निर्णय नं. ३६०१ - चोक खिचोला

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३६०१ - चोक खिचोला भाग: ३० साल: २०४५ महिना: माघ अंक: १० फैसला मिति :२०४५/०८/२८ २००८ निर्णय नं. ३६०१ ने.का.प. २०४५ अङ्क १० पूर्ण इजलास सम्मानीय प्रधान न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४३ सालको दे.पूर्ण इजलास नम्बर ७८ फैसला भएको मिति : २०४५।८।२८।३ मा निवेदक/वादी : ल.पु.जि.ल.पु.न.पं.वा.नं.१४ महापाल बस्ने लक्ष्मीकृष्ण प्रजापति विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ.बस्ने पूर्णमनि शाक्य मरी मुद्दा सकार गर्ने निजको बुहारी ऐ.ऐ.बस्ने कुवेरमाया शाक्य मुद्दा : चोक खिचोला (१) मिलापत्र विवादको चोक विषयमा भएको नदेखिँदा सो मिलापत्र विवादीत चोकको स्वामित्वको सम्बन्धमा प्रमाण लिन नमिल्ने । (प्रकरण नं. १७) (२) घरसारको लिखतको किल्लालाई मान्ने हो भने पारित भएको लिखतको किल्ला निष्प्रयोजन हुन जाने भएकोले घरसारको लिखतमा लेखिएको किल्लालाई मान्न नमिल्ने । (प्रकरण नं. १७) (३) अ.बं.८३ नं. ले बाबुसँग संयुक्त हक राख्ने छोराको फिराद लाग्न नसक्ने देखिँदैन । अ.बं.८२ नं. ले आफ्नो हक लाग्ने कुरामा फिराद गर्न प्रतिबन्ध लगाएको पनि नपाइँदा एका घरसंग बसेका छोराको उजूर दावी लाग्न नसक्ने भन्न नमिल्ने । (प्रकरण नं. १७) निवेदक/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री रामचन्द्र श्रेष्ठ विपक्षी/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री गणेशराज शर्मा फैसला प्र.न्या.धनेन्द्रबहादुर सिंह : श्री ५ महाराजाधिराजका हजूरमा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट २०४१।१२।२० मा भएको निर्णय दोहोराई पाउँ भनी लक्ष्मीकृष्ण प्रजापतीले न्यायिक समिति मार्फत चढाएको विन्तिपत्रहरु र न्यायिक समितिद्वारा चढाई पठाएको पर्चा समेतको व्यहोरा जाहेर हुँदा मौसूफ सरकारबाट नेपालको संविधानको धारा ७२(ख) बमोजिम उक्त निर्णय दोहराई दिनु हुकुम बक्सेको छ भनी मौसूफ सरकारको प्रमुख सचिवालयबाट मिति २०४२।१२।३ मा लेखी आएअनुसारको पूर्ण इजलासको लगतमा दर्ता भई पेश हुनआएको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ : २. पूर्व गोविन्दमानको घर पश्चिम मेरो एकलौटी चोक दक्षिण निजले कमाई आएको जग्गा उत्तर हाल विपक्षी बसी आएको घर यति ४ किल्लाभित्रको चौडाई फुट ११ लम्बाई फिट १९ को तिरो तिरान नलागेका विपक्षीको र मेरो साझा चोकमा विपक्षीले एकलौटी भनी इँट उप्काई दावा गरेकोले खिचोला मेटाई पाउँ साझा कायम गरी पाउँ भन्ने व्यहोराको वादी दावी । ३. वादी दावी बमोजिम एकलौटी चोक पूर्वतर्फ मेरो घरले चर्चेको हाल म पूर्णमुनिले पचकुमारीसँग १९९८।९।२१ गते फार्छे गरी लिँदा मेरो एकलौटी चोक देखि पश्चिम विपक्षीले हाल एकलौटी भनी दावा गरेको चोक भई साझा कायम गरी आएको विपक्षीले घर बनाउन न.पं.मा मिति २०१९।१०।९ मा दर्खास्त दिई पास पुर्जी पाएपछि आ–आफ्नो घरले चर्चेको चोक आ–आफूले भोगी आएकोले मेरो चोकमा मैले धारा राखी आएको छु घर बनाउन नक्शापास गर्दा संधियारमा वादीको उजूर परेको छैन । त्यस्तो मेरो एकलौटी चोकलाई साझा कायम गर्न यो वादीले फिराद गरेको हो भन्ने प्रतिवादी जिकिर छ । ४. मिति १९९९।९।२१ को फार्छे पत्रमा दक्षिण किल्ला साझा चोक भनी उल्लेख भएकाले प्रतिवादीले फार्छे गरी लिएको मुख्य स्वामित्वको आधार भन्दा बढी निजले दावी लिन नसक्ने भएबाट वादी दावी बमोजिम साझा चोक खिचोला गरेको ठहर्छ भन्ने ललितपुर जिल्ला अदालतको मिति २०३७।५।१९ गतेको फैसला । ५. शुरुको इन्साफमा चित्त नबुझी बागमती अञ्चल अदालतमा प्रतिवादीको पुनरावेदनपत्र