निर्णय नं. ३६०२ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३६०२ - अंश भाग: ३० साल: २०४५ महिना: माघ अंक: १० फैसला मिति :२०४५/०९/२९ २५६७ निर्णय नं. ३६०२ ने.का.प. २०४५ अङ्क १० पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४४ सालको दे.पूर्ण इजलास नं. १०५ फैसला भएको मिति : २०४५।९।२९।५ मा निवेदक/वादी : सर्लाही मलंगवा गा.पं.वा.नं.२ बस्ने रामप्यारीदेवी श्रेष्ठ विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ.वा.नं.८ बस्ने कृष्णबहादुर श्रेष्ठ मुद्दा : अंश (१) अंशियारहरुका बीच छुट्टी भिन्न भई आ–आफ्नो व्यवहार गरी आएकोमा मानो छट्टिइएको लिखत हुनु अनिवार्य भएको भन्न नमिल्ने । (प्रकरण नं. १६) निवेदक, वादीतर्फबाट : विद्वान अधिवक्ता श्री दमन ढुंगाना र विद्वान अधिवक्ता श्री सुनिल अधिकारी विपक्षी, प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दाश फैसला प्र.न्या.धनेन्द्रबहादुर सिंह : श्री ५ महाराजाधिराज सरकारका जूनाफमा सर्वोच्च अदालत डिभिजन बेञ्चको इन्साफ फुल बेञ्चबाट दोहराई पाउँ भनी वादीले चढाएको विन्तिपत्रमा त्यस अदालतको डिभिजन बेञ्चबाट छिनिएको अंश मुद्दा फुल बेञ्चबाट दोहराई हेरी कानून बमोजिम निर्णय गर्नु भन्ने श्री ५ महाराजाधिराज सरकारबाट हुकुम बक्सेको छ भनी मौसूफ सरकारको विशेष जाहेरी विभागबाट मिति २०४३।४।२९ मा तोक लागी आई सम्मानीत प्रधान न्यायाधीश ज्यूका आदेशानुसार पूर्ण इजलासको लगतमा दर्ता भई पेश हुनआएको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ : २. यसमा हर्कबहादुरको ३ छोरा मध्ये जेठा गजेन्द्रबहादुर, माहिला कृष्णबहादुर, कान्छा वीरेन्द्रबहादुर भएको गजेन्द्रबहादुर १५–१६ वर्षदेखि नमालुम कहाँ जानु भयो मरे बाँचेको थाहा छैन । कान्छी म रामप्यारीको पति म विष्णुकुमारको बाबु हो । प्रतिवादी धीरेन्द्रबहादुर म रामप्यारीको छोरा नाता पर्ने र म विष्णुकुमारको सौतेनी भाइ नाताको हो । गजेन्द्रबहादुर विदेशीएपछि वीरेन्द्रबहादुर मानो छुट्टिई १२–१४ वर्षदेखि भात भान्सा अलग गरी बसेको वीरेन्द्रबहादुर परलोक हुनु भन्दा केही दिन अघि धीरेन्द्र राजकाज मुद्दामा जेल परेको र म रामप्यारी म विष्णुकुमारलाई गाली गरी दुव्र्यवहार गरेबाट म विष्णुकुमार भारत गोरखपुरमा गई ड्राइभरी काम गरी बसी गुजारा चलाएको मिति २०३७।२।१ मा घर आउँदा आमा रामप्यारीलाई सारै दुःख दिइराखेको रहेछ । अंश छुट्याई दिनुहोस् भनी मिति २०३७।२।१२ गते प्रतिवादी कृष्णबहादुरलाई भन्दा धीरेन्द्रले अंश मुद्दा चलाई दावी छोडी मिलापत्र गरिसकेको छ । अंश लिन्छौ भनी भनेकाले अदालतमा गई बुझ्दा धीरेन्द्रले कृष्णबहादुर उपर अंश मुद्दा दिई दावी छाडी मिति २०३६।१२।१५ मा मिलापत्र गरेको मिति २०३७।२।१२ मा नक्कल लिँदा थाहा हुन आएकोले प्रतिवादी धीरेन्द्रले दावी छाडी मिलापत्र गर्दैमा हाम्रो हक जाने होइन । श्रीसम्पत्तिको तायदाती लिई हामीले पाउने ३ खण्डको १ खण्ड अंश पाउँ भन्ने समेत व्यहोराको रामप्यारी र विष्णुकुमारको संयुक्त फिरादपत्र रहेछ । ३. वादीहरुको घरको मुख्य प्रतिवादी धीरेन्द्र हो धीरेन्द्रले आफ्नो बाबुका अंश ३ खण्डको १ खण्ड अंश पाउँ भनी मिति २०३६।९।२९ मा दे.नं. ११८ को अंश मुद्दा दिएकोमा अंश पाउन नसक्ने हुँदा दावी छाडी मिलापत्र गरेको छ । पिता हर्कबहादुरको आर्जनको घरद्वार समेतको केही छैन । बाबु आमा वीरेन्द्रबहादुरका साथमा हुनुहुन्थ्यो । संखुवा मौजा १०–१२ वर्षदेखि भोगी डम्बरबहादुरलाई बिक्री गरेको छु । त्यसमा कसैको हक भए उजूर गर्नुपर्न