निर्णय नं. ३६१२ - ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३६१२ - ज्यान भाग: ३० साल: २०४५ महिना: माघ अंक: १० फैसला मिति :२०४५/०९/०४ २४४७ निर्णय नं. ३६१२ ने.का.प. २०४५ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४३ सालको फौ.पु.नं. ५६८, ५७३ सम्वत् २०४४ सालको फौ.सा.नं. १२८ सम्वत् २०४५ सालको फौ.पु.नं. ४७०,४७१ र ४७२ फैसला भएको मिति : २०४५।९।४।१ मा पुनरावेदक/प्रतिवादी : वारा प्रष्टोका गा.पं.वा.नं.३ बस्ने बनारसीलाल साह तेली विरुद्ध वादी : मोतीलाल साहको जाहेरीले श्री ५ को सरकार पुनरावेदक/प्रतिवादी : जि.वारा प्रष्टोका गा.पं.वा.नं.६ बस्ने बिन्दा साह तेली विरुद्ध वादी : श्री ५ को सरकार पुनरावेदक/प्रतिवादी : जि.वारा प्रष्टोका गा.पं.वा.नं.६ बस्ने जगसाह तेली समेत विरुद्ध वादी : श्री ५ को सरकार मुद्दा : ज्यान (१) प्रमाणरहितको इन्कारीले सफाइको भूमिका निर्वाह गर्न नसक्ने । (प्रकरण नं. २६) (२) अदालत समक्षको इन्कारीलाई शंकारहित मान्न र अधिकारप्राप्त अधिकारी समक्षको सावितीलाई अन्यथा गर्ने संकलित सबूद प्रमाणबाट मिल्ने देखिन नआउँदा संकलित सबूद प्रमाणको आधारमा शंकारहित तवरले प्रतिस्थापित नभएको भनी मान्न मिल्ने देखिन नआउने । (प्रकरण नं. २६) (३) अधिकारप्राप्त अधिकारी समक्षको इन्कारी बयानलाई अन्य स्वतन्त्र प्रमाणबाट र अदालत समक्षको इन्कारी बयानलाई अन्य शंकारहित प्रमाणले वादीबाट खण्डन मण्डन हुन नसकेको, चस्मदिदको बयानबाट पनि अभियोगलाई शंकारहित तवरले गडाउ गर्न सकेको नपाइँदा शंकारहित स्वतन्त्र प्रमाणको अभावको स्थिति र अवस्थामा कसूरदार ठहर गरेको इन्साफ मिलेको नहुँदा उल्टी हुने । (प्रकरण नं. २६) (४) आफू उपरको अभियोगमा अदालत समक्ष बयान गर्दा इन्कार देखिने, तर बन्दुक हातमा देखेको भनी सरजमीनबाट खुल्न आएको र मृतकको मृत्यु बन्दुकको गोली लागी भएकोबाट पनि इन्कारीमा शंकारहितपन प्रतिविम्बित हुनसकेको नपाइनुको साथै आफ्नो इन्कारीलाई पुष्टि गर्ने शंकारहित र स्वतन्त्र प्रमाण निजबाट गुजार्न सकेको पनि मिसिल संलग्न प्रमाण कागजातबाट देखिन नआउँदा इन्कारीलाई प्रमाणिक रुपमा स्वीकार गर्न नमिल्ने । (प्रकरण नं. २७) पुनरावेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त र विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादव वादीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी. फैसला न्या.सुरेन्द्रप्रसाद सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन परी आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं जिकिर यसप्रकार देखिन्छ । २. २०३७।३।८ गते राती विश्वनाथ, बिन्दा साह तेली, जग साह तेली, झगरु महतो कोइरी, लालबहादुर, बनारसीलाल समेतले बाबु जाढोलाललाई बन्दूक हानी मारे भनी आमाले भनेकाले जाहेर गरेको छु भन्ने समेत व्यहोराको मोतीलालको जाहेरी दर्खास्त । ३. बिन्दा साह तेली, विश्वनाथ साह, माढोलाल, जाढोलाल, अयोध्या साह, बद्रीनारायण र म समेत भई जाढोलाललाई कर्तव्य गरी मारेका भन्ने समेत व्यहोराको जग साहले प्रहरीमा गरेको कागज । ४. मृतकको मृत्युको सम्बन्धमा मलाई केही थाहा छैन । वारदातको समयमा म घरमै छु । रीसइवीको कारण म उपर किटानी दर्खास्त दिएको हो । म वारदातमा संलग्न छैन भन्ने समेत व्यहोराको प्र.वनारसीलालले प्रहरीमा गरेको बयान । ५. वारदात अवस्थामा आफ्नो घरमा नभई कलैया गा.पं.को औधापुरमा शशुरा वंशी महतोको घरमा छु । मृतकलाई कसले मारे मलाई थाहा छैन भन्ने समेत व्यहोराको झमरु महतो कोइरीले प्रहरीमा गरेको