निर्णय नं. ८८१५ - परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८८१५ - परमादेश भाग: ५४ साल: २०६९ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६८/१२/२३ ५२०१ ने.का.प. २०६९, अङ्क ४ निर्णय नं.८८१५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सुशीला कार्की माननीय न्यायाधीश श्री भरतराज उप्रेती २०६६ – CI– ०४२६ फैसला मितिः२०६८।१२।२३।५ मुद्दा :– परमादेश । पुनरावेदकः नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, आयुर्वेद विभागको तर्फबाट ऐ. का महानिर्देशक डा.ठाकुरराज अधिकारी विरुद्ध प्रत्यर्थी निवेदकः जिल्ला धनुषा, सोनीगामा गाउँ विकास समिति वडा नं. ३ घर भई हाल जनकपुर अञ्चल आयुर्वेद औषधालय धनुषामा सातौं तहमा कार्यरत् रामबाबु शरण जयसवाल शुरु फैसला गर्ने :– मा.न्या.श्री मोहनप्रसाद घिमिरे मा.न्या.श्री ईश्वरप्रसाद खतिवडा § बढुवा भनेको माथिल्लो पदले प्राप्त गर्ने तलवलगायतका सुविधा प्राप्त गर्ने विषय मात्र नभई बढुवा भएको कर्मचारीको जिम्मेवारीमा समेत फरक पर्ने हुन्छ भन्ने कुरालाई सार्वजनिक प्रशासनको एउटा कडीको रुपमा लिइन्छ । स्तरवृद्धिको व्यवस्था वस्तुतः धेरै दिनसम्म काम गरिरहेका कर्मचारीको पदमा वृद्धि नभई एउटै पदमा वर्षौदेखि सीमित रही काम गर्दा कर्मचारीको मनोभावनामा निरासा नआओस् भन्ने दृष्टिकोणबाट समय सीमाको आधारमा गरिएको पदोन्नति हो, जसले पदोन्नति भएपछि पनि साविकको पदले गर्नुपर्ने सेवा गर्नुपर्ने । (प्रकरण नं.५) § स्तरवृद्धिबाट निजले गर्नुपर्ने साविकको कामको प्रकृतिबमोजिम नै हाल स्तरवृद्धि भएको पदअनुसार नै कार्य गर्नुपर्ने वाध्यात्मक कानूनी व्यवस्था रहेको सन्दर्भमा माथिल्लो तहको पदनाम नदिएको कार्यले कुनै कानूनी हक हनन् भएको भन्न नमिल्ने । (प्रकरण नं.६) पुनरावेदक तर्फबाटः विद्वान उपन्यायाधिवक्ता कृष्णजीवी घिमिरे विपक्षी तर्फबाटः विद्वान अधिवक्ता दीपनारायण साह अवलम्बित नजीरः सम्बद्ध कानूनः § स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ८, ८(१) (७घ), ९(१) § सर्वोच्च अदालत नियमावली, २०४९ को नियम १५(१) § स्वास्थ्य सेवा नियमावली, २०५५ को अनुसूची ३ आदेश न्या.सुशीला कार्कीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम पुनरावेदक वादीको तर्फबाट यस अदालतमा पर्न आएको प्रस्तुत पुनरावेदन पत्रको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :– म निवेदक २०४३।१२।५ गतेको निर्णयअनुसार रा.प. अनं. प्रथम श्रेणी कविराज पदमा स्थायी नियुक्ति पाई सेवारत रहेकोमा नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ लागू भए पश्चात् २०५४।२।१४ देखि लागू हुने गरी रा.प. अनं. प्रथम श्रेणीका कर्मचारीहरूलाई छैठौं तहमा तह मिलान गरियो । तत्पश्चात २०५९।१।२ को निर्णयानुसार म निवेदकलाई आयुर्वेद निरीक्षक पद, अधिकृत छौठौं तहमा पदनाम र तह कायम गरियो । नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ (तेस्रो संशोधन २०६३) लागू भएपछि म निवेदकलाई स्तरवृद्धि गर्ने क्रममा ऐ.ऐनको दफा ९ (७ ख) बमोजिम विपक्षीबाट मिति २०६४।४।२० को निर्णयानुसार अधिकृत छैठौंबाट सातौं तहमा स्तरवृद्धि गरियो तर पद भने साविककै आयुर्वेद निरीक्षक राखियो । नेपाल स्वास्थ्य सेवा (दोस्रो संशोधन २०६१) नियमावली, २०५५ को अनुसूची ३ को आयुर्वेद समूह अन्तर्गत सि.नं. १९ मा सातौं तहका लागि आयुर्वेद अधिकृत पदको व्यवस्था रहेकोले म निवेदकलाई सोहीबमोजिम सातौं तह अनुसारको आयुर्वेद अधिकृत अर्थात् रुपान्तरित शब्द आयुर्वेद चिकित्सक पदमा पद मिलान नगरी मेरो सेवाको सम्मान नगरी नगराई पेशासम्बन्धी हकमाथि गम्भीर आघात पुर्याएकोले कानूनद्वारा प्रदत्त हकको प्रचलनको लागि यो निवेदन गर्न आएको छु । नेपाल