निर्णय नं. ३६१४ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३६१४ - अंश भाग: ३० साल: २०४५ महिना: माघ अंक: १० फैसला मिति :२०४५/०९/११ २६१९ निर्णय नं. ३६१४ ने.का.प. २०४५ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४४ सालको स.अ.दे.पु.नं. ७३६ फैसला भएको मिति : २०४५।९।११।१ मा पुनरावेदक/प्रतिवादी : सुनसरी डुम्राहा गा.पं.वा.नं.९ बस्ने दानालाल मण्डल धानुकसमेत विरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने सियालाल मण्डल धानुक मुद्दा : अंश (१) वादी सगोलै भएको भए अंशियारले सगोलको अंशियारबाट ऋण लिने प्रश्न नै उठ्न नसक्ने स्थितिमा मुलुकी ऐन अंशबण्डाको ३० नं. मा व्यवस्था भएबमोजिम व्यवहार प्रमाणबाट वादी प्रतिवादी छुट्टिई भिन्न भएको प्रष्ट देखिई रहेकोमा वादीले वादी दावी बमोजिम अंश पाउने ठहराई शुरुको सदर गरी गरेको निर्णय फैसला मिलेको नदेखिने । (प्रकरण नं. ११) पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री नारायणराज खरेल फैसला न्या.सुरेन्द्रप्रसाद सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति २०४३।१२।१८।४ को निर्णयमा चित्त नबुझेकोले पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादी पक्षबाट यस अदालतमा अनुमतिको निवेदन परी अनुमति प्राप्त भई निर्णयार्थ यस इजलास समक्ष पेश हुनआएको प्रस्तुत मुद्दाको विवरण संक्षेपमा निम्नानुसार छ । २. मधुरी मण्डलका २ पत्नीमा जेठी पट्टी म, कान्छी पट्टिका विपक्षीहरु भई हामीहरु दाजु भाइ छौं । मेरो आमा स्वर्गीय भएपछि आपसी मन मुटाब हुँदा सबै सम्पत्ति सगोलमा रही ०–५–० जग्गा मेरो नाउँमा खरीद गरिदिई ०१७ सालमा मानो छुट्याई दिएको र आयस्ता बराबर खाई आएको पिताको पनि २०३७।१२।१२ मा स्वर्गवास भयो भाइहरुसंग २०३८।१२।२ मा अंशबण्डा गरौं भन्दा हामी जिम्मा अंश छैन भनेकाले तायदाती लिई ५ भागको १ भाग अंश पाउँ भन्ने समेत व्यहोराको फिराद । ३. जेठी श्रीमती स्वर्गवास भएपछि पिताले हाम्रो आमा ल्याएको र हाम्रो जन्म भएको हो । विपक्षी २०१० सालमा चलअचल सम्पत्ति लिई भिन्न भई बसेका हुन । हाम्रो आर्जनको सम्पत्ति पिताकै नाउँमा रहेको र पिताबाट हामी समेत आ–आफ्नो अंश लिई छुट्टी भिन्न भई बसेका छौं । वादीको अंश हाम्रो जिम्मा छैन । अंश दिनु पर्ने समेत होइन भन्ने समेत व्यहोराको संयुक्त प्रतिउत्तर । ४. अंशियार हुन भन्ने कुरा स्पष्ट भयो । नीतिपूर्वक अंश भएको मानु छुट्टिएको लिखत छैन ०१७ साल भन्ने वादी र ०१० साल भन्ने प्रतिवादी भई विवाद हुँदा फिराद परेको मितिलाई मानु छुट्टिएको मिति कायम गरी तायदाती लिएकोबाट वादी दावी बमोजिम रामजी मण्डल समेतबाट अंश पाउने प्रमाणित भएकोले आएको फाँटवारी बमोजिम ५ भागको १ भाग चलअचल अंश वादीले पाउने ठहर्छ भन्ने समेत व्यहोराको शुरु सुनसरी जिल्ला अदालतको ०४१।१।१० को फैसला । ५. सो फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोराको प्रतिवादीहरुको कोशी अञ्चल अदालतमा परेको पुनरावेदन । ६. यसमा वादी प्रतिवादीका बाबुको जग्गा खरीद बिक्री समेतको कारोवार भइसकेको देखिँदा वादीबाट प्रतिवादीलाई अंश दिलाउन मिलेन अंश पाउने ठहराएको शुरुको इन्साफ उल्टी हुन्छ भन्ने समेत व्यहोराको कोशी अञ्चल अदालतको फैसला । ७. सो फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी वादीले दिएको निवेदनमा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत व्यहोराको पूर्वाञ्चल क्षेत्रीय अदालतको आदेश । ८. यसमा तायदाती बमोजिम ५ भागको १ खण्ड वादीले अंश पाउने ठहराएको शुरु सुनसरी जिल्ला अदालतको इन्साफ मनासिब हुँदा सदर हुन्छ वादी दावी नठहराएको कोशी अ