजू विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ.वडा नं.१३ घरखा टोल बस्ने तुल्सीभक्त त्वायना मुद्दा : घर भत्काई पाउँ (१) घर बनाएको कुरामा घर बनाउनेको ११ नं. अनुसारको म्यादभित्र उजूर गर्न पर्नेमा सो गरेको समेत नदेखिँदा वादी दावी नपुग्ने । (प्रकरण नं. १२) पुनरावेदक/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री निरन्जनराज अर्याल विपक्षी/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री बाबुराज जोशी फैसला न्या.बब्बरप्रसाद सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४१।१।१४ को फैसला उपर प्रतिवादीको पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदन परी अुनमति प्रदान भई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य, पुनरावेदन जिकिर एवं निर्णय यसप्रकार छ । २. पिता कृष्णबहादुरका नाउँमा भ.पु.मालमा दर्ता रहेको जग्गा म र भाइ २०३० सालमा बाबुसँग भिन्न भई पिताजीले छोडपत्र गरी ०३५।३।१५ मा रजिष्ट्रेशन भई भ.पु. सिपाडोल गा.पं.वार्ड नं. १(क) कि.नं. १४१ को जग्गा रोपनी ६।४।३ मेरो नाममा नामसारी दर्ता गरी मेरो हक भएको कि.नं.१४१ को जग्गा विपक्षीले मोही भई कमाई आएको जग्गामा कुरुवा छाप्रोसम्म भएकोमा ०३९।३।२० गते मसँग नसोधी कच्ची घर बनाएकोमा जवाफ दिएँ । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(३) अनुसार खेतीलाई आवश्यक नभएको घर इत्यादी जग्गावालाको मन्जूरी नलिई बनाउन हुँदैन । घर बनाउनेको १ नं. र ४ नं. विरुद्ध कि.नं. १४१ को कच्ची घर भत्काई पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र । ३. फिराद अनुसार ०३६।३।२० मा मात्र विवादको घर बनाएको होइन, विपक्षी जग्गाधनीको पिताजी जीवित रहेको अवस्थामा नै निजको स्वीकृति लिएर मैले ०२१ साल चैत्रमा नै सो जग्गामा पक्की घर बनाई बसी भोगचलन गरी आएको हुँदा विपक्षीको दावी अनुसारको कुरा झुठ्ठा हो । उपरोक्त घर मर्मत गर्न स्वीकृति पाउँ भनी सिपाडोल गा.पं.मा निवेदन दिई स्वीकृति लिएर भोग गरीआएकोबाट देखिन आउँछ । दावीबाट फुर्सद पाउँ भन्ने प्रतिउत्तरपत्र । ४. वादीदावी पुग्न नसक्ने ठहर्छ भन्नेव्यहोराको ०३६।९।८।१ को भक्तपुर जि.अदालतको फैसला । ५. उपरोक्त फैसलामा चित्त बुझेन मेरो दावी बमोजिम गरिपाउँ भन्ने व्यहोराको वादीको बा.अं.अ.मा पुनरावेदनपत्र परेको । ६. वादी दावीको जग्गामा भएको प्रतिवादीको साविकको भुईतले कुरुवा छाप्रो कायमै राखी सो भुईतला माथि उठाएको तला, घर बनाउनेको ४ नं.बमोजिम प्रतिवादीले नभत्काएमा वादीले भत्काई लैजान पाउने हुँदा वादी दावी नपुग्ने गरी शुरु जिल्ला अदालतले गरेको फैसला उल्टी हुने ठहर्छ भन्ने व्यहोराको ०३८।१०।१२ को बा.अं.अ.को फैसला । ७. उपरोक्त फैसलामा चित्त बुझेन बा.अं.अ.को फैसला त्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने व्यहोराको प्रतिवादीको म.क्षे.अ.मा निवेदन परी अनुमति प्रदान भई पुनरावेदन दर्ता भएको रहेछ । ८. वादीले अञ्चल अदालतमा पुनरावेदन गर्दा पुनरावेदनको प्रकरण १२ मा २०२१ सालमै दुईतले पक्की घर बनाएको भए पनि मेरो स्वीकृति लिएको प्रमाण छैन भनी उल्लेख गरेकोबाट २०२१ सालमै २ तले पक्की घर बनेको भन्ने देखिन आएको छ । सर्भे नक्शामा हुन पर्ने भन्नलाई २०२१ साल चै