निर्णय नं. ६७३० - जालसाजी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६७३० - जालसाजी भाग: ४१ साल: २०५६ महिना: असोज अंक: ६ फैसला मिति :२०५५/११/२७ ३०५४ नि.नं. ६७३० ने.का.प. २०५६ अङ्क ६ पूर्ण इजलास माननीय न्यायाधीश श्री गोविन्द वहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा माननीय न्यायाधीश श्री केदारनाथ आचार्य माननीय न्यायाधीश श्री राजेन्द्रराज नांख्वा माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल संवत २०५४ सालको फौ.पु.ई नं. ..... २९ फैसला मिति : २०५५।११।२७।५ मुद्दाः जालसाजी । पुनरावेदक वादी : जिल्ला सर्लाही जमुनिया गा.वि.स. वार्ड नं. ५ वस्ने धनई राय यादव विरुद्ध प्रत्यर्थी प्रतिवादी : जि. सर्लाही जमुनिया गा.वि.स. वार्ड नं. ७ बस्ने रामधारी राय यादव समेत § प्रचलित नेपाल कानूनद्वारा व्यवस्थित कार्यविधि अपनाई गरिने कारवाहीलाई कानून प्रतिकूल भन्न मिल्दैन । तहसिलदारको काम कारवाही उपर चित्त नबुझेको अवस्थामा आफ्नो ठोस आधार प्रमाण पुर्याई सम्वन्धित न्यायाधीश समक्ष उजुर गर्न पाउने व्यवस्था समेत भई रहेकै छ । आधार प्रमाण पुर्याउन नसकी गरिएको उजुरी निरर्थक हुने स्थिति हुन्छ । अदालतका कुन व्यक्तिबाट कसरी कारवाही उठी चित्त नबुझ्नु पर्ने कारण सिर्जना भएको हो त्यसतर्फ समेत पक्ष सचेत रही आफ्नो आधार प्रमाण खुलाई उजुर गर्न सक्नु पर्ने हुन्छ । प्रस्तुत मुद्दामा जुन कारवाहीको विरोध गरिएको छ सो कारवाही तत्काल वहाल रहेको तहसिलदार ना.सु. नारायण प्रसादद्वारा उठाइएको भन्ने प्रतिउत्तर पत्रबाट देखिन्छ । तर निज नारायण प्रसादलाई विपक्षी वनाउन सकेको स्थिति पनि देखिदैन । अन्य प्रतिवादीहरुको संलग्नता के कुन आधारबाट कानून प्रतिकूल भएको हो त्यसतर्फ समेत स्पष्ट खुलाउन वताउन सकेको पाइदैन । आधार प्रमाणको अभावमा वादीको भनाइ नै सत्य रहेछ भन्ने अवस्था पुग्न सक्ने हुंदैन । कीर्ते कागजको ३ नं. को अवस्था देखिनु पर्दछ । अन्तिम भई बसेको लेनदेन मुद्दाबाट गरिनु पर्ने भरी भराउको कार्य कानून प्रतिकूल भएको भन्न नमिल्ने । (प्र.नं. १२) पुनरावेदक वादी तर्फबाटः विद्वान अधिवक्ता श्री कमलनारायण दास विपक्षी तर्फबाटः अवलम्वित नजिर : फैसला न्या.केदारनाथ आचार्यः सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३.१(ख) बमोजिम पूर्ण इजलासको लगतमा दर्ता भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा एवं ठहर यस प्रकार छ । २. प्रतिवादी मध्येका सितारामले म उपर मिति २०४५।२।९ का दिन दे.नं. १६६५ को लेनदेन मुद्दा दायर गरी इतलायनामा मिति २०४५।३।५ गते तामेल र २०४५।५।२९ गते एकतर्फ फैसला गराई मेरो नाउंको कि.नं. १२९,२१५ को जग्गाबाट भरी पाउने दरखास्त दिई विगो दाखिल गर्ने ३५ दिने सूचना गायव पारी जग्गामा आम सिसौ, कटहर, अम्वा, वगैंचा रहेकोमा केही छैन भनी म गाउं घरमा फेला नपरेको प्रति कट्टा रु.१०००। पर्ने भन्ने जनाई मिति २०४५।८।२९ को जायजात पंचकृत मुचुल्का खडा गरी २०४५।१०।२० गते सितारामले लिलामी सकार गरी २०४५।१०।२४ गते नामसारी गराएको समेत कुरा २०४५ सालमा मालपोत तिर्न जांदा थाहा भएकोले मिति २०४५।७।१६ मा तामेल भएको म्याद सर्लाही जिल्ला अदालतको श्रेस्तेदार प्र. नारायणवहादुर फांटवाला वि.प्र. केशव खनाल, ता.प्र. चुल्हाई राय, मोहनवहादुर तथा सिताराम समेतको मिलेमतोबाट गायव गरिएको कुरा मैले नक्कल पाउन चढाएको निवेदन पत्रमा २०४६।५।१३ मा ३५ दिने तामेली मिसिलमा नभएकोले निवेदन पत्रको नक्कल दिनु भन्ने आदेश गरी नक्कल दिएकोबाट जालसाजी गरेको प्रमाणित भएको छ । ३५ दिने लिलामी सूचना २०४५।८।२९ मा जायजात गर्दा पनि जालसाजीक