निर्णय नं. ६७३२ - वाली मोही निष्काशन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६७३२ - वाली मोही निष्काशन भाग: ४१ साल: २०५६ महिना: असोज अंक: ६ फैसला मिति :२०५५/१०/०७ २५६७ निर्णय नं. ६७३२ ने.का.प. २०५६ अङ्क ६ पूर्ण इजलास माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्‍याल माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा माननीय न्यायाधीश श्री दिलीप कुमार पौडेल सम्वत् २०५५ सालको दे.पु.ई.नं.. १४१ फैसला मितिः २०५५।१०।७।५ मुद्दाः वाली मोही निष्काशन । पुनरावेदक प्रतिवादीः जि.सप्तरी गा.वि.स. जण्डोल वडा नं. २ वस्ने ननिलाल चौधरी थारु स्वर्गीय हुंदा निजको मु.स. गर्ने ऐ. की पत्नी दयावती देवी थरुनी । विरुद्ध प्रत्यर्थी वादीः जि. सप्तरी गा.वि.स. जण्डोल वार्ड नं. ३ बस्ने तुराई चौधरी थारु । § प्रस्तुत मुद्दामा आंशिक रुपमा अर्थात वाली दिलाई दिने मोहियानी हकबाट निष्काशन नहुने भन्ने शुरु निर्णयको अंश कानून वमोजिम नै भएको छ भन्ने कुरा पुर्नपुष्टि गर्ने सम्मको मौका दिनु र शुरु फैसला उल्टी गर्दा अर्को पक्षलाई झिकाई निजको मौखिक कुरा समेत सुनी निर्णय गर्नु पर्ने वाध्यात्मक व्यवस्थाबाट प्राकृतिक न्यायको सिद्धान्तको पालना हुने र न्याय सम्पादनमा समेत सहयोग पुग्न जाने हुन्छ । अतः शुरु फैसलामा तात्विक भिन्नता हुने गरी निर्णय गर्नु अघि झगडिया झिकाएर मात्र निर्णय गर्नु पर्ने कुरा न्यायिक औचित्यको कुरा पनि हुने । (प्र.नं. १५) पुनरावेदक प्रतिवादी तर्फबाटः प्रत्यर्थी वादी तर्फबाटः अवलम्वित नजिरः फैसला न्या.लक्ष्मणप्रसाद अर्‍यालः पुनरावेदन अदालत राजविराजको मिति २०५१।४।२५ को फैसला उपर यस अदालतमा परेको पुनरावेदनमा संयुक्त इजलासका माननीय न्यायाधीशहरु वीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः २. मेरा नाउंमा दर्ता रहेको जिल्ला सप्तरी गा.वि.स. जंडोल वार्ड नं. २ कि.नं. १२ को ०-१०-१० जग्गाको विपक्षी प्रतिवादी मोही भै आवाद गरी आएकोमा २०४९ सालको कुत म्यादमा मलाई नवुझाएको र सम्बन्धित कार्यालयमा धरौटी समेत नराखेको हुंदा निजलाई मोहियानीबाट निष्कासन गरी २०४९ सालको कुतवाली वापत रु.१५७५। दिलाई पाउं भन्ने समेत व्यहोराको वादी दावी । ३. प्रतिवादीले मिति २०५०।३।२० मा तामेल भएको समाव्हानको शुरु म्याद नै गुजारी बसेको । ४. मोहियानी हक यथावत कायम राखी २०४९ सालको कुत वापत रु.१५७५। प्रतिवादीबाट वादीले भरी पाउने ठहर्छ भन्ने समेत व्यहोराको भुमि सुधार कार्यालय सप्तरीको मिति २०५०।८।२५ को फैसला । ५. भुमि सुधार कार्यालय, सप्तरीको उक्त फैसलामा चित्त बुझेन, कुत नबुझाउने मोहीलाई निष्कासन गर्नु पर्ने प्रष्ट कानूनी व्यवस्था भएकोमा मोही निष्कासन नगरी भएको फैसला बदर गरी उल्लेखित जग्गाबाट मोही निष्कासन गरी पाउं भन्ने समेत व्यहोराको वादीको पुनरावेदन । ६. जग्गामा दैवीपरी उव्जाउ हुन नसकेकोमा बाहेक जग्गाको कुत दिएन भनी जग्गाधनीको उजुरी परेमा सम्बन्धित अधिकारीले त्यस्तो मोहीलाई निष्कासन गर्न सक्ने छ भन्ने भुमि सम्बन्धी ऐन, २०२१ को दफा २९(१) मा व्यवस्था भएको, तर प्रस्तुत मुद्दामा प्रतिवादीले शुरु म्यादै गुजारी बसेको देखिंदा भुमि सम्बन्धी ऐन, २०२१ को दफा २९(१) अनुसार मोही निष्कासन भएपछि ऐ.ऐनको दफा २९(३) अनुसार विवादित जग्गाको वाली भराउन सक्नेमा शुरुमा भुमि सुधार कार्यालय सप्तरीले कुत भराई मोही निष्कासन नगर्ने गरी गरेको मिति २०५०।८।२५ को फैसला केही उल्टी भै वादी दावीको जग्गाबाट प्रतिवादीको मोही हक निष्कासन हुने ठहर्छ भन्