निर्णय नं. ३६१५ - बन्दीप्रत्यक्षीकरण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३६१५ - बन्दीप्रत्यक्षीकरण भाग: ३० साल: २०४५ महिना: माघ अंक: १० फैसला मिति :२०४५/१०/१८ २३६६ निर्णय नं. ३६१५ ने.का.प. २०४५ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०४५ सालको रि.नं.८७६ आदेश भएको मिति : २०४५।१०।१८।३ मा निवेदक : नु.जि.तलाखु गा.पं.वा.नं.२ बस्ने सादे भन्ने कमान तामाङ विरुद्ध विपक्षी : नुवाकोट जिल्ला अदालतसमेत विषय : बन्दीप्रत्यक्षीकरण (१) कारागार ऐन, ०१९ को दफा २४(५) मा उपदफा (३) र (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफा बमोजिम डेढी बढाई सजायँ कायम गर्दा भाग्ने थुनुवा वा कैदी जुन अपराधमा कैद परेको हो सो अपराधमा हुनसक्ने सजायको उपल्लो हदको सवाई भन्दा बढी हुने गरी सजायँ कायम गरिने छैन भन्ने कानूनी व्यवस्था भएको देखिन्छ । ज्यू मास्ने बेच्ने मुद्दामा लागेको कैद वर्ष १० मा थुनुवा भागे भगाएको मुद्दामा सवाई बढाई सजायँ गर्ने गरेको फैसला बमोजिम लागेको कैद भुक्तान हुन बाँकी नै देखिनाले निवेदकको माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. १३ र १४) निवेदकतर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री ध्रुवनाथ पन्त प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री सामन्त सिंह बोगटी आदेश न्या.बब्बरप्रसाद सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता हुनआएको प्रस्तुत रिट निवेदनको तथ्य एवं जिकिर निम्न प्रकार छ । २. वादी श्री ५ को सरकार प्रतिवादी म रिट निवेदक भएको जिउ मास्ने बेच्ने मुद्दामा मुद्दा फैसला नभई थुनामा नै रहेको अवस्था जेलबाट भाग्यो भनी अर्को मुद्दा लगाइयो एउटै अदालतमा एउटै व्यक्तिको दुईवटा मुद्दा चलिरहेको अवस्था हुँदै मुद्दा एकैपटक किनारा गर्नु पर्नेमा ०३५।६।१४ मा जिउ मास्ने बेच्ने मुद्दा फैसला गरी हदैसम्म कैद वर्ष १० गर्ने निर्णय भयो । जेलमा थुनामा रहेको अवस्था ०३७ सालमा कारागार शाखाको लगतमा हेर्दा म निवेदकलाई १५ वर्ष कैद गरिएको रहेछ । बुझ्दा जेलबाट भाग्यो भगायो भन्ने मुद्दामा ५ वर्ष कैद लगाएको रहेछ । मुलुकी ऐन दण्ड सजायको ४१ नं.को कानूनी व्यवस्था हेर्दा एकै मानिसलाई एकै मुद्दाको वा धेरै मुद्दाको धेरै कलमको कैद ठेक्नु परेमा जुन कलममा कैदको सबैभन्दा ठूलो हद छ सो ननाघ्ने गरी कैद ठेक्नु पर्छ । अघि ठेकिएको कैद भुक्तान नहुँदै अर्को कैदको सजायँ भएकोमा अघि ठेकिएको कैद भन्दा घटि कैद पछि ठेक्नु पर्दैन । धेरै कलमको कैद बराबर रहेछ भने धेरै मध्ये एक कलमको मात्र कैद ठेक्नु पर्छ भन्ने कानूनी व्यवस्था छ । ३. यसरी कानूनी व्यवस्था हुँदाहुँदै पनि नुवाकोट जिल्ला अदालतले १० वर्ष कैद गरी सकेपछि पुनः ५ वर्ष कैद थप गर्न नहुने र नमिल्ने थियो भने उक्त थुनुवा भाग्यो भगायो भन्ने मुद्दामा म.क्षे.अ. मा पुनरावेदन पर्दा नुवाकोट जिल्ला अदालतको फैसला उल्टाई २ वर्ष ६ महिना मात्र कैद हुन्छ भनी निर्णय गरेको सो पनि कानून विपरीत हुन गयो । किनकी उक्त मुद्दा म निवेदकलाई लगाउनै नमिल्ने थियो यसरी दुवै विपक्षीहरुले मुलुकी ऐन दण्ड सजायको ४१ नं.मा ठूलो कलमको मात्र कैद गर्नु पर्छ भन्ने प्रष्ट उल्लेख कानूनी व्यवस्था छ । यसरी म निवेदकको नेपालको संविधानको धारा ७१ को भाग ३ द्वारा प्रदत्त मौलिक हकको विपक्षीहरुले हनन् गरेका छन् । ४. म निवेदकलाई १० वर्ष मात्र कैद हुन्छ उक्त १० वर्ष कैद मिति ०४४।१०।६ मा नै भुक्तान भइसक्यो तथापी विपक्षी जि.का.कारागार शाखा काठमाडौंले आफ्नो लगतमा १२ वर्ष ६ महिना कैद लेखी थुनामा राखेकोले १० वर्ष भु