निर्णय नं. ३६१८ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३६१८ - उत्प्रेषण भाग: ३० साल: २०४५ महिना: माघ अंक: १० फैसला मिति :२०४५/१०/१७ २६९५ निर्णय नं. ३६१८ ने.का.प. २०४५ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४४ सालको रिट नं. १६९७ आदेश भएको मिति : २०४५।१०।१७।२ मा निवेदक : का.न.पं.वार्ड नं. २१ बस्ने रा.बि. संस्थान, पञ्चायत प्लाजा, काठमाडौंको सहायक प्रबन्धक निलमान बज्रचार्य विरुद्ध प्रत्यर्थी : पदपूर्ति समिति, रा.वी.सं., पञ्चायत प्लाजा काठमाडौंसमेत विषय : उत्प्रेषण (१) विशेषज्ञ संस्थानमै उपलब्ध हुनसके संस्थानमै राख्नु पर्ने भन्ने संस्थानमा नियुक्ति बढुवा र विभागीय कारवाही सम्बन्धी सामान्य सिद्धान्तको मनसाय देखिने र सो उपलब्ध हुन नसकेमा मात्र सो पदले गर्ने काम सम्बन्धित कुनै लब्ध प्रतिष्ठित विज्ञ वा अनुभवी व्यक्ति संस्था देखि बाहिरबाट लिएर भए पनि पदपूर्ति समितिमा सदस्य राख्नु पर्ने व्यवस्था देखिन आएबाट संस्थानको वरिष्ठ अधिकृत सम्म भएको व्यक्तिलाई विशेषज्ञमा मनोनित गरी पठाएको सामान्य सिद्धान्त विपरीत भयो भन्न नमिल्ने । (प्रकरण नं. १७) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दाश प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री सामन्त सिंह वोगटी विद्वान अधिवक्ता श्री जीवनाथ तिवारी विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी आदेश न्या.बब्बरप्रसाद सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको निवेदन तथ्य एवं जिकिर निम्न प्रकार छन् । २. राष्ट्रिय बीमा संस्थानको नायव प्रबन्धक अधिकृत द्वितीय श्रेणी पद ५ मध्ये आन्तरिक बढुवाद्वारा पूर्ति गरिने पद ४ का लागि अधिकृत तृतीय श्रेणीमा २०४३ साल पौष मसान्तसम्म ५ वर्ष नोकरी अवधि पुगीसकेका सम्भाव्य उम्मेदवारहरुलाई बढुवा फाराम भर्न समितिले २०४४।२।१२ मा नं. १।०४३।०४४ को सूचना प्रकाशित गरेबमोजिम उम्मेदवारको हैसियतले मैले पनि बढुवा फाराम भरेकोमा सबैभन्दा कम ३११.०३० अंक पाउने प्र.शान्तप्रसाद र त्यस भन्दा माथिका अंक पाउने मोहन सुन्दर, शैलेन्द्रकुमार, खेमप्रसादलाई बढुवा सिफारिश गरेकोले चित्त नबुझी आफूले बढुवा पाउनु पर्ने आधार सहित सचिवज्यू समक्ष उजूरी गरेकोमा समितिकै निर्णयलाई कायम गर्ने गरी २०४४।८।१३।१ मा निर्णय भएको २०४४।१०।१० मा नक्कल लिएबाट थाहा हुन आयो । ३. उक्त बढुवा सिफारिश तथा त्यसलाई सदर गर्न सचिवको निर्णय समेत निम्न आधारमा त्रुटिपूर्ण छ । ४. सा.सी.नियमावलीको परिच्छेद–२ को नियम १ र २ अनुसार सदस्य सचिव सहित ५ जनाको पदपूर्ति समिति रहने र त्यसमा संस्था बाहिरको पदसंग सम्बन्धित १ जना विशेषज्ञ रहनु पर्ने बाध्यात्मक व्यवस्था विपरीत संस्था बाहिरको पदसंग सम्बन्धित विशेषज्ञ नै नराखी पदपूर्ति समितिको गठन गरी बढुवा सिफारिश गरिएको हुनाले कानून बमोजिम गठित समितिबाट बढुवा सिफारिश नभएका हुनाले अधिकार क्षेत्रात्मक बढुवा सिफारिश मु.ऐ.अ.बं.३५ नं. र नियमावलीको परिच्छेद २ को नियम १।२ अन्तर्गत प्रारम्भिक तवरले प्रभाव शुन्य छ । ५. श्री सचिवज्यूले आफ्नो निर्णयमा नियमावली वा.रा.वि.सं.को कर्मचारी प्रशासन नियमावलीमा गयल भएको दिनको नोकरी अवधिमा गणना गर्ने नगर्ने सम्बन्धमा स्पष्ट व्यवस्था नभएकोले लोकसेवा आयोगलाई सोधी पठाउँदा नियमावलीको परिच्छेद १२ को दफा ४ मा संस्थाको नियमावली र सामान्य सिद्धान्तमा नपरेको कुराहरुमा अप्ठ््यारो पर्न आएमा सामान्य सिद्धान्तको उद्देश्यको प्रतिकूल नहुने गरी पदपूर्ति समिति