निर्णय नं. ६७२९ - हक कायम समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६७२९ - हक कायम समेत भाग: ४१ साल: २०५६ महिना: असोज अंक: ६ फैसला मिति :२०५५/११/२६ ३८८९ निर्णय नं. ६७२९ ने.का.प. २०५६ अङ्क ६ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री मोहनप्रसाद शर्मा माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य माननीय न्यायाधीश श्री उदयराज उपाध्याय माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल संवत् २०५४ सालको दे.पु.इ.नं.१२६ फैसला मितिः २०५५।११।२६।४ मुद्दाः हक कायम समेत । पुनरावेदक पेटवोलीबाट वुझिएकोः ललितपुर जिल्ला ल. पु. न. पा. वडा नं. ७ वस्ने मथुरा चिपालु । विरुद्ध प्रत्यर्थी वादीः ऐ. सुन्धारा वस्ने मनोज चिपालु § गोपाल बहादुर प्रधान विरुद्ध कटक बहादुर प्रधान भएको २०२६ सालको दे.पु.नं. ६१ (ने.का.प. २०२७, नि.नं. ५६६, पृ. २०८) को अंश मुद्दामा प्रतिपादित सिद्धान्त तत्कालीन मुलुकी ऐन अंशवण्डाको महलको ३३ नं. को कानूनी व्यवस्थामा आधारित देखिन्छ । उल्लेखित मुद्दामा आमा र दुई भाई छोराहरु संग रहे वसेकै अवस्थामा आमाले आफ्नो अंश भागको सम्पत्ति एक भाई छोरालाई मात्र वकसपत्र गरी दिएकोमा सर्वोच्च अदालत पूर्ण इजलासबाट तत्काल प्रचलित अंशवण्डाको ३३ नं. मा उल्लेखित मानो नछुटृी संगै वसेका अंशियारहरुमा कमाएको धन र लाएको ऋण समेत सवै अंशियारलाई वरावर भाग लाग्छ भन्ने कानूनी व्यवस्थाका आधारमा सवै छोरालाई अंश गर्नु पर्ने सम्पत्ति आमाले एउटा छोरालाई मात्र लेखी दिएमा कानून विरुद्ध हुने भनी सिद्धान्त प्रतिपादित भएको देखिन्छ । तर प्रस्तुत मुद्दामा आफूसंग वसेका छोरा वुहारीलाई आफ्नो अंश हकको सम्पत्ति तत्काल प्रचलित मुलुकी ऐन विधवा अंशधनको १ नं. को कानूनी व्यवस्थाका आधारमा रजिष्ट्रेशन पारित समेत गरी रीतपूर्वक वकसपत्रको लिखत लेखी दिएको अवस्था विद्यमान रहेको छ । तसर्थ प्रस्तुत मुद्दा र २०२६ सालको दे.पु.नं. ६१ को मुद्दाको प्रकृति र विषयवस्तु समेत फरक फरक रहेको सन्दर्भमा दुई छुट्टा छुट्टै विषयमा प्रतिपादित सिद्धान्तहरु भएकाले वाझिएको भन्न नमिल्ने। (प्र.नं. १५) § तत्काल प्रचलित कानून वमोजिम आफ्नो अंश हकको सम्पत्ति शेषपछिको वकसपत्रको लिखत गरी दिएको अवस्थामा सो लिखतलाई अन्यथा प्रमाणित नगरेसम्म लिखतको कानूनी अस्तित्व यथावत रहेको मान्नुपर्ने भै त्यस्तो कानूनी मान्यता प्राप्त शेषपछिको वकसपत्रको लिखत वकसपत्रदाताको मृत्युपछि स्वतः कृयाशील हुने हुंदा वकसपत्रदाता लालमायाको अंश हकको सम्पत्ति वकस पाउनेमा सर्ने भनी ५ जना न्यायाधीश रहेको पूर्ण इजलासबाट मिति २०५५।१।१० मा अभिव्यक्त भएको राय नै कायम रहेको देखिएकोले त्यस्को औचित्यमा प्रवेश गरिरहन नपर्ने । (प्र.नं. १६) पुनरावेदक तर्फबाटःविद्वान अधिवक्ता श्री देवीप्रसाद उप्रेती प्रत्यर्थी वादी तर्फबाटः अवलम्वित नजिरः ने.का.प. २०२७, नि.नं. ५६६, पृ. २०८ फैसला प्र.न्या.मोहनप्रसाद शर्माः सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३.१(ख) अनुसार पूर्ण इजलासको लगतमा दर्ता भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा एवं ठहर यस प्रकार छः २. मुलपुर्खा राम लक्ष्मण भएको राम तर्फ छोराहरु कृष्ण वहादुर, नारायण वहादुर तथा लक्ष्मणतर्फ छोराहरु लक्ष्मी वहादुर, गौरी कृष्णभएको निज लक्ष्मी वहादुर तर्फ छोरा राज वहादुर तथा गौरी कृष्ण तर्फ श्रीमती लालमाया र छोराहरु न्हुच्छे वहादुर, तुल्सी वहादुर भएको, न्हुच्छे वहादुर तर्फ २ श्रीमती विवाहिता मथु