निर्णय नं. ३६२६ - राजीनामा लिखत कीर्ते

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३६२६ - राजीनामा लिखत कीर्ते भाग: ३० साल: २०४५ महिना: माघ अंक: १० फैसला मिति :२०४५/०८/२७ ४२७१ निर्णय नं. ३६२६ ने.का.प. २०४५ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह ०४४ सालको फौ.पु.नं. ४८७ फैसला भएको मिति : २०४५।८।२७।२ मा पुनरावेदक/प्रतिवादी : मोरङ, वयरवन गा.पं.वा.नं.९ बस्ने विष्णुकुमारी सिवाकोटी विरुद्ध प्रत्यर्थी/वादी : सप्तरी, भारदह गा.पं.वा.नं.६ बस्ने मुनेश्वर राय अमात मुद्दा : राजीनामा लिखत कीर्ते (१) वादीले दिएको फिरादमा लागेको निजको ल्याप्चे शंख जातको नै देखिन आएकोले नभएको जालसाजी मानिस खडा भई फिराद दिएको भनी दावी लिई फिराद दिन सक्नु पर्ने नगरेकोबाट पुनरावेदकतर्फको जिकिरलाई मान्यता दिन नमिल्ने । (प्रकरण नं. ११) (२) लिखत गराई लिनेले लिखत गराई लिने सबै व्यवस्था मिलाई सकेपछि खाली पास गर्न सम्म वारीस गरी पठाउने र वारीस हुनेले पनि आफूलाई दिएको वारीसनामा बमोजिम अड्डामा गई पास गराई ल्याउने सम्म हुँदा वारीसद्वारा पास गराई लिएकोबाट लिखत गराई लिनेले कीर्ते नगरेको भन्न मिल्ने देखिन नआउने । (प्रकरण नं. ११) (३) आफूले वारीस अख्तियारनामा गरी दिएको व्यक्तिले गरेको सबै कारणीले गरे सरह नै मानिने । (प्रकरण नं. ११) पुनरावेदकतर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल प्रत्यर्थीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल फैसला न्या.हिरण्येश्वरमान प्रधान : यस अदालतबाट अनुमति पाई दर्ता हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार रहेछ । २. मेरा नाउँ दर्ताको सट्टा भर्नाबाट पाएको वयरवन गा.पं.वार्ड नं. ९(ऋ) कि.नं.८ को ज.वि.३–१६–०, कि.नं.९ को १६–१९–०, कि.नं.१० को ४–८–०, समेत ज.वि.२५–३–० जग्गा दर्ता मध्ये कि.नं.९ को दक्षिणतर्फबाट २–१०–०, कि.नं.१० को दक्षिणतर्फबाट १–१०–० समेत ४–०–० भरतराज कार्कीलाई, कि.नं.९ बाट ५–०–०, कि.नं.१० बाट १–३–० समेत ६–३–० धरणीधरलाई सो जग्गाको रेखदेख गर्न बिक्री राजीनामा बकसपत्र लिखत रजिष्ट्रेशन गरी दिन समेत अधिकृत वारेशनामा दिई ०३७।४।१२ गते मोरंग जिल्ला अदालतबाट प्रमाणित गरी जग्गाधनी प्रमाण पूर्जा समेत धरणीधरलाई नै दिएको, बाँकी कि.नं.८ को ३–१६–०, कि.नं.९ को उत्तर तर्फबाट ९–९–०, कि.नं.१० उत्तर तर्फबाट १–१५–० समेतको ज.वि.१५–०–० बाँकी राखी भोगचलन गरेको जग्गा मध्ये १–१४–० दुर्गा नारायणलाई, १–१०–० तीलबहादुर भण्डारीलाई, २–६–० प्रेम नारायण भट्टराईलाई, १–१०–० जयकुमार भट्टराईलाई, १–६–१६–० मोहनकुमार सिटौलालाई, १–१४–० देवीभक्त सिटौलालाई, ०–१०–० अम्बरबहादुर पराजुलीलाई, १–०–० दिलबहादुर कटुवाललाई ०३८।२।२१ गते गाइघाट मालपोत कार्यालयबाट पास गरी दिन धनी पूर्जा र रसीद धरणीधरसंग माग्दा हरायो भनी नदिएकोले नक्कल सर्रा पास गराई दिएको थिएँ । जयकुमार भट्टराई म भएमा गई तपाईले हामीलाई पास बिक्री गरेको जग्गा इलाम मालमा विष्णुकुमारीलाई बकसपत्र गरेको रहेछ के कहाँको मानिसलाई ऋणीमा सही गराई पारीत गराएको कीर्ते लेखत मालपोत कार्यालयमा दाखिल गरी मेरा नाउँबाट विष्णुकुमारीको नाउँमा दर्ता गराएकोले कीर्ते कागजको ७।११ नं.बमोजिम सजायँ गरिपाउँ भन्ने फिराद । ३. विपक्षीको २५–३–० जग्गा मध्ये ६–३–० जग्गा मेरो छिमेकी धरणीधरलाई अधिकृत वारेसनामा दिई धरणीधरले महेन्द्र न्यौपानेलाई बकसपत्र दिई बाँकी १९–०–० जग्गा वादीले नै राजीखुशीले इलाम मालबाट ०३८।२।४ मा मलाई बकसपत्र पास गरी दिएको हो । अर्को व्यक्ति मुनेश्वर भ