निर्णय नं. ३६०७ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३६०७ - कर्तव्य ज्यान भाग: ३० साल: २०४५ महिना: माघ अंक: १० फैसला मिति :२०४५/०७/२३ २१९३ निर्णय नं. ३६०७ ने.का.प. २०४५ अङ्क १० संयुक्त इजलाश सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४४ सालको फौ.पु.नं. ४९८ फैसला भएको मिति : २०४५।७।२३।३ मा पुनरावेदक/वादी : प्र.ना.नि.दीपक रंजीतको प्रतिवेदनले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : विराटनगर न.पं.वार्ड नं. २० बस्ने विद्यालक्ष्मी श्रेष्ठ मुद्दा : कर्तव्य ज्यान (१) मर्नेलाई कर्तव्य गरी मार्नु पर्ने सम्मको कारण परेको भन्ने नदेखिने लोग्नेले रक्सी सेवन गरेको कारणबाट स्वास्नीले लोग्नेसंग झैझगडा गर्नु स्वाभाविक क्रिया हो । तर यत्तिकै कारणबाट मार्नुपर्ने सम्मको रिसइवी परेको मान्न नमिल्ने । (प्रकरण नं. २०) (२) स्वास्नीले लोग्नेलाई रक्सी सेवन नगर्नु भनी सम्झाउनु अस्वाभाविक हैन, रक्सी नखानु भनी तर्साउनको लागि मर्नेलाई निजको श्रीमतीले साधारण काठले कुटेकोबाट निजको लोग्ने मरेको भन्ने देखिँदा यस्तोमा निज प्रतिवादीले ज्यानसम्बन्धीको १३(३) नं. को अपराध गरेको भनी ठहर गर्न नमिल्ने । (प्रकरण नं. २०) पुनरावेदक/वादीतर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री बलराम के.सी. फैसला प्र.न्या.धनेन्द्रबहादुर सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर वादी श्री ५ को सरकारको तर्फबाट पुनरावेदन परी पेश हुनआएको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ : २. साविक जस्तै मिति ०४२।३।२९ गते पनि होटल चलाई निज बलराम र निजकी श्रीमती विद्यादेवी श्रेष्ठ राती सुतेकोमा मिति ०४२।३।३२ गते विहान होटल नखोली बलराम र निजकी श्रीमती विद्यादेवी होटल भित्र रहेको र विद्यादेवी रोएको आवाज छरछिमेकीले सुनी बाहिरबाटै जबरजस्ती ढोका खोली भित्र हेर्दा बलराम मरिरहेको खबर छिमेकीहरुले ल्याएकोले गई हेर्दा बलरामको शरीरमा चोटपटक लागेको जमीनमा रगत जमेको घटनास्थलमा चुरा फुटेको र लोग्ने स्वास्नी कहिले काहीं झगडा पनि गर्दथे भन्ने सुनेको समेत हुँदा उपरोक्त घटनास्थलको प्रकृतिबाट निज बलराम श्रेष्ठलाई निजकै श्रीमती विद्यादेवी श्रेष्ठले कर्तव्य गरी मारेको यकीन हुन आएकोले लाश सुरक्षित राखी निजलाई पक्राउ गरी दाखिल गरेको छु भन्ने समेत व्यहोराको प्र.ना.नि.दिपक रंजीतको प्रतिवेदन । ३. घरको मुनी तलाको बाटाको बीच मझेरीमा पूर्व सिरान, पश्चिम गोडा भई उत्तानो परेको बलरामको लाश रहेको र मृतकको टुपी रहने भागमा १।। इञ्च लामो गहिरो तिखो हतियारले रोपेको घाउ र बाँया आँखानिर तिखो हतियारले रोपेको चोट भई रगत बगेको दायाँ हत्केला, नाडी, पाखुरा, काँधमा निलो डाम परी छाला पिल्सिएको, दाहिने खुट्टाको कुर्कुच्चो र गोली गाँडाको मासु निलो भई सुनिएको, बाँया खुट्टाको गोली गाँठा माथि तिखो हतियारले रोपेको सानो गहिरो घाउ परेको देखिएको मृतक लाश उल्टाई पल्टाई हेर्दा बायाँ हातको छाला खोस्रिएको र कमर मुनि निलो छाला खुइलिएको मृतकको पेन्टमा जताततै रगत लागेको र मृतकको टाउको नजिक काँचको चूरा फुटेको र जमीनमा रगत जमेको समेत भएको घटनास्थल लाश प्रकृति मुचुल्का । ४. पति मृतक बलराम असाध्य रक्सी खाइरहेकोमा रक्सी छुटाउन कोशिश गर्दै आइरहेको थिएँ । २०४३।३।२९ गते विहानदेखि रक्सी खाएको थिए । बेलुका ५ बजेतिर दोकानमा राती म हटिया गए ६ बजेतिर हटिया गरी आउँदा मेरो पतिले फेरि रक्सी खाई खुट्टा पनि राम्रोसंग टेक्न नसक्ने गरी दोकानमै बसिरहेछन् । म आई पुगेपछि पति चोटामा गएका थिए । त्यसको आधा घण्टापछि