निर्णय नं. ३६०८ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३६०८ - कर्तव्य ज्यान भाग: ३० साल: २०४५ महिना: माघ अंक: १० फैसला मिति :२०४५/०३/१४ २०९६ निर्णय नं. ३६०८ ने.का.प. २०४५ अङ्क १० संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४५ सालको फौ.सा.नं. १३५ फैसला भएको मिति : २०४५।३।१४।३ मा वादी : रत्नबहादुरको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रतिवादी : नवलपरासी गा.पं.कावास्वती रैतान सेरी सुकुम्बासी टोल बस्ने रत्नबहादुर पुलामी मगर मुद्दा : कर्तव्य ज्यान (१) आफ्नो श्रीमती माइतबाट घर जाउँ हिंड भनी भन्दा जान्न भनी भनेकोबाट तत्काल उठेको रिसले कर्तव्य गरी मारेको भन्ने देखिँदा सर्वश्वसहित जन्मकैदको सजायँ गर्दा चर्को पर्ने देखिँदा अ.बं.१८८ नं.ले कैद वर्ष १० हुने । (प्रकरण नं. १२) फैसला प्र.न्या.धनेन्द्रबहादुर सिंह : पश्चिमाञ्चल क्षेत्रीय अदालतले साधक निकासाको लागि जाहेर गरेको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ : २. मेरी छोरीको छोरी वर्ष १९ की डिलमाया सार्केनीलाई २०४२ साल ज्येष्ठ महिनामा रनबहादुरले लगेका र २०४२।६।११ गते निज नातिनी मेरो घरमा आइ बसेकी ऐ.१६ गते विहान निजको लोग्ने रनबहादुर पुलामी मगर पनि आएका र निज रनबहादुरले नातिनीलाई जाउँ भनी फकाएको र नातिनी जान मानेकी थिइन । म सुतेपछि अं.दिन ३:३० बजेको समयमा हल्ला भई उठ्दा नातिनी डिलमायालाई खुकुरीले हानी पल्टाएको देखी छेक्न जाँदा मलाई समेत हान्न आएकोले म गुहार माग्दै भागे गाउँलेहरु समेत जुटे । निज रनबहादुरले आफ्नो पेटमा समेत खुकुरीले हानी घाइते भएका छन् । निज रनबहादुरले अपराध गरेको हुँदा सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको रत्नबहादुर सार्कीको जाहेरी दर्खास्त रहेछ । ३. बु.न.पं.वडा नं.८ शिवनगर स्थित १२ हात लम्बाई ८ हात चौडाईको १ तल्ले झुपडी फुस र थाकले छाएको घरमा खरिया माथि गुन्द्री विछ्याएको सो माथि आलो रगत सुकी सकेको सो खटिया मुन्तिर पश्चिम टाउको पूर्व गोडा गरी घोप्टो अवस्थामा रहेको मृतकको लाश सो लाशको खुट्टा देखि २ फिट पूर्वमा फलाम २ ईन्चको काठको विड भएको पितलको काँचो ठोकिएको रगताम्य भएको धारिलो खुकुरी भएको मृतकको पछाडि टुप्पी निर टाउकोमा २ ईन्ज लामो ½ इन्च चौडाको धारिलो हतियारले काटेको घाउ सो देखि मुन्तिर घाँटीमा पटक–पटक काटेको आलो घाउ अं.४ इन्च गहिरो घाँटीको गोलाई मध्य २ भाग काटिएको हड्डी देखिएको समेत लाश प्रकृति विवरण मुचुल्का रहेछ । ४. २०४२ साल बैशाखमा डिलमाया भनिएकी फुलमाया सर्किनीलाई चिनीप्रितिमै माया प्रेम भई मैले ल्याएको २०४२ सालको तिज मान्न माइती घरमा गएकी तिज सकिएपछि म निजलाई लिन जाँदा सासूले मलाई छक्याई सो माइतिबाट बुटवलतिर लिई हिंडी छन् । पत्ता लगाउँदा तिनी बुटवल विसक्याम्प सुकुम्बासी ठाउँमा आई बसेको पत्ता लागी सासूसंग भन्दा तिमीसंग छोरी पठाउन्न भनी भनेबाट मलाई रीस उठी खुकुरी लिई फेला पारे भने ल्याउँछु । नमाने मारिदिन्छु भनी हिंड्दा फेला पारी जाउँ भन्दा नमानेको हुँदा रिस उठी उसलाई मारी म पनि मर्छु भनी निजलाई मारी म पनि मर्न पेटमा खुकुरीले हिर्काएको हुँ भन्ने समेत व्यहोराको प्रतिवादी रनबहादुरले प्रहरीमा गरेको बयान रहेछ । ५. प्रतिवादी फुलमाया भन्ने डिलमायालाई यिनै प्रतिवादी रनबहादुरले काटी आफ्नो पेटमा आफैंले खुकुरीले हानी घाइते भएका हुन् भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का । ६. प्रतिवादी रनबहादुरले आफ्नो स्वास्नी दिलमाया भन्ने फुलमायालाई मारी आफू पनि मर्न पेटमा हानेको हुँदा मुलुकी ऐन ज्यानसम्