निर्णय नं. ३६१६ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३६१६ - उत्प्रेषण भाग: ३० साल: २०४५ महिना: माघ अंक: १० फैसला मिति :२०४५/१०/११ ५०१९ निर्णय नं. ३६१६ ने.का.प. २०४५ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०४४ सालको रि.नं.१८३५ आदेश भएको मिति : २०४५।१०।११।३ मा निवेदक : ल.पु.न.पं.वा.नं.१३ बस्ने सजीव केशवन विरुद्ध विपक्षी/प्रत्यर्थी : श्री ५ को सरकार, गृह मन्त्रालय काठमाडौंसमेत विषय : उत्प्रेषण (१) नेपाल राज्यभित्र आफ्नो स्थायी बासस्थान कायम गर्ने उद्देश्य लिई स्वयं परिवार बसोबास गर्ने मानिस अधिबासी ठहर्ने । (प्रकरण नं. ११) (२) जुन कानूनको आधारमा नागरिकता प्रमाणपत्र पाउने दावी गरेको छ सो कानून अनुसार नागरिकताको प्रमाणपत्र पाउने नपाउने सो सम्बन्धमा ठहर गर्नुपर्नेमा सो नगरी गृह मन्त्रालयको पत्रको आधार लिई प्रमाण पत्र नपाउने भनी जि.का.ले दिएको पत्र कानून अनुरुप नहुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ११) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री खगेन्द्र बस्नेत आदेश न्या.बब्बरप्रसाद सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यसप्रकार रहेछ । २. म निवेदक भारतीय मूलका पिता एम.पी. केशवन एवं नेपाली नागरिक माता गोपीमैया मगरनीको कोखबाट सन् १९६३ नोवेम्बर २५ तारिख तद्नुसार मिति २०२०।८।९ मा यस नेपाल अधिराज्यमा जन्मेको हुँ । म निवेदक नेपाल अधिराज्यमा जन्मेको एवं मेरी आमा नेपाल अधिराज्यमा जन्मनु भई नेपालकै नागरिक हुनु भएकीले मेरा पिता नेपाली नभए तापनि आमा गोपीमाया नेपालमा नै जन्मेकी नेपाली नागरिक हुनुभएकोले नेपाल नागरिकता ऐन, २००९ को दफा (२) अनुसार नेपालको नागरिकता पाउने हक मलाई प्रदत्त छ किनभने नेपाल नागरिकता ऐन, २००९ दफा (२) मा नेपालमा जन्मेको बाबु आमा मध्ये एकजना नेपालमा जन्मेको स्थितिमा नेपालको नागरिक हुने अवस्था छ । साथै नेपाल अधिराज्यमा जन्मेदेखि निरन्तर नेपालमा नै बसोबास गरी आएको उपर्युक्त कानूनी व्यवस्था अनुसार म निवेदक नेपाल नागरिकता ऐन, २०२० प्रारम्भ हुनु भन्दा अघि मिति २०२०।८।९ मा नेपालमा जन्मेको र मेरो बाबु आमा मध्ये आमा गोपीमैया मगर्नीको जन्म पनि नेपालमा नै भएको हुँदा म निवेदकले नेपालको नागरिकता पाउने कुरा निर्विवाद छ । ३. यसरी निर्विवाद रुपमा नेपाली नागरिकता पाउनु पर्ने स्थिति भएकोले म निवेदकले नेपाली नागरिकता पाउँ भन्ने निवेदन प्रत्यर्थी जिल्ला कार्यालय ललितपुर समक्ष आवेदन गरेकोमा उक्त कार्यालयले मिति २०४४।६।२५ मा प्रेषित गरेको पत्रमा उक्त सम्बन्धमा तपाईले यस कार्यालयमा नागरिकता पाउँ भन्ने दिएको आवश्यक निर्देशनको लागि गृह मन्त्रालयमा लेखी गएकोमा गृह मन्त्रालयबाट मिति २०४४।३।१० क्षे.च.नं. ७९१ मा ल.पु.न.पं.वा.नं.१३ निवासी सजीव केशवनको पीता एम.पी. केशवन नेपाली नागरिक नभएको भए निजको सन्तानले हाल कुनै पनि नेपाली नागरिकता पाउन नसक्ने अवगतार्थ भएकोले तपाईलाई पनि सोही जानकारी गराइन्छ भनी सूचित गरिएकोले अन्य कानूनी उपचारको मार्गको अभावमा सम्मानीत अदालत समक्ष यो निवेदन गर्न आएको छु । ४. नेपाल नागरिकता ऐन, २००९ को दफा २ बमोजिम नेपाल अधिराज्यमा जन्मेको एवं आमा समेत नेपाल अधिराज्यमा जन्मनु भएको कारणबाट समेत म नेपाली नागरिकमा स्थापित भइसकेको व्यक्ति हुँ । यस स्थितिमा मेरा पिता नेपाली नागरिक नभएको कारण म निवेदकलाई कुनै प्रतिकूल असर पर्