निर्णय नं. ३६११ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३६११ - कर्तव्य ज्यान भाग: ३० साल: २०४५ महिना: माघ अंक: १० फैसला मिति :२०४५/०४/०९ २३४८ निर्णय नं. ३६११ ने.का.प. २०४५ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४४ सालको फौ.पु.नं. ४७५ सम्वत् २०४५ सालको फौ.सा.नं. ११४ फैसला भएको मिति : २०४५।४।९।१ मा पुनरावेदक/वादी : राजबहादुर लिम्बूको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : जि.तेह्रथुम आङदिङ गा.पं.वा.नं.१ बस्ने राजबहादुर लिम्बू मुद्दा : कर्तव्य ज्यान (१) मृतकबाट रक्सी खाएपछि घर जान उठ्दा दौराको फेरमा समाती रक्सीको पैसा नदिउन्जेल जान दिन्न भनी बसाली पैसा मागेको रीसले निजलाई चुल्ठो समाती गर्धनमा काटी मारेको भन्ने बयान गरेको कुरालाई पोष्ट मार्टम एवं खुकुरी भिरी गएको व्यक्तिले रातको समयमा अकेली जनानीलाई कर्तव्य गरी मार्न सक्ने र नसाको जोसमा पैसा नदिई उठ्न दिन्न भनेको रीसमा हानेको भन्ने कुरा व्यवहारिक तर्कबाट पनि मिल्न जाने । (प्रकरण नं. १५) पुनरावेदक/वादीतर्फबाट : विद्वान का.मु. सहन्यायाधिवक्ता श्री बलराम के.सी. फैसला न्या.सुरेन्द्रप्रसाद सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतका २०४४।४।१९ का फैसला उपर वादी श्री ५ को सरकारको यस अदालतमा पुनरावेदन परी र प्र.डम्बरबहादुरका हकमा साधक सदरका लागि दायर भई यस इजलास समक्ष पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्नानुसार छ । २. २०४१।८।१३ गते बेलुका खाना खाई सुती निदाएको अवस्था कस्ले हो नस्पतेनी कान्छी लिम्बूनीलाई काटी मारी निजले लगाएको मारवाडी, ढुंग्री समेत २ तोला चोरी गरी भागी गएको कुरा विहान निजको दाजु सुखबहादुरले थाहा पाई खबर गरेकाले आई हेर्दा काटी मारी पूर्व टाउको गुन्द्रीमाथी उत्तानो पारी घटना गरेको देखिएकोले कस्ले काटी मारी सुन चोरी लगेको हो पत्ता लगाई कानून बमोजिम गरी पाउँ भन्ने राजबहादुरको २०४१।८।१५ को जाहेरी दर्खास्त । ३. २०४१।८।१३ गते बेलुका खाना खाई मतानमा सुतें बहिनी मूल घरमा सुतेकी थिई । रातमा केही थाहा पाइन । बिहान अं.५:३० बजे उठी मूल घरको दैलो उदाड्डै देखि भित्र पसी बत्ति बाली हेर्दा बहिनी उत्तानो परी रगतपक्ष भई मरिहेको बहिनी धामी काम गर्ने र आउने जाने डम्बरबहादुर लिम्बू पनि धामी काम गर्ने र आउने जाने भएकाले सो रात डम्बरबहादुर आई बहिनीलाई काटी मारी गहना र रुपैयाँ लगेकोमा विश्वास लाग्छ भन्ने २०४१।८।१८ को सुकबहादुरको कागज । ४. २०४१।८।१३ गते खुकुरी भिरी गाउँकै याक रुगेनीको घरमा झर्दै थिएँ । खोल्सीमा चिताहाङमाकै धर्म पुत्र याकरुङ्गेसंग भेट भई गोप्य कुरा छ एकछिन बस भनी तलाई रु.२,०००।– दिन्छु चिताहाङयालाई काटी मारी सुनका गहना लिई मधेश भागी जा भन्यो । म सरासर चितहाङमाको घर गई २ माना रक्सी खाई हिंड्न लाग्दा रक्सीको पैसा मागीन, मैले पैसा छैन पूर्णिमामा दिन्छु भन्दा निजले नमान्दा मलाई रीस उठी चुल्ठामा समाती काटी मारी निजले लगाएको सुनको गहना र थैली थुती घरमा गई चानचुने रु.२७।– र नोट रु.६।– रहेछ, एउटा सुनको मुन्द्री पनि रहेछ । रातको ३ बजे हिंडी हिले पुगी धरान गई पुरानो बजारमा मारवाडीकोमा सुन १ तोला ७ आना रु.३,४५०।– मा बिक्री गरी दौरा सुरुवाल र रिको घडी किने अन्य रुपैयँ खर्च गरी रु.८००।– मबाट बरामद भएको छ । याकरुङ्गे साइलाले भने अनुसार काटी मारेको हुँ भन्ने समेतको डम्बरबहादुर लिम्बूले प्रहरीमा गरेको बयान । ५. नस्पतेनीकोमा धर्मपुत्र भनी बेग्लै बसी आएको थिएँ, २०४१।८।१३ गते बेलुका अं.