निर्णय नं. ३६०४ - जबरजस्ती चोरी र जिउमास्ने बेच्ने

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३६०४ - जबरजस्ती चोरी र जिउमास्ने बेच्ने भाग: ३० साल: २०४५ महिना: माघ अंक: १० फैसला मिति :२०४५/०७/२३ २०१९ निर्णय नं. ३६०४ ने.का.प. २०४५ अङ्क १० संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४४ सालको फौ.पु.नम्बर ४८३ फैसला भएको मिति : २०४५।७।२३।३ मा पुनरावेदक/वादी : दिलमाया गुरुङको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : भारत दार्जिलिङ बस्ने कुमार विश्वकर्मासमेत मुद्दा : जबरजस्ती चोरी र जिउमास्ने बेच्ने (१) विक्री गर्ने नियतले विदेश लगेको भन्ने छ तर बिक्री गरेको भन्ने नदेखिने, बिक्री गर्न नपाउँदै अभियुक्तहरु पक्राउ परेको पनि नदेखिएको, धनमाल लिई होटलमा छाडी गएको भन्ने मात्र मिसिलबाट देखिने अवस्थामा प्रहरी प्रतिवेदन दावी अनुसार अभियुक्तहरुले जिउमास्ने बेच्नेको १ नं.को कसूर गरेको भन्न नसकिने । (प्रकरण नं. १९) पुनरावेदक/वादीतर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री गौरीबहादुर कार्की फैसला प्र.न्या.धनेन्द्रबहादुर सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसलामा चित्त बुझेन भनी श्री ५ को सरकारको पुनरावेदन परी पेश हुनआएको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ : २. मिति २०४०।५।५ गते अपरिचित मानिस आई तपाइको लोग्ने र म एकै फौजमा काम गर्छौ । वहाँको ड्युटीमा रु.५० हजार हराएकोले ३ दिन भित्र मृत्यु दण्ड दिने भएको छ, जो भएको रुपैयाँ सुन चाँदी बोकी हिंड भनेको र मेरो लोग्ने भारतीय फौजीमा काम गर्ने हुँदा विश्वास मानी निजसंग गएँ । दमकमा निजकी श्रीमती रहीछन् दुवैजनाले मेरो मञ्जुरी बिना धनमाल खोसी ट्याक्सीमा राखी भारतको विरानो ठाउँमा पुर्‍याई होटलमा राखी सम्पूर्ण धनमाल लिई भागी गए । मेरो धनमाल जबरजस्ती चोरी गरी मलाई विदेशमा लगी बिक्री गर्ने नियत गरेकाले कारवाही गरिपाउँ भन्ने समेत जाहेरी दर्खास्तपत्र । ३. अभियुक्तहरुको सुराक पत्ता लगाउँदा चन्द्रगढी बजारमा कुमार विश्वकर्मा र कौशिला विश्वकर्मा फेला परेकाले दाखिल गरेका छौं भन्ने प्रहरीको प्रतिवेदन । ४. मैले र मेरी श्रीमतीले जाहेरवाली दिलमाया गुरुङलाई २०४० साल भाद्र महिनामा ६½ तोला सुन, तीनहजार जति नगद, घडी, साडी, लुंगी समेत खोसी भारत फर्विसगंजमा लगी बिक्री गर्न खोज्दा नानीकी आमा भएकोले कसैले नलिंदा त्यहिं छाडी हामी अन्यत्र गयौं भन्ने समेत कुमार विश्वकर्माले प्रहरीमा गरेको कागज । ५. जाहेरवालीको सबै धनमाल खोसी फारविसगंजमा छाडी आएका हौं भन्ने समेत कौशीला विश्वकर्माले प्रहरीमा गरेको कागज । ६. मेरो धनमाल जबरजस्ती खोसी अलपत्र पारी छाडी जाने यिनै कुमार विश्वकर्मा र कौशिला विश्वकर्मा हुन भन्ने समेत जाहेरवाली दिलमायाले गरेको सनाखत कागज । ७. पक्राउ भएका कुमार विश्वकर्मा र कौशिला विश्वकर्माले जाहेरवालीको धनमाल जबरजस्ती चोरी जाहेरवालीलाई बिक्री गर्ने नियतले भारत फारविसगंज लगेको विश्वास लाग्छ भन्ने समेत सरजमीन मुचुल्का । ८. संकलित सबूद प्रमाणबाट जबरजस्ती धनमाल चोरी गरेको प्रमाणित हुन आएकोले अभियुक्त कुमार विश्वकर्मा र कौशिला विश्वकर्मालाई आजै पेश भएको गंगामायाको जाहेरी परेको चोरी मुद्दामा पहिला पटक र यस्मा दोस्रा पटक पारी चोरी गरेकोमा चोरीका १४(२) नं. र जिउ मास्ने बेच्नेको १ नं.अनुसार सजायँ गरी बिगो दिलाई पाउँ भन्ने समेत प्रहरी प्रतिवेदन । ९. जाहेरवालाको धनमाल जबरजस्ती खोसी लिएको होइन र बिक्री गर्न लगेको पनि होइन । निजको घरमा पहिला नोकर बसेको हुँदा रु.७,०००।– लिएको हुँ भन