निर्णय नं. ३६२५ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३६२५ - अंश भाग: ३० साल: २०४५ महिना: माघ अंक: १० फैसला मिति :२०४५/०९/१९ २६३५ निर्णय नं. ३६२५ ने.का.प. २०४५ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४४ सालको दे.पु.नं. ७०८ फैसला भएको मिति : २०४५।९।१९।२ मा पुनरावेदक/प्रतिवादी : रौटहत, पर्रौहा राजपुर फरहडवा गा.पं.वार्ड नं.३ बस्ने जानकी कनूइनसमेत विरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने हिरासाह कनू मुद्दा : अंश (१) लिखतहरु मध्ये वादीले बिक्री गरेको जग्गा कसैको हक नलाग्ने आफ्नो एकलौटी हकको जग्गा भनी देखाई बिक्री गरेको, सो लिखतमा आफूले सगोलमा रहेका भनी दावी लिएका कुनै अंशियारलाई साक्षी नराखेकोबाट वादीको आफ्नै छुट्टै व्यवहार देखिने । (प्रकरण नं. १३) (२) स्वतन्त्र रुपबाट आफ्ना–आफ्ना बिक्री व्यवहार चलाई आएकोमा अंशबण्डाको ३० नं. मा भएको व्यवस्था बमोजिम वादी र प्रतिवादीहरुको बीच अंशबण्डा भई नसकेको भन्न नसकिने । (प्रकरण नं. १३) पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री दमन ढुंगाना फैसला न्या.हिरण्येश्वरमान प्रधान : मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णयउपर पुनरावेदनको अनुमति पाई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ । २. मूल पूर्खा दशैं साह कानूको ४ छोरा, भजन साह कानू, शिउ साह कानू, रामविरीछ साह कानू र भागिरथ साह कानू । भजन साहको ३ छोरा जेठा, माइला, कान्छा क्रमशः मेम्हा साह, जोतिक साह, रामधारी, रामधारी निसन्तान भई लोग्ने स्वास्नी परलोक भएका । सिउ साहको २ छोरा तपेसर साह र विष्णु साहमा विष्णु साह नावालखमै मरीसकेको, तपेसरको ५ छोरा जेठा, लक्षुमन साह नावालखमै अघि नै परलोक भइसकेका, माहिला लालबहादुर कालगतिले परलोक भइसकेको र निजको स्वास्नी प्र.मध्येको रामलक्ष्मीदेवी कनुइन र निजको छोरा नावालख ललनसाह भएको, साइला प्र.रामस्वरुप साह, काइला प्र.रामरुप, कान्छा प्र.विश्वनाथ साह भएको साहिला रामविरीछ साहको ३ छोरा सुखारी, जंगा र हिरा साह भएको, कान्छा भागीरथको म नाती हिरा साह भएको दशै, भजन, सिउ, विरीछ, भगिरथ, रामधारी, तपेसर, विष्णु, सुखाडी, हिरा, लक्षुमन, लालबहादुर स्वर्गवास भइसकेको, भजन र राम विरीछ आफ्नो जीवनकालमै एक ठाउँमा र सिउ तथा भागीरथ साह आफ्ना जीवन कालमै अंश लिई दिई भिन्न बसेको तथा भजन साहको सन्तान र रामविरीछको सन्तान आपसमा अंशबण्डा गरी भिन्दा भिन्दै बसेको बाहेक यी प्र.हरु र म आफ्नो स्वास्नी छोरा समेतको परिवार एक ठाउँ संगोलमा रही बसी आएकोमा म फिरादी हिरा साह भारत आसाममा मजदूरी गरी कमाएको पैसा परिवारको जानिफकार स्व. लालबहादुरलाई नै दिई त्यसबाट जग्गा जमीन आर्जन गरेकोमा केही समयदेखि आसामबाट फर्की आई आफ्नो परिवारमै बस्ने गरेकोमा ठुलो परिवार भई कचकच हुँदा अंशबण्डा गरिदिनुस भनी विपक्षीहरुलाई भन्दा आलटाल गर्दै आई २०४१।७।२० का विहान विपक्षीहरुले मेरो अंश नदिने भनी ठाडो जवाफ दिएकोले अन्यायमा परेको छु । नालेश परेको अघिल्लो मिति मानो छुटेको मिति कायम गरी चल, अचल तायदाती लिई सिउ साह र भागीरथ साह २ दाजु भाइ रहेकोले आएको तायदाती मध्ये २ भाग गरी मेरो बुबा भगिरथ साहको अंशको १ भाग अंश मलाई दिलाई अंशबण्डा छुट्याई पाउँ भन्ने समेतको वादी । ३. फिराद दावी अनुसार वादी तथा हामी साथसगोलमा बसेको होइन, मूल पूर्खा दशै साहको ४ छोराहरुले नै आपसमा आफ्नो–आफ्नो अंश भाग घरसारमा नै बाँडफाँड गरी अलग अलग बसी आएको मूल अंश पाउँ भनी रामवृछको छोरा गंगा साहले दिएको अंश मुद्दा