निर्णय नं. ३६२२ - .
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३६२२ - . भाग: ३० साल: २०४५ महिना: माघ अंक: १० फैसला मिति :२०४५/०८/२९ २३६७ निर्णय नं. ३६२२ ने.का.प. २०४५ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४४ सालको फौ.पु.नं. ४३७ सम्वत् २०४४ सालको साधक नं. १०३ फैसला भएको मिति : २०४५।८।२९।४ मा पुनरावेदक/प्रतिवादी : कारागार शाखा डडेल्धुरामा कैदी रहेका नरबहादुर महत क्षेत्री विरुद्ध विपक्षी/वादी : प्रतापसिंह ऐरको जाहेरीले श्री ५ को सरकार वादी : प्रतापसिंह ऐरको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रतिवादी : कारागार शाखा डडेल्धुरामा बन्दीरहेका नरबहादुर महत क्षेत्री (१) छोरी खोस्न जाँदा मृतकले नदिएकोले छोरी खोस्दा सासूको कपाल समाती धकेल्दा भीर छेउमा परी भीरबाट लडी खसी खोलामा परेको कारणले मृत्यु भएको भन्ने देखिएकोले ज्यानसम्बन्धीको १३(३) बमोजिम सजायँ गर्दा चर्को पर्ने देखिँदा अ.बं.१८८ नं.बमोजिम निज प्रतिवादीलाई १० (दश) वर्ष कैद हुने । (प्रकरण नं. २२) फैसला न्या.महेशरामभक्त माथेमा : सुदूरपश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन परी तथा साधक जाहेर भई दर्ता हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छ । २. मेरो सहोदर फुपू वर्ष ४० की मैनादेवी आफ्नो घर नबसी माइती मै बस्ने गरेकी र हामीहरुको धनगढी मालाखेतीमा पनि जग्गा जमीन भएकोले हिउँद मदेश र वर्षा पहाड बस्ने गरेका थियौं । मदेशबाट जग्गा जमीन र गाई गोरु बेचेको नगद रु.९,०००।– लिई पहाडतर्फ आउँदा बाटामा निज फुपूकी छोरी बासुको घर पर्ने भई वासुको घर गएकी र फर्कंदा बासुकी छोरो वर्ष ४ की ल्याउन लाग्दा नरुवा महत, सेरुवा महत, टिका समेत ३ जनाले फुपूसित भएको उक्त ९,०००।– र लगाएको गहना बुलाकी १, वाला जोडा १ समेत लुटी फुपूको कर्तव्य गरी ज्यान मारेकोले कानूनी कारवाही गरी पाउँ भन्ने समेत प्रताप सिंह ऐरको ०४२।४।८ को जाहेरी दिएको जाहेरी मैले नै हो, अगाडि फुपू मैना र निजकै ज्वाई नरुवा महतको झैझगडा भई राख्ने भएकोले सोही रीसबाट मारेकोमा मैले शंका देखाएको हुँ, निज नरुवा बाहेक अरुको सहमति छैन भन्ने समेत जाहेरवालाले ०४२।५।२ मा गरी दिएको सनाखत कागज । ३. जङ्गल भएको खोलामा ३ वटा ढुङ्गा खप्टिएको प्वालभित्र रुखका पात र माटोले छोपिएको घोप्टो पारिएको मृतक मैनाको लाश सडी गली अन्यत्र लैजान नसक्ने अवस्थामा फेला परेको र सो लाशको टाउको नलीहाड (घुडामुनिको भाग) लैजान सकिने अवस्थामा भएको भन्ने मिति ०४२।५।३ को लाश प्रकृति मुचुल्का । ४. प्रहरी हिरासतमा रहेका नरबहादुर महताले बताएको ठाउँ धनगडी डडेलधुरा राजमार्गको पैया टुडाको टुप्पा राजमार्गको पूर्वतर्फ किनार भई माटोले छोपी राखेको २ वटा चाँदीका बाला बरामद भएको ठीक साँचो हो भन्ने ०४३।५।३ को बरामदी मुचुल्का र ऐ.मितिमा घटनास्थलमा मिलेका कपडाहरु र लाशको सनाखत भएको कागत । ५. मृतक मैनादेवीकी छोरी वासुसित मैले ०३८ सालमा विवाह गरेको र विवाह हुँदाको अवस्थामा लगाएका गहना पछि निकालेकोले छोरीको गहना बनाई देउ भनी सँधै झैझगडा गरिरहने भएकोले सारै दुःखी थिएँ । २०४२।३।१० गतेका दिन पनि सासू मेरो घरमा गएकीले गहना सम्बन्धमा झगडा भएको थियो । मिति ०४२।३।१० गतेका दिन म खेतबाट काम गरी घर फर्केर आउँदा श्रीमती वासुले आमाले ल्याएको खिरखान दिएकीले आमा आएको थाहा पाएको हुँ, सासूसित सधैं गहना सम्बन्धमा झगडा परिराख्ने हुँदा कसरी छुटकारा पाउँला भनी सोची राखेको थिएँ । सासूसित सधैंको झै झगडाले गर्दा ढोगभेट बोलचाल पनि थिए