निर्णय नं. ३६०३ - विध्वंसात्मक अपराध
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३६०३ - विध्वंसात्मक अपराध भाग: ३० साल: २०४५ महिना: माघ अंक: १० फैसला मिति :२०४५/०२/२४ ३९०४ निर्णय नं. ३६०३ ने.का.प. २०४५ अङ्क १० सर्वोच्च अदालत तीन न्यायाधीशको इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४४ सालको फौ.पु.नं. ११ सम्वत् २०४४ सालको फौ.सा.नं. ९ फैसला भएको मिति : २०४५।२।२४।२ मा पुनरावेदक/वादी : रा.पं.का. सचिव श्री श्यामकृष्ण भट्टराई समेतको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : जि.धनुषा गा.पं.तारापति सिरसिया वा.नं.८ बस्ने चन्द्र विजय शाहसमेत मुद्दा : विध्वंसात्मक अपराध (१) प्रचलित नेपाल कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन प्रारम्भ हुनुभन्दा अघि घटेको तर तत्काल प्रचलित नेपाल कानून बमोजिम अदालतमा मुद्दा दायर भई नसकेको कुनै विध्वंसात्म्क अपराध सम्बन्धमा कुनै कानूनी कारवाही र सजायँ यसै ऐनमा परे सरह मानी यसै ऐन बमोजिम हुनेछ भनी स्पष्ट उल्लेख भएको देखिँदा प्रचलित कानून बमोजिम मुद्दा दायर भई नसकेको अपराधमा कारवाही र सजायँ गर्न विध्वंसात्मक अपराध विशेष (नियन्त्रण तथा सजाय) ऐन, २०४२ बनेको देखिने । (प्रकरण नं. १०२) (२) संविधानको धारा ११(१) मा जेसुकै कुरा लेखिएको भए तापनि संविधानको धारा १७(२) मा उल्लिखित उद्देश्यको लागि राज्यले कानून बनाउन सक्ने र त्यसरी बनेको कानूनको आधारमा, धारा १७(१) का आधारमा त्यस्तो हकहरुको प्रयोगलाई बन्देज समेत लगाउन सक्ने व्यवस्था रहेको, उक्त ऐन संविधानको धारा १७(२) मा उल्लिखित उद्देश्य अनुकूल बनेको प्रष्ट देखिन आएबाट अघि भएको अपराधलाई पछि बनेको ऐनले सजायँ गर्न संवैधानिक तथा ऐनको दफा ११(२) समेतको आधारमा कुनै असर पुर्याएको नदेखिँदा यस अपराधमा विध्वंसात्मक अपराध (विशेष नियन्त्रण तथा सजायँ ऐन) बमोजिम कारवाही हुन र सजायँ गर्न समेत संविधान र कानून अनुकूल नै देखिने । (प्रकरण नं. १०२) (३) विध्वंसात्मक अपराध जस्तो संगीन प्रकृति र अवस्थाको अभियोगमा केवल शंकाको भरमा मात्र ठहर गर्न न्यायसंगत नहुँने हुँदा शंकाको सुविधा अभियुक्तहरुले पाउने । (प्रकरण नं. १०४) (४) नेपालमा विध्वंसात्मक कार्य गर्न गराउन विदेशी भूमिमा रामराजाप्रसाद सिंह र लक्ष्मणप्रसाद सिंहले खडा गरेको गिरोहले खेमराज मायालु समेतको सहयोगबाट विष्फोटक पदार्थ सहित काठमाडौंमा विध्वंसात्मक कार्य गर्न गराउन पठाएको सिद्ध हुन आएकोले विध्वंसात्मक अपराध (विशेष नियन्त्रण तथा सजाय) ऐन, २०४२ को दफा ३(१) र ३(२) को कसूरमा सोही ऐनको दफा ७(१) अनुसार अभियुक्तहरु विश्वेश्वर मण्डल, प्रेमबहादुर विश्वकर्मा, रामराजाप्रसाद सिंह र लक्ष्मणप्रसाद सिंहलाई मृत्यु दण्डको सजायँ गर्ने ठहर गरेको विध्वंसात्मक अपराध सम्बन्धी अदालतको इन्साफ मनासिब ठहर्ने । (प्रकरण नं. १०४) पुनरावेदक/वादीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री जीतबहादुर कार्की फैसला न्या.सुरेन्द्रप्रसाद सिंह : विध्वंसात्मक अपराध सम्बन्धी अदालतको जाहेरी फैसला उपर विध्वंसात्मक अपराध (विशेष नियन्त्रण तथा सजाय) ऐन, २०४२ को दफा ९ बमोजिम वादी श्री ५ को सरकार तर्फबाट पुनरावेदन परी आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं जिकिर यसप्रकार रहेछ । २. ०४२।३।६ गते दिनको अं.१.३० बजेको समयमा राष्ट्रिय पंचायत भवन (ग्यालरी बैठक) को प्रवेशद्वारमा आतंककारीहरुद्वारा राखिएको बम विष्फोटन हुँदा माननीय रा.पं.स.श्री डम्बर जंग गुरुङ, माननीय रा.पं.स.श्री