निर्णय नं. ३६०९ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३६०९ - कर्तव्य ज्यान भाग: ३० साल: २०४५ महिना: माघ अंक: १० फैसला मिति :२०४५/०५/०९ २३०८ निर्णय नं. ३६०९ ने.का.प. २०४५ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४३ सालको फौ.पु.नं. ४३८ सम्वत् २०४५ सालको साधक नं. ४७ फैसला भएको मिति : २०४५।५।९।५ मा पुनरावेदक/वादी : चम्पादेवी खत्वेनीको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रत्यर्थी/प्रतिवादी : सुनसरी बबिया गा.पं.वा.नं.६ बस्ने होमी भन्ने भागवत खत्वे मुद्दा : कर्तव्य ज्यान (१) प्रतिवादीको प्रहरी सावितीलाई लाश प्रकृति एवं अन्य सबूद प्रमाणबाट समर्थन हुन नआएको आधार प्रमाणहरुबाट प्रतिवादीलाई आरोपित कसूरबाट सफाई दिने गरी क्षेत्रीय अदालतबाट भएको निर्णय मिलेको देखिने । (प्रकरण नं. २५) पुनरावेदक/वादीतर्फबाट : विद्वान का.मु.सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ फैसला न्या.सुरेन्द्रप्रसाद सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति २०४२।१२।१० को फैसलामा चित्त बुझेन भनी वादी श्री ५ को सरकारतर्फबाट पुनरावेदन परी र सोही मितिको फैसला बमोजिम साधकको रुपमा समेत दर्ता भई निर्णयार्थ यस इजलास समक्ष पेश हुनआएको प्रस्तुत मुद्दाको विवरण संक्षेपमा निम्नानुसार छ । २. २०३८।२।३२ गते साँझ सम्म छोरा रामप्रसाद, बुहारी चन्द्रकला र म भई धान गोड्दै रहेको अवस्थामा भागवत भन्ने होसी खत्वेले आँप खान आउ भनी छोरालाई बोलाई लगेको रातभर फर्की नआउँदा १ गते खुलडल गर्दा खेतमा मारी फालेको सुनी जाँदा मृत अवस्थामा रहेकोले भागवत समेतको कर्तव्यबाट मरी मराएको हुँदा पक्राउ गरी कानून बमोजिम होस् भन्ने समेत व्यहोराको २०३८।३।१ को जाहेरी दर्खास्त । ३. गाउँ भन्दा फरक अमिग आँप बगैंचा दक्षिण ठाडो आलीको सुदेमा उत्तर टाउको, दक्षिण खुट्टा गरी उत्तानो लाशको मुखको देब्रेभाग गालामा कान छेउ सम्म काटिएको कान मुनी ५ इन्च लम्बा ४ इन्च गहिराई काटेको, घाँटीमा ६ ईन्च लम्बाई ६ इन्च चौडाई काटेको घुचुकमा किल किले हाड छिन्ने गरी काटिएको समेत देखिन्छ भन्ने २०३८।३।१ को लाश प्रकृति मुचुल्का । ४. मरणान्त घाँटीमा गम्भीर चोट लाग्नाले मरेको देखिन्छ भन्ने समेत मृतकको लाश जाँच पोष्टमार्टम फाराम । ५. खेतमा काम गर्दा गर्दैको अवस्था भागवतले मेरो छोरालाई आँप खान जाउँ भनी लगेको विहानसम्म घर नआएकोले । निजसंग सोध्दा थाहा छैन भनेबाट पुनः सोधी देउ भनी जाहेरवालीले मलाई भनेकाले म समेत भई सोध्दा मारी फालेको सुनी जाँदा लेखिएको अवस्थामा देखेको हुँ भन्ने बवियाको वा.स.लक्ष्मीखत्वेको प्रहरीमा भएको कागज । ६. मेरो र मर्ने डोमीको श्रीमतीको माइती मृतककै घर आसपासमा पर्ने भएको र हाम्रा श्रीमतीहरुलाई मृतक अनुचित करणी लिनु दिनु गर्छ भन्ने हामी दुवैलाई शंका भई मार्ने मनसायबाट हाम्रो १५।१६ दिन अघि सल्लाह भई सो दिन समेतमा काम गरेको अवस्थामा बोलाई बरामत भएको कोदालोले डोमाए र मैले हानी काटी रोपी घोची मारी दिएका हौं भन्ने भागवत डोमी खत्वेले प्रहरीमा गरेको कागज । ७. लखन खत्वेको कोदालो मेरो घरमा राखेको लखनकी श्रीमतीले हिजो तिम्रो दाजुले भनी माग्दा सिकुवामा फेला पारी निजको घरमा पुर्याई दिए देखाएको कोदालो यही हो भन्ने सरस्वती खत्वेनीको प्रहरीमा भएको कागज । ८. लेलाईको घर पश्चिम निजैको मूल घर पूर्व गुहाली छेउमा ४–५ कोदालो माटो खेतको खुर्किएको पूर्वपट्टि १५ फिट लम्बाई ७ फिट चौडाई माटो भूई छिलेको रामप्रसादलाई मार्दा प्रयोग गरिएको कोदालो नं. ६ को कोदालो लगेको छु भन