निर्णय नं. २६०६ - उत्प्रेषण परमादेश वा अन्य उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २६०६ - उत्प्रेषण परमादेश वा अन्य उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: बैशाख अंक: १ फैसला मिति :२०४३/०१/३१ २५४२ निर्णय नं. २६०६ ने.का.प. २०४३ अङ्क १ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४१ सालको रिट नं. २२६२ अङ्क १ आदेश भएको मिति : २०४३।१।३१ मा निवेदिका : जि.गुल्मी गा.पं.बीरवास वार्ड नं. २ बस्ने कृष्णकुमारी टण्डन विरुद्ध विपक्षी : ९ नं. नापी गोश्वरा तम्घाससमेत विषय : उत्प्रेषण परमादेश वा अन्य उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ (१) अनधिकृत समितिले गरेको निर्णय कायम हुन नसक्ने । (प्रकरण नं. १३) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त र विद्वान अधिवक्ता श्री लबदेव भट्ट र विद्वान अधिवक्ता श्री रोहिणीराज सिग्देल विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलिरामकुमार उल्लिखित मुद्दा : ०४१ सालको रि.नं. १२०३ दुर्गादत्त ज्ञवाली समेत विरुद्ध ९ नं. नापी गोश्वारा तम्घास समेत, ०४१ सालकै रि.नं. १२२१ डिल्लीराम ज्ञवाली समेत विरुद्ध ९ नं. नापी गोश्वारा तम्घास समेत तथा ०४१ सालकै रि.नं. १२०५ युवराज ज्ञवाली समेत विरुद्ध ९ नं. नापी गोश्वरा तम्घास समेत भएको रिट निवेदनहरूद्वारा यस अदालतबाट सिद्धान्त प्रतिपादित आदेश न्या.पृथ्वीबहादुर सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्नआएको रिट निवेदन तथ्य एवं जिकिर यसप्रकार छ । २. मेरो स्व. पति बलबहादुर टण्डनले, मानबहादुर खत्री क्षेत्रीबाट मु.गोविन्दबहादुर जिम्माको पूर्व रुद्रवीर जगेलाल टण्डन क्षेत्रीहरूको साँध पश्चिम बाख्रे खेतमा जाने कुला उत्तर नेवार काटेको गैरो दक्षिण बडहरे खोल्सी यती ४ जिल्ला भित्रको वन धारा भन्ने पाखो जग्गा २००९।६।२४।५ मा राजीनामा रजिष्ट्रेशन पास गराई भोगचलन गरी आएको अवस्था जग्गा नाप जाँच ऐन, २०१९ बमोजिम सर्भे हुँदा गुल्मी जिल्ला वीरवास गा.पं.वार्ड नं. २ कि.नं. ४१३ कायम ठहर भई मेरा नाउँमा नाप जाँच गरी जग्गा नाप जाँच नियमहरू, २०३२ को नियम ६ को उपनियम (३) अनुसार सूचना प्रकाशित भएको र गरिएकोमा विपक्षी रुद्रवीर टण्डन समेतले सो जग्गा आफ्नो भनी उजूर गरेपछि जग्गा वन सम्बन्धी देखिएको भनी विपक्षी समिति समक्ष पठाई यसै निवेदनसाथ संलग्न निर्णयको प्रतिलिपिमा लेखिए अनुसार व्यक्ति विशेषका नाउँमा दर्ता गर्ने नमिल्ने हुँदा वन क्षेत्र कायम गर्ने भनी २०४०।११।१९ मा निर्णय गरिएको भन्ने लेखिएको २०४०।१२।१५ को बोद्यार्थ पत्र मलाई दिएको छ । ३. यसरी मेरो हकको जग्गालाई वन जंगल क्षेत्र कायम गर्न कदापी मिल्दैन । उक्त जग्गा जंगल कायम गराई माग्ने कुनै कसैको पनि दावी छैन । विपक्षी रुद्रवीर समेतले मेरो जग्गालाई आफ्नो जग्गा हो भनी झुठ्ठा दावी लिएपछि तेरो मेरो हक बेहक छुट्याउनु पर्ने प्रश्न उठेको हुँदा जग्गा नाप जाँच ऐन, २०१९ को दफा ६ को उपदफा (७) अनुसार जुन पक्षको प्रमाण बलियो छ उसैको नाममा अस्थायी दर्ता गर्ने र चित्त नबुझ्नेलाई अदालतमा जानु भन्नु पर्नेमा दावी बेगर वन क्षेत्र ठहर्याइएको निर्णय त्रुटि हुनुका साथै दर्ता तिरो राजीनामा भोगचलन आवादीको जग्गालाई वन क्षेत्र कायम गर्ने अधिकार विपक्षी समितिलाई कुनै प्रचलित कानुनले प्रदान गरेको देखिँदैन विपक्षी समिति कुन कानुन अन्तर्गत गठन भएको हो निर्णयमा उल्लेख छैन । अस्तित्व विहिन समितिबाट भएको निर्णयले मेरो नेपालको संविधानको धारा १०(१) ऐ.धारा ११ को संशोधित उपधारा (२) को (ङ) ऐ.धारा १५ ले प्रदा