निर्णय नं. ३६०५ - ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३६०५ - ज्यान भाग: ३० साल: २०४५ महिना: माघ अंक: १० फैसला मिति :२०४५/०९/०४ २०५९ निर्णय नं. ३६०५ ने.का.प. २०४५ अङ्क १० संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४५ सालको फौ.पु.नम्बर ६१५, सा.नं. ९६ फैसला भएको मिति : २०४५।९।४।१ मा पुनरावेदक/प्रतिवादी : इलाम कारागार शाखामा थुनामा रहेकी हर्कमाया लिम्बुनी विरुद्ध विपक्षी/वादी : हर्कबहादुर लिम्बुको जाहेरीले श्री ५ को सरकार मुद्दा : ज्यान (१) आफू अविवाहित भई करणी लिनु दिनुबाट गर्भ रही जन्मेको बच्चालाई मारेको भन्ने देखिँदा अविवाहित अरुको करणीबाट गर्भ रहन गई बालिका जन्मेकोले सामाजिक लोकलाजबाट बच्नसम्म अपराध गरेको भन्ने देखिँदा घटी सजायको लागि राय लगाएको मनासिबै हुँदा सो अपराध गरेको अवस्थाको विचारबाट अभियुक्तलाई सर्वश्वसहित जन्मकैदको सजायँ गर्दा चर्को पर्ने देखिन आएकोले अ.बं.१८८ नं.ले निज अभियुक्तलाई कैद वर्ष दश (१०) हुने । (प्रकरण नं. १४) पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री गोपालप्रसाद भण्डारी फैसला प्र.न्या.धनेन्द्रबहादुर सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन परी पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेछ : २. बडा बाबु दलबहादुरकी जेठी छोरी ठुली कान्छी नाम गरेकी अविवाहिता केटीले कस्को गर्भ बोकी मिति २०४२।१।२४ गते बेलुकी ५ बजेतिर दलबहादुरकै घरमा छोरी जातकी नानी पाई मृतक अवस्थामा छ, भन्ने सुनी निज ठुली कान्छीसँग बुझ्दा कुनै कुरा नगरेकोले लाश सुरक्षित गरी कानून बमोजिम गरी पाउँ भन्ने समेत हर्कबहादुर लिम्बुको जाहेरी दर्खास्तपत्र । ३. म अविवाहित हुँ । दोख बस्ने धनबहादुर इजमसंग चिनाजानी भई तिमीलाई लान्छु भनी विश्वास दिलाएकोले २०४१ साल साउन महिनामा सम्भोग गर्न दिएँ । उ पल्टन गयो । त्यही सम्भोगबाट गर्भ रह्यो । मिति २०४२।१।२४ गते दिनको २ बजे घरमा कोही नभएको बेला मतान घरमा नानी पाउँ । नानी जन्मिएपछि सास फेर्यो र मुख बायो । त्यसपछि सास फेरे जस्तो लागेन मर्यो जस्तो लागी कसैले थाहा नपाउने गरी धनड्डे जंगलको पातालमा ठूलो ढुंगाको चेपमा लगी ढुंगाले थिची घर आएको अवस्था महिला संगठनको कोषाध्यक्ष हर्कमाया गुरुङ्गनीले थाहा पाई सो कुरा मैले भनेपछि त्यस ठाउँमा गई मृतक बालिका बोकी घर मतानमा ल्याई राखेको हुँ भन्ने प्रतिवादी हर्क मायाले प्रहरीमा गरेको कागज । ४. मिति २०४२।१।२४ गते ३ बजेतिर हर्कमाया लिम्बूनीले मरेको बालिका जन्माएको सुनेका हौं नानी पाउनु भन्दा ६–७ दिन अगाडि घाँस काट्दा दुबिलाको रुखबाट लडेकी थिई । सोही लडेको पीरबाट मृतक नानी जन्माएकी जस्तो लाग्छ भन्ने गौमाया गुरुङनी समेत जना १६ को मिति २०४२।१।३१ गतेको सरजमीन मुचुल्का । ५. बालिका जन्मी मरेकीले फालेकी हुँ भन्ने प्र.हर्कमायाको कागत र बालिका जम्मिएपछि मृत्यु भएको भन्ने सरजमीनले लेखिदिएको छ । तापनि बालिकाको पोष्टमार्टम गराउँदा इन्जुरी ९क्ष्लवगचथ० बाट मृत्यु भएको भन्ने पोष्टमार्टम रिपोर्ट भएको लाश जाँच हुँदा निल घाउ चोट देखिएको हुँदा निज हर्कमाया अविवाहिता भई गाउँघर समाजबाट बच्न जन्मिएको बालिकालाई मारी ओडारमा लगी फालेको स्पष्ट देखिन आएकोले निजलाई ज्यानसम्बन्धीको १३(३) नं.बमोजिम सजायँ गरी पाउँ भन्ने समेतको संयुक्त प्रहरी प्रतिवेदन । ६. मेरो विवाह भएको थिएन । दोखु बस्ने धनबहादुर ईजमसंग भेट भई २०४१ साल साउन महिनामा करणी लिनु दिनु गरी सोही करणी विर्यबाट मेरो गर्भ रहन