निर्णय नं. ३६०६ - ज्यान डाँका

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३६०६ - ज्यान डाँका भाग: ३० साल: २०४५ महिना: माघ अंक: १० फैसला मिति :२०४५/०८/२६ २२८४ निर्णय नं. ३६०६ ने.का.प. २०४५ अङ्क १० संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४३ सालको फौ.पु.नम्बर ४४० फैसला भएको मिति : २०४५।८।२६।१ मा पुनरावेदक/वादी : गणेशबहादुर लिम्बुको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : जिल्ला मोरङ शनिश्चरे गा. पं.वडा नं. १ बस्ने धनबहादुर तामाङ मुद्दा : ज्यान डाँका (१) वारदातमा बरामद भएको हतियार नै प्रयोग भएको थियो भन्ने कुराको तथ्ययुक्त सबूद केही नदेखिँदा तथ्ययुक्त सबूद प्रमाणको अभावमा वारदात भएको एक महिना बाइस दिन पछि बरामद भएको पेस्तोललाई दशीको रुपमा ग्रहण गर्न नसकिने । (प्रकरण नं. २२) (२) केवल अनुमान र शंकाको आधारमा प्रतिवादीहरुले आरोपित कसूर गरेको भनी दोषी ठहर गर्न न्यायसंगत नहुने । (प्रकरण नं. २२) पुनरावेदकतर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री गौरीबहादुर कार्की प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश वस्ती फैसला प्र.न्या.धनेन्द्रबहादुर सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर वादी श्री ५ को सरकारको पुनरावेदन परी पेश हुनआएको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ : २. मिति २०३९।११।३० गते रात अं.११–१२ बजे १३–१४ जना डाँकाहरु आई धनमाल डाँका गरी भागी गएछन् । भोलिपल्ट खबर पाई जाँदा कूलबहादुर लिम्बू मरी सकेको र डाँकाको प्रहारबाट सख्त घाइते भएको भक्तबहादुर र घर धनी बलबहादुरले धनबहादुर लिम्बूलाई चिने अरुलाई चिनिन् । धनबहादुरलाई पक्राउ गरी डाँका गरी लगेको बिगो रु.९,४५०।– को धनमाल दिलाई सजायँ समेत गरिपाउँ भन्ने गणेशबहादुर लिम्बूको जाहेरी दर्खास्तपत्र । ३. किटानी जाहेरी परेको धनबहादुर लिम्बूको खोजी गर्दा धनबहादुर भारत नै बसेको र निजसंग डाँका गर्न जाँदा रत्नप्रसाद ढकाल, कंशबहादुर खड्का पनि संलग्न रहेको कुरा बुझिएको हुँदा खोज तलाश गरी रत्नप्रसाद ढकाललाई पक्राउ गरी दाखिल गरी गर्न ल्याएका छौं भन्ने समेत प्र.ह.धनबहादुर खतिवडा, प्र.हरिश्चन्द्र उपाध्यायको समेत जना २ को प्रतिवेदनपत्र । ४. जाहेरीमा किटानी गरेको धनबहादुर लिम्बूलाई चिन्दीन । मिति २०३९।११।३० गते विहान कंशबहादुर संग भेट भयो । अरु नचिनेको २ जना थिए । तहाँबाट कानेपोखरी उत्तर आयो बाटोमा कसैले ल धनबहादुर पनि आइपुगेछ भन्दा थाहा पाउँ जाहेरीमा लेखिएका घर नजिक बसी मानिस आए, सिठी बजाउनु भनी गए । डाँका गरी साथीहरु फर्किन लागे ल्याएको गाग्री २ पोका बनाई बोक्यौं । चौकिलाल संग मागी भाडामा हतियार पनि लगेको रहेछ सो हतियार कसैले मलाई देखायो भन्ने रत्नप्रसाद ढकालको बयान । ५. मृतक कूलबहादुर लिम्बू समेत कहाँ डाँका गर्ने सर–सल्लाह नै धनबहादुर लिम्बुको योजना अनुसार कटकबहादुर राई कहाँ म समेत भई डाँका गरेको हुँ । बन्दुक चौकिलाल धिमालले दिएको हो भन्ने समेत धनबहादुर तामाङको कागत । ६. मिति २०३९।११।२७ गते चौकिलाल, धनबहादुर लिम्बू र म समेत भई चोरी सम्बन्धमा सल्लाह भई डाँका गर्‍यौं । रगत लागेको बरामत पोलिस्टर शुरुवाल मेरो हो । घटनास्थलमा एकजनाको मृत्यु भयो । ३–४ जनालाई सख्त घाइते बनाएका थियौ मेरो हिस्सामा १० तोला जति जाँदी र रु.२००।– पर्‍यो । एक नाल हतियार चौकिलालले दिएको हो । मारिएको कूलबहादुरलाई मैले पिटे काटेको होइन भन्ने समेत कंशबहादुर खड्काको कागत । ७. मिति २०३९।११।२८ गते धनबहादुर तामाङले धनबहादुरले बोलाएको छ डाँका गर्न