निर्णय नं. ३६२४ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३६२४ - कर्तव्य ज्यान भाग: ३० साल: २०४५ महिना: माघ अंक: १० फैसला मिति :२०४५/१०/०५ २३३० निर्णय नं. ३६२४ ने.का.प. २०४५ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४४ सालको फौ.पु.नं. ४२० फैसला भएको मिति : २०४५।१०।५।४ मा पुनरावेदक/वादी : गणेशप्रसाद राना मगरको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : जि.झापा लखनपुर गा.पं.वार्ड नं. ६ बस्ने उदयप्रसाद बास्तोलासमेत मुद्दा : कर्तव्य ज्यान (१) अदालतमा आई बयान गर्दा अन्तै रहेको भनी देखाई इन्कारीमा रहेको कुरा निजको साक्षीहरुबाट पुष्टि भइरहेको छँदै दावी बमोजिम अभियुक्तहरुले अपराध गरेको भन्न कानूनसंगत नदेखिने । (प्रकरण नं. १६) पुनरावेदक/वादीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी. विपक्षी, प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल फैसला न्या.हिरण्येश्वरमान प्रधान : पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन परी दर्ता हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छ : २. मिति २०३८।६।२३ गतेका दिन अं.२ बजेको समयमा आफ्नो खेतमा मेरो फुपू दिलमाया मगर्नी घाँस काट्न भनी जाँदा जि.झापा लखनपुर गा.पं.वार्ड नं. ६ बस्ने वर्ष ५० का जनकप्रसाद बास्तोला १, ऐन बस्ने वर्ष ५२ को उदयप्रसाद बास्तोला १, ऐ.बस्ने टिकाप्रसाद बास्तोला १, ऐ.बस्ने वर्ष ४० को नाम नजानेको पोख्रेल १, ऐ.बस्ने शिवनाथ अधिकारीकी स्वास्नी वर्ष ३० की, निज जनकप्रसादकी श्रीमती, निजैको छोरा भगवती १, मिठु १, दुर्गी १ समेत ९ जनाले मेरो फुपू दिलमाया मगर्नीलाई लाठी खुकुरीले अचानक हमला गरी कुटपिट गरेकाले चित्त नबुझी दमक प्र.थानामा दर्खास्त गरी त्यस फाराम समेत यसै प्र.थानामा छ, निज फुपू दलिमाया कुटपिटको असरबाट थला परी सोही दिन देखि विस्तराबाट नउठी मिति २०३८।७।२२ गते विहान ६ बजे मृत्यु भएकोले निज फुपुको लास सुरक्षित राख्न लगाई जाहेर गर्न आएको छु, उक्त लास जाँच जे जो गर्नु पर्ने कानून बमोजिम परी सजायँ समेत गरी पाउँ भन्ने जाहेरी दर्खास्त । ३. उदयप्रसाद बास्तोलाले मृतक दिलमायालाई हात छोडेनन्, अरुले पनि लछार पछार पारी लात्ती मुडकीले कुटे, त्यसपछि वरपरका मानिसहरु भेला भई छुट्टाए । चोटले मरणान्त अवस्थामा भएकोले मेरो श्रीमानले घर ल्याउनु भयो र पानी पिलाएपछि होस फिर्यो त्यसपछि दमक थानामा लगी डाक्टरलाई जचाँई भोलिपल्ट घरमा ल्याई राख्यौं, मेरा दाज्यू भाइ कोही नभएकोले आमा दिलमाया मात्र हुँदा हामी आमाकै घरमा बसेका थियौं र त्यस कारण हामीले आमालाई डाक्टरकहाँ लगी जँचाई घरमा ल्याएदेखि हिंडडुल गर्न सक्नु भएन खोक्दा मुखबाट रगत आउँदथ्यो, त्यस्तैमा सोही पिरबाट करिव १ महिना पछि अर्थात २०३८।७।२२ गते चम्पामाया मगर्नी १ र प्रतिवादीले वादीलाई हुल भई सासूलाई कुटपिट गरी भागेको कुरा मेरो श्रीमती चम्पामायाले बताए, विपक्षीहरु हालसम्म पनि भागी राखेका छन् भन्ने मर्ने दिलमायाको ज्वाँई बलराम खपाङ्गी मगर १, मर्ने दिलमायालाई घाँस काट्ने निउमा बाझाबाझ परी लुछालुछ भएछ, जनकप्रसाद बास्तोला १, निजकी श्रीमती १, निजको जुवाँई तिर्थराज पोख्रेल १, जनककै भतिजी नाउँ नजानेकी १, छोरी भगवती, मिठु, दुर्गा समेत भई दिलमायालाई कुटपिट गर्न थाले, छुट्याउँन जाँदा मलाई पनि जनकप्रसादले कुट्न खोजे, त्यसपछि दिलमाया सिरियस भई खेतमा लडेपछि कुटपिट गर्ने विपक्षीहरु छाडी भागे, त्यसपछि बलरामले बोकी घरमा ल्याई सोही पीरबाट ०३८।७।२२ गते द