निर्णय नं. ९१४० - भ्रष्टाचार (न.प्र.प.)

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९१४० - भ्रष्टाचार (न.प्र.प.) भाग: ५६ साल: २०७१ महिना: असार अंक: ३ फैसला मिति :२०७१/०३/१७ ८४०० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय फैसला मिति : २०७१।३।१७।३ ०६७-CR-०२६८ मुद्दा : भ्रष्टाचार (न.प्र.प.) पुनरावेदक/प्रतिवादी : पाल्पा जिल्ला, मस्याम गा.वि.स. वडा नं. २ घर भई राष्ट्रिय वाणिज्य बैङ्‍क शाखा कार्यालय परासीमा गणक पदमा कार्यरत कृष्णप्रसाद घिमिरे विरूद्ध विपक्षी/वादी : अनुसन्धान अधिकृत चन्द्रप्रसाद गौतमको प्रतिवेदनले नेपाल सरकार साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ ले शिक्षासम्बन्धी कुनै योग्यताबारेमा वा झूट्ठा प्रमाणपत्र पेश गरेको कार्य भ्रष्टाचारको कसूर हुने भनी कानूनी व्यवस्था गरेको पाइन्छ । तर उक्त दफाहरूमा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी फाइदा नलिएमा कसूर नहुने भन्ने उल्लेख भएको नपाइने । सरकारी सेवामा बहाल रहने व्यक्ति सदैव अनुशासित मर्यादित र इमान्दारपूर्ण तरिकाबाट सेवा प्रवाह गरी सुशासनको संवाहक हुनुपर्ने । जिम्मेवार कर्मचारीले आफूले हासिल नगरेको योग्यताको शैक्षिक प्रमाणपत्र पेश गर्नु नै कीर्ते Fraud कार्य भएको, त्यस्तो कार्यका पछाडि आफ्नो वास्तविक शैक्षिक योग्यताको भन्दा बढी लाभ लिने वा तत्काललाई लाभ नहुने भएपनि आफ्नो स्थिति तुलनात्मकरूपमा अरू भन्दा बढी अनुकूल बनाई राख्ने मनसाय पनि स्वतः सिर्जित भएको मान्नुपर्ने राष्ट्रसेवक जस्तो व्यक्तिले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर्ने अमर्यादित कार्य नै अपराधजन्य कार्य भएकाले उक्त प्रमाणपत्रबाट फाइदा नलिएकोबाट कसूर नहुने भन्ने पुनरावेदकको जिकीर उचित नदेखिने । प्रकरण नं.११ पुनरावेदक/प्रतिवादीका तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्का विपक्षी/वादीका तर्फबाट : विद्वान उपन्यायाधिवक्ता शंकरबहादुर राई अवलम्बित नजीर : नेकाप २०६८, अङ्क १०, नि.नं.८६९७, पृ.१६७५ नेकाप २०६५, अङ्क ६, नि.नं.७९७४, पृ.६८७ सम्बद्ध कानून : साविक भ्रष्टचार निवारण ऐन, २०१७ तथा भ्रष्टचार निवारण ऐन, २०५९ को दफा १६ सुरू फैसला गर्ने : मा.न्या.श्री गौरीबहादुर कार्की मा.न्या.श्री ओमप्रकाश मिश्र मा.न्या.श्री केदारप्रसाद चालिसे विशेष अदालत, काठमाण्डौं । न्या.बैद्यनाथ उपाध्याय : विशेष अदालत, काठमाडौंको मिति २०६७।१।६ को फैसलाउपर विशेष अदालत ऐन, २०५९ को दफा १७ बमोजिम पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको सङ्‍क्षिप्त तथ्य एवम्‍ ठहर यस प्रकार रहेको छ : राष्ट्रिय वाणिज्य बैङ्‍क केन्द्रीय कार्यालय मानव संसाधन विभागको प.सं.मा.स.वि.शै.प्र.प.११/०६३/०६४, च.नं.५२७, मिति २०६३।७।२६ को पत्रद्वारा शैक्षिक प्रमाणपत्र शङ्‍कास्पद देखिएका कर्मचारीको विवरण संलग्न गरी निजहरूका प्रमाणपत्रहरूको प्रमाणिकताका सम्बन्धमा सम्बन्धित बोर्ड बुझी दिन सम्बद्ध प्रमाणपत्रका विवरण एवम्‍ कागजातसमेत संलग्न गरी अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई अनुरोध गरिएको तथा शैक्षिक प्रमाणपत्र शङ्‍कास्पद देखिएका कर्मचारीको विवरण सूचीको सि.नं. ७७ मा नाम थर : कृष्णप्रसाद घिमिरे, पद : गणक, शैक्षिक योग्यता : हाइस्कुल, शैक्षिक संस्था : माध्यमिक शिक्षा परिषद् भनी उल्लेख भई आएको उजूरी निवेदनपत्र अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा प्राप्त हुन आएको । निज गणक (नगद सहायक) कृष्णप्रसाद घिमिरेले माध्यमिक शिक्षा परिषद् उत्तर प्रद