निर्णय नं. ६७३३ - खिचोला हक कायम

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६७३३ - खिचोला हक कायम भाग: ४१ साल: २०५६ महिना: असोज अंक: ६ फैसला मिति :२०५५/११/२१ २४२९ निर्णय नं. ६७३३ ने.का.प. २०५६ अङ्क ६ पूर्ण इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य माननीय न्यायाधीश श्री केदारनाथ आचार्य संवत २०५४ सालको दे.पु.इ.नं. ..... १२१ फैसला मितिः २०५५।११।२१।६ मुद्दाः खिचोला हक कायम पुनरावेदक प्रतिवादी : ल.पु.जि. ल.पु.न.पा. वडा नं. १६ तापाहिटी अकिवहाल वस्ने नवराज श्रेष्ठको छोरा वर्ष ७३ को गोपाल श्रेष्ठको मु.स. गर्ने ऐ.ऐ. वस्ने कृष्णप्यारी श्रेष्ठ समेत विरुद्ध प्रत्यर्थी वादी : ल.पु.न.पा. वडा नं. ११ त्यौड टोल वस्ने शकुन्तला जोशी § मर्नेको लोग्ने, स्वास्नी, छोरा वा छोराका छोरा भएसम्म छोरीले अपुताली पाउंदैन । त्यस्ता कोही नभए छोरीले अपुताली पाउंदछ । छोरी नभए मात्र संग वसेका हकवाला भए त्यस्ता हकवालाले र त्यस्ता हकवाला नभए अरु हकवालाले अपुताली पाउंछ भन्ने व्यवस्था अपुतालीको २ नं. ले गरेको पाइन्छ । उल्लेख भए वमोजिम मृतक वुद्धिलाल र कृष्णलालको स्वास्नी छोरा वा छोराका छोरा रहे भएको देखिन आएन । विवादको विषय अपुतालीबाट कस्लाई हक सर्ने भन्ने नै रहेको देखिन आएकोले र उल्लेखित कानूनी व्यवस्थाबाट मर्नेको छोरा वा छोराको छोरा नभएमा छोरीमा अपुताली सर्न जाने भएबाट वादी दावी वमोजिम वादीको नाउंमा हक कायम समेत हुने ठहराएको शुरु सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला मिलेकै देखिंदा मनासिव ठहर्ने । (प्र.नं. १५) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री मधुप्रसाद शर्मा प्रत्यर्थी वादी तर्फबाटः विद्वान अधिवक्ता श्री केदारचरण राय अवलम्वित नजिर : फैसला न्या.केदारनाथ उपाध्यायः पुनरावेदन अदालत पाटनको मिति २०५०।३।१ को फैसला उपर परेको निवेदनमा मुद्दा दोहराउने निस्सा प्रदान भै पेश हुन आएको प्रस्तुत मुद्दाको व्यहोरा एवं ठहर यस प्रकार छ । २. मेरा वावु वुद्धिलाल श्रेष्ठका नाउंमा नापीमा महादेव स्थान वार्ड नं. ९(क) कि.नं. ४२ को रोपनी १-४-२ भै नापी भएकोमा पिता २००७ सालमा र मेरी आमा राजकुमारी २००५ सालमा दाजु कृष्ण २००२ मा परलोक भै भाउजु हरिप्यारी पनि २०२८ सालमा पोइल गै सकेको र कुनै सन्तान नभएबाट पिताजी लगायतको टहल चाकरी म छोरीले गरी आएकी छु । भाउजु २०२८ सालमा पोइल गएपछि सम्पूर्ण सम्पत्ति मैले नै भोगचलन गरी आएकी छु । सो जग्गा रैकर परिणत गरी ज.ध.प्र.पुर्जा पाउं भनी म सकुन्तलाको २०३९।६।२६ मा निवेदन परेकोमा का.जि. महादेवस्थान वार्ड नं. १० साविक ९(क) कि.नं. ४२ का जग्गा हरिप्यारीको हकवाला हामी चन्द्र वहादुर श्रेष्ठ, गोविन्द वहादुर श्रेष्ठ र गोपाल वहादुर श्रेष्ठ समेत जवान ३ को निवेदन परेको र एउटै जग्गामा दोहरा दावी परेकोले हक कायम गरी आउनु भनी मालपोत कार्यालय काठमाण्डौको २०४३।३।१५ को टिप्पणी आदेश र पिता वुद्धिलाल श्रेष्ठले २००७।१०।१९ मा दिनु भएको शे.व. वाट पनि म छोरी शकुन्तला र सुमित्रा देवी र देवकीले मात्र टहल चाकरी गरेको प्रष्ट देखिन्छ । सुमित्रा र देवकीले पनि जग्गा लगायत म सकुन्तलालाई वक्सपत्र दिएको प्रमाण छ, विपक्षीहरुले लिखत खिचोला गर्न आएकोले खिचोला मेटाई हक कायम गरी पाउं भन्ने समेत व्यहोराको फिराद पत्र । ३. साविक ८५८।७३४ को जग्गा जेठा वावु वुद्धीलालको नाउंमा दर्ता रहेको र छोरा श्रीमती पहिले नै परलोक भएको र भाउजु हरिप्यारी २०२८ सालमा पोइल गएको वुद्धीलाल परलोक नहुंदा सम्म वावु नवराजले हेरविचार गरी विवादित जग्गा समेत