निर्णय नं. ३६२० - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३६२० - उत्प्रेषण भाग: ३० साल: २०४५ महिना: माघ अंक: १० फैसला मिति :२०४५/०८/२८ २७५५ निर्णय नं. ३६२० ने.का.प. २०४५ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४४ सालको रिट नं. १३९१ आदेश भएको मिति : २०४५।८।२८।३ मा निवेदक : नेपालगञ्ज न.पं.वार्ड नं. १३ बस्ने सन्तोषकुमार टण्डन विरुद्ध विपक्षी : श्री मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालत, बीरेन्द्र नगर, सुर्खेतसमेत विषय : उत्प्रेषण (१) दण्ड सजायँको ६१ नं.मा पुनरावेदन सुन्ने अड्डामा निवेदन दिने म्याद तोकिएको छैन भन्दैमा निवेदन दिने म्याद सदाका लागि नै रहने भन्न नमिल्ने । (प्रकरण नं. ११) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया विपक्षीतर्फबाट : विद्वान का.मु. अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट एवं विद्वान अधिवक्ता श्री शिवराज अधिकारी आदेश न्या.गजेन्द्रकेशरी बास्तोला : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता हुनआएको प्रस्तुत निवेदनको संक्षिप्त विवरण एवं निर्णय यसप्रकार छ : २. बाँके जिल्ला अदालतको फैसला अनुसार बिगो कोर्ट फी समेत भरी पाउँ भनी म निवेदकको निवेदन परी तायदाती र पन्चकृति मोल मुचुल्का समेत भई लिलाम सूचना समेत टाँस गरी लिला बढाबढ समेतभै लिलाममा सकारेको घर रामकरण त्रिपाठीका नाउँमा दा.खा.गर्न सम्बन्धित कार्यालयमा लेखी पठाई चलन पुर्जी दिने र मिसिल तामेलीमा राखी दिनु भनी बाँके जिल्ला अदालतबाट मिति ०४१।९।२१ मा आदेश भई दा.खा.नामसारी गरिदिने भनी बाँके जिल्ला अदालतको पुर्जी अनुसार २०४१।१२।२८ मा रामकरण त्रिपाठीको नाममा दा.खा.समेत भई सकेको छ । ३. त्यसरी लिलाम भई बिगो भरी भराउको कार्य समेत सम्पन्न भइसकेपछि सन्तोषकुमार टण्डनले लेनदेन मुद्दा चलाई मुद्दा जिती मेरो घर लिलाममा चढाई रु.२१,६६६।– मा मेरो नामको घर मध्ये तीन खण्डको एकखण्ड लिलाम गरिदिने भनी बाँके जिल्ला अदालतको सूचनामा उल्लेख भएकोमा एकखण्ड मात्र लिलाम नभई पूरा घर लिलाम गरिलिएको छु भनी निज सन्तोषकुमार टण्डनले मलाई बाँकी घरमा चलन गर्न नदिएकोले सूचनामा उल्लिखित रु.२१,६६६।– बुझी लिई कानून बमोजिम सो घर विन्तिपत्रवालालाई चलन गर्न दिनु भन्ने बाँके जिल्ला अदालतको नाममा हु.प्र.बक्स गरिपाउँ भन्ने समेत व्यहोराको विपक्षी कर्णबहादुर सोनारले श्री ५ महाराजाधिराज सरकारका जूनाफमा विन्तिपत्र दिएकोमा यसमा कानून बमोजिम गर्नु गराउनु भन्ने हु.प्र.बक्स भई मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतबाट समेत त्यसमा सोही अनुसार तोक आदेश भई सो सम्पन्न भई सकेको लिलामी समेतको काम यथावत मै थियो । २०४३ श्रावणमा विपक्षी कर्णबहादुर सोनारले लिलामी बदर गरिपाउँ भन्ने अ.बं.१७ नं.बमोजिम भेरी अञ्चल अदालतमा निवेदन दिएकोमा यसमा लिलाम बिक्री बढाबढ गरी गरेको कारवाही रीतपूर्वकको देखिँदा कानून बमोजिम गर्नु होला भनी त्यस अदालतबाट तोक आदेश भई सके पनि निज विपक्षीले सोही व्यहोराको अ.बं.१७ नं. को निवेदन मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतमा दिएकोमा कैफियत प्रतिवेदन भई लिलामी सूचनाको प्रतिलिपि हेर्दा अ.बं.११० नं. विपरीत तामेल भएको देखिँदा सो सूचना र सो आधारमा गरिएको ०४१।९।२१ को आदेश समेत कानून प्रतिकूल हुँदा बदर गरिएको छ । अञ्चल तथा जिल्ला अदालत नियमावली, २०३४ को नियम ६८(५) अनुसार गरी कानूनको रीत पुर्याई तामेल गरी कानून बमोजिम गर्नु भनी बाँके जिल्ला अदालतको नाममा आदेश भएकोमा बाँके जिल्ला अदालतबाट उक्त व्यहोरा उल्लेख गरी अब यसमा उक्त