निर्णय नं. ३६२१ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३६२१ - कर्तव्य ज्यान भाग: ३० साल: २०४५ महिना: माघ अंक: १० फैसला मिति :२०४५/०४/३१ २७२९ निर्णय नं. ३६२१ ने.का.प. २०४५ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४४ सालको फौ.पु.नं. ४४४, ४४९ सम्वत् २०४५ सालको फौ.पु.नं. ६०६, ६०७ सम्वत् २०४५ सालको साधक नं. १२६ फैसला भएको मिति : २०४५।४।३१।२ मा पुनरावेदक/वादी : रामपत मण्डलको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादीहरु : जि.ध.कजरा रमौल गा.पं.वा.नं.५ कजरा बस्ने लक्ष्मी यादवसमेत विरुद्ध विपक्षी/वादी : रामपत मण्डलको जाहेरीले श्री ५ को सरकार मुद्दा : कर्तव्य ज्यान (१) अभियुक्तहरुले प्रहरीमा कुटपिट गरी गरेको साविती इच्छा विरुद्धको हो भनी भने तापनि अन्य स्वतन्त्र प्रमाण र विश्वसनीय प्रमाणहरुबाट प्रहरी सावितीलाई पुष्टि भइरहेको देखिँदा प्रहरीमा भएको सावितीलाई प्रमाणमा लिन मिल्ने । (प्रकरण नं. ६६) (२) प्रहरी साविती र सरजमीनका व्यक्तिहरुले मृतकलाई कुटपिट गरी कर्तव्य गरी ज्यान लिए, यी अभियुक्तहरुले मारेको भन्ने कुराको व्यहोरा अदालतमा आई बकपत्र गरी समर्थन गरेको समेतबाट ती अभियुक्तहरुले षडयन्त्रपूर्वक लाठी, भाला प्रयोग गरी कुटपिट गरी कर्तव्य गरी मारेको ठहर्ने । (प्रकरण नं. ६६) (३) चियो गरी खबर गरेको भनी एक मिलानको अधिकारप्राप्त अधिकारी समक्ष लेखाई दिएको र अन्य स्वतन्त्र सबूद प्रमाणबाट पनि वारदातमा चोट छोडेको भन्ने कुरा नदेखिएकोले ज्या.सं.को १७(३) नं.बमोजिम कैद वर्ष २ गर्नु पर्ने । (प्रकरण नं. ६७) (४) ज्यान मार्ने मनसाय लिई लाठी लिई उभिरहेको सम्म सबूद प्रमाणबाट समर्थित हुन आएकोले ज्यानसम्बन्धी महलको १७(२) बमोजिम जनही ५ वर्ष कैद हुने । (प्रकरण नं. ६८) (५) वारदात स्थलमा उपस्थित नभए पनि मृतकलाई मार्नमा षडयन्त्र गर्न बसेको मिटिंगमा उपस्थित थियो भन्ने प्रमाणित हुन आएकोले निजलाई ज्यानसम्बन्धी महलको १७(३) बमोजिम २ वर्ष कैद गर्नु पर्नेमा ज्यान मर्न सक्ने कुनै कुरामा मुख्य भई षडयन्त्र गर्ने भनी क्षे.अ.ले ज्यानसम्बन्धी महलको १६ नं.बमोजिम अपराध ठहराएको मिलेको नदेखिँदा ज्या.सं.महलको १७(३) बमोजिम अपराध गरेको ठहर्ने । (प्रकरण नं. ६९) (६) प्रत्यक्ष सबूद प्रमाणको अभावमा शंकाकै भरमा मात्र ज्यान जस्तो गहन अपराधमा कर्तव्यवाला ठहराई सजायँ गर्न नमिल्ने । (प्रकरण नं. ७१) पुनरावेदक/वादीतर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री बलराम के.सी. पुनरावेदक/प्रतिवादीहरुतर्फबाट : विद्वान अधिवक्ता श्री हरिकृष्ण कार्की तथा विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादव फैसला न्या.महेशरामभक्त माथेमा : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर वादी, प्रतिवादीको पुनरावेदन परी दर्ता हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छ : २. मिति ०३८।५।१२ गतेको दिन नथुनी मण्डललाई कर्तव्य गरी मारेको हुँदा लाश प्रकृतिको लागि अनुरोध छ भन्ने समेत प्रहरी चौकी धनुषाको पत्र । ३. २०३८।५।१२ गते नथुनी मण्डललाई कर्तव्य गरी मारेको ठीक हो भन्ने समेत जमुनाप्रसाद समेतले गरिदिएको लाश प्रकृति मुचुल्का । ४. २०३८।५।१२ गते मेरो दाजु मिथिलेश्वर बजार गएका थिए, साँझमा घर फर्किरहेको अवस्थामा मेरो गाउँको लक्ष्मी यादव समेत १६ जनाले मेरो दाजु नथुनीलाई समाती कुटपिट गरी मारेको हो, निजहरुलाई कानून बमोजिम कारवाही समेत गरी पाउँ भन्ने समेत व्यहोराको रामपत मण्डलको जाहेरी दर्खास्त । ५. २०३८।५।१२ को साँझ अध्यारो भइसक