निर्णय नं. ३६२३ - गर्भपतन ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३६२३ - गर्भपतन ज्यान भाग: ३० साल: २०४५ महिना: माघ अंक: १० फैसला मिति :२०४५/०९/१५ २७६३ निर्णय नं. ३६२३ ने.का.प. २०४५ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४५ सालको फौ.पु.नं. ६६० फैसला भएको मिति : २०४५।९।१५।५ मा पुनरावेदक/वादी : प्र.ज.पद्मबहादुर चन्दको जाहेरीको श्री ५ को सरकार विरुद्ध प्रत्यर्थी/प्रतिवादी : दिपायल न.पं.वार्ड नं. ६ लेक ठाटवा बस्ने नारुदेवी भण्डारी मुद्दा : गर्भपतन ज्यान (१) यही कारणबाट मरेको हो भनी डाक्टरको प्रतिवेदनमा किटान गर्नसकेको नदेखिएको, आरोपित कसूर गरेको कुरा कतैबाट प्रमाणित हुन नआएको स्थितिमा बालकलाई मारेको होला भनी अनुमान गर्न नमिल्ने । (प्रकरण नं. १६) पुनरावेदक/वादीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री खगेन्द्र बस्नेत फैसला न्या.प्रचण्डराज अनिल : सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन दर्ता भई आएको प्रस्तुत मुद्दाको विवरण यसप्रकार रहेछ । २. डोटी दि.न.पं.वा. नं. ६ बस्ने पदमे भण्डारीले आफ्नो भाउजु नारुदेवी भण्डारीलाई करणी गरेको कारणबाट रहन गएको ९ महिनाको गर्भ २०४३।११।२५ गते पतन गराएकोले कानून बमोजिम कारवाही गरिपाउँ भन्ने समेतको प्र.ज.पदमबहादुर चन्दको ०४३।११।२९ को जाहेरी । ३. गहुँवारीमा बालकलाई गाडेको खाल्टो खनी हेर्दा बालकको लाश दक्षिण सिरान उत्तर गोडा भएको, नाल र साल मृतक बालकसंगै रहेको, नाक मुख बन्द, आँखा चिम्लेको कपालको रौं बाक्लो र कालो भएको मृतक बालक मास पुगेको भन्ने समेतको २०४३।११।२९ को लाश प्रकृति मुचुल्का । ४. २०४३।३।१ गते राती मेरो देवर पदमे भण्डारीले मलाई करणी गरेको कारणबाट गर्भ रहन गएको हो । गर्भ तुहाउने कुनै औषधि खाएको छैन । ०४३।११।२५ गते बच्चा जन्मी २ पटक च्याँ च्याँ गरी कराएको सुनें । साल आउने बेलामा बेहोस भएँ । त्यसपछि हेर्दा बच्चा छोरी मरी सकेको रहेछ । त्यसबेला निकै राती भएको हुँदा कसैलाई नभनी लाज बचाउन बच्चाको लाश गाडेको हुँ । यो सवै काम मैले नै गरेकी हुँ भन्ने समेतको नारुदेवी भण्डारीको अधिकारप्राप्त अधिकारी समक्ष भएको बयान । ५. आफ्नो देवर पदमे भण्डारीको गर्भ बोकी नारुदेवीले गर्भपतन गराएको भन्ने सुनेको हुँ । निज नारुदेवीले के कस्तो कारणबाट गर्भपतन गराएको हो मलाई थाहा छैन निजले नै सो काम गरेको शंका विश्वास लाग्छ भन्ने समेतको नरबहादुर भण्डारी समेतका मानिसहरु भएको सरजमीन मुचुल्का । ६. नारुदेवीले मास पुगी सकेको जिउँदै बालक जन्माई कर्तव्य गरी ज्या.सं.को १ नं.को विपरीत कसूर गरेकोले निजलाई ज्या.सं.को १३(३) नं.अनुसार सजायँ गरिपाउँ भन्ने समेतको मिति २०४३।११।९ को प्रहरी प्रतिवेदन । ७. मेरो देवरनाता पर्ने पदमे भण्डारीले मेरो बेमञ्जूरी हुँदाहुँदै २०४३।३।१ गते मलाई करणी गरी गर्भ रहन गएको २०४३।११।२५ मा बालक जन्मदा मरेको वा जीवित रहेको मलाई थाहा छैन । होस आएपछि बालकको सास बन्द भई मरेको देखेपछि खाल्टो खनी गाडेको हुँ । प्रहरीमा गरेको कागज राजीखुसीबाट गरेको हुँ । मैले बालकलाई मारेको होइन भन्ने समेतको प्र.नारुदेवी भण्डारीले अदालत समक्ष गरेको बयान । ८. मृतक बालक जन्मिदा लामो अवधिसम्म जन्मन नसकी अवथा अन्य कुनै दवाबबाट घाँटीमा दवाव पर्न गई श्वास बन्द भई बच्चाको मृत्यु हुन गएको भन्ने समेतको मिति ०४४।१।२२ को डोटी जिल्ला अदालतको पत्र । ९. आफ्नो भएको व्यहोरा सरजमीनमा लेखाएको छु । नारुदेवीले गर्भपन गराए, नगराएको मलाई केही थाहा छैन । बालकको मृत्यु कसरी