निर्णय नं. ८९६७ - प्रतिषेध, उत्प्रेषणयुक्त परमादेशसमेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८९६७ - प्रतिषेध, उत्प्रेषणयुक्त परमादेशसमेत भाग: ५५ साल: २०७० महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६९/०६/२३ ३२९४ ने.का.प. २०७०, अङ्क २ निर्णय नं.८९६७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सुशीला कार्की माननीय न्यायाधीश श्री प्रकाश वस्ती संवत् २०६४ सालको रिट नं. ०६३–WO–१०७९ आदेश मितिः २०६९।६।२३।३ बिषयः– प्रतिषेध, उत्प्रेषणयुक्त परमादेशसमेत । रिट निवेदकः काठमाडौँ जिल्ला, महानगरपालिका वडा नं.३ बस्ने निशा पुरीको संरक्षक भै आफ्नो हकमा समेत ऐ.ऐ. बस्ने मनिष पुरी समेत विरुद्ध विपक्षीः पुनरावेदन अदालत, पाटन ललितपुर समेत § सक्षम निकायबाट अन्तिम भएको फैसलालाइ विधिवत् चुनौती नदिएको अवस्थामा सो फैसला अन्तिम रहेसम्म सोमा उल्लिखित ठहरलाई अन्यथा गर्न नसकिने । (प्रकरण नं.४) § विभिन्न बैंकमा रहेको नगद विभिन्न व्यक्तिहरूको चेकको हस्ताक्षर कीर्ते गरी निकाली ठगी गरेको समेत ठहरेको अवस्थामा त्यस्तो सम्पत्तिमा अंश हक छ भनी अदालतले निर्णय गर्न नमिल्ने । § दसीको रूपमा अदालतमा पेश भएको र दसी ठहरी अन्तिम भएर बसेको भई अदालतका तह–तहका फैसलाबाट जफत हुने ठहर्याएको सम्पत्तिबाट अंशहक छुट्याई पाऊँ भन्ने मागदावी स्वाभाविक र कानूनसम्मत् नदेखिने । § अंशहक पैतृक सम्पत्तिमा मात्र अन्तरभूत रहने कुरा हो । अपराधको प्रतिफलस्वरूप प्राप्त भएको सम्पत्तिमा मूल अंशियार कै हक नहुने अवस्थामा निजका अंशियारको हक हुन्छ भनी मान्न नसकिने । (प्रकरण नं.६) § ठगी गरेको रकमबाट खरीद गरेको घर जग्गामा अंशहक माग गर्नु स्वयम्मा नै अवैधानिक हुन्छ । अवैध कुराबाट वैध हक सिर्जना हुन नसक्ने । (प्रकरण नं.७) निवेदकहरूको तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता विश्वकान्त मैनाली, विद्वान अधिवक्ताहरू बच्चुसिँह खड्का, तुल्सी सिँखडा, सोमकान्त मैनाली तथा विद्वान वैतनिक अधिवक्ता रामहरि त्रिपाठी विपक्षी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता सरोज गौतम एवं विद्वान अधिवक्ता दीपक श्रेष्ठ र सुधीरमान श्रेष्ठ अवलम्बित नजीरः सम्बद्ध कानूनः § मुलुकी ऐन, दण्ड सजायको ४२ नं. § ठगीको ४ र ५ नं. आदेश न्या.प्रकाश वस्तीः नेपालको अन्तरिम संविधान २०६३ को धारा ३२, १०७(२) बमोजिम पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :– निवेदकका आमा तथा बुहारी बिमला पुरीका नाममा २०५६।९।७ मा खरीद गरिएको हाम्रो समेत अंश हक लाग्ने काठमाडौँ जिल्ला काठमाडौं महानगरपालिका वडा नं.३३ (व) कि.नं.५९३ को क्षेत्रफल ०–५–१–०, ऐ.ऐ.को कि.नं.५९४ को क्षेत्रफल ०–०–२–२, ऐ.ऐ. कि.नं.५६७ को क्षेत्रफल ०–४–० जग्गा र सो जग्गामा बनेको हाम्रो बसोबासको घर जग्गा इण्डोस्वेज बैँकको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी मधुसुधन पुरीसमेत भएको ठगी मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट प्रतिवादीहरूबाट बरामद हुन आएका नगद, जिन्सी, प्राडो जीप, रूपैयाँ ठगी गरेको रूपैयाँबाट खरीद गरेको घरजग्गा नेपाल इण्डोस्वेज बैँकलाई दिलाई नपुग हुन आउने ३२,३५,०००।– प्रतिवादीहरूबाट बैँकले दिलाई भराई पाउने ठहर्छ भनी भएको २०६१।२।७ को शुरु फैसला र सो फैसला सदर गर्ने गरी पुनरावेदन अदालत, पाटनबाट मिति २०६३।५।१ मा भएको फैसलामुताविक विगो दिलाई पाऊँ भन्ने विपक्षी बैँकको २०६३।९।१७ को निवेदनअनुसार उक्त घर जग्गा विपक्षी इन्भेष्टमेण्ट बैँकको नाममा नामसारी दाखिल खारेज गरी दिने गरी काठमाडौँ जिल्ला अदालत तहसील शाखाबाट भएको २०६३।१०।३ को निर्णय पर्चाको आधारमा विपक्षी मालपोत कार्यालय, काठमाडौँबाट मिति २०६४।१।१७ को न