निर्णय नं. २६०५ - कीर्ते
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २६०५ - कीर्ते भाग: २८ साल: २०४३ महिना: बैशाख अंक: १ फैसला मिति :२०४३/०१/३१ २६१४ निर्णय नं. २६०५ ने.का.प. २०४३ अङ्क १ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४१ सालको फौ.विविध नं. ११० फैसला भएको मिति : २०४३।१।३१।४ मा निवेदक/प्रतिवादी : विराटनगर न.पं.वार्ड नं.१ बस्ने नाफालाल थारु विरुद्ध विपक्षी/वादी : ऐ ऐ.बस्ने अम्बरलाल थारु मुद्दा : कीर्ते (१) पक्ष तारेखमा छँदाछँदै मुद्दा डिसमिस गर्ने गरेको पू.क्षे.अ.को फैसला मुलुकी ऐन, अ.बं. १७९ को विपरीत भई त्रुटिपूर्ण भएकोले बदर हुने । (प्रकरण नं. २०) निवेदक/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त विपक्षी/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री बद्रीप्रसाद शर्मा फैसला न्या.पृथ्वीबहादुर सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ जाँची कानुन बमोजिम गर्नु भन्ने हुकुम प्रमांगी बक्स भई विविधको लगतमा दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं जिकिर निम्न छ । २. अमृतीय मेरी जेठी श्रीमती र नाफालाल छोरा हुन् हामीहरू बीच २०३०।३।१७।२ मा अंशबण्डा पास गरी अंश भागको जग्गा खाई आएको ज.वि.१६–१–४ मध्ये ०–९–०–० म अमरलालको भागमा र ७–१–४ अमृतीयाको अंश भागमा परी निजको नाउँको जग्गा मलाई छोडपत्र गरी जि.पं.मा मेरो नाउँमा दा.खा.भई भोग गर्दै आई सर्भेमा मेरै नाउँमा नापी भई धनी पूर्जा समेत पाइसकेको थिएँ । उक्त बण्डापत्र पेश गरी नाफालाल किरणराज नेपाल समेत सरिक भई मलाई समेत साक्षी राखी मिति ०२८।१।२१ को कीर्ते वारीसनामा खडा गरी छोडपत्र गरी मलाई दिएको उक्त जग्गा अमृतीयाको नाउँमा दर्ता गरिपाउँ भनी मिति ०२८।१।२४ मा भू.प्र.का.मा निवेदन गरेछन् । ३. अमृतीयाको कीर्ते वारीसनामाबाट दिएको निवेदनमा भू.प्र.का बाट मेरो नाउँमा सूचना नआउँदै ०२८।१०।१४ गते मेरो नाउँको २०२६ सालको २ नं. रसीद समेत नाफालालले चोरी गरी लगेका र अमृतीयाले भू.प्र.का.मा निवेदन गरेपछि काम अवस्थाले आउन नपाउँदा कृष्णबहादुरलाई वारीस गरी पठाएको छु, निजले बयान सनाखत समेत गरेमा मन्जूर छ भनी मेरो बोली पारी ल्याप्चे हस्ताक्षर समेत कीर्ते बनाई अमृतीयाले दावी गरेको जग्गाको निजलाई पूर्जा दिए मन्जूर छ भनी कृष्णबहादुरले भू.प्र.का मा बयान गरेछन् । मेरो नाउँको दर्ताको जग्गा विगहा ७।।।१ मिति ०२८।७।१७ को भू.प्र.का.को. निर्णय बमोजिम नाफालालले अमृतीयाको नाउँमा दर्ता गराएका हुँदा यसरी कीर्ते वारीसनामाबाट अमृतीयाका नाउँमा दर्ता भएको जग्गाको दर्ता बदर गरी मेरो दर्ता कायम गरी कीर्ते गर्ने विपक्षीहरूलाई सजायँ समेत गरिपाउँ भन्ने व्यहोराको अम्बरलालको फिराद दावी । ४. बण्डापत्र बमोजिम जग्गा दर्ता गराउन अमृतीयाले मलाई वारेसनामा दिएका हुन् । किरणराजले लेखेको हुन् । हामीले निवेदन दर्ता गरी सकेपछि तिमीहरूको दर्खास्त परिसकेछ, जग्गा दर्ता गराउनु म जान्न वारीस र रसीद दिई पठाउने छु । भनी वादीले भन्नु भएको हो । त्यसपछि कसलाई वारीसनामा दिए थाहा भएन । वादी दावी बमोजिम अमृतीयाका नाउँको वारीसनामामा कीर्ते गरे गराएको छैन । झुठ्ठा फिराद दावीबाट फुर्सत पाउँ भन्ने भन्ने व्यहोराको नाफालाल समेतको प्रत्यूत्तर जिकिर । ५. वारीसनामा प्र.नाफालालले कीर्ते गरेको र त्यस आधारमा अम्बरलालकै नाउँको जग्गा अमृतीयाको नाउँमा दा.खा.गरे गराएको सदरहुँदैन भन्नेसमेत व्यहोराको मो.जि.अ.को मिति ०३०।७।१ को फैसला । ६. मारेङ्ग जिल्ला अदालतको फैसलामा चित्त नबुझी प्र. नाफालाल समेत