निर्णय नं. २६०८ - रहजनी डाँका
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २६०८ - रहजनी डाँका भाग: २८ साल: २०४३ महिना: बैशाख अंक: १ फैसला मिति :२०४३/०१/१८ २४०४ निर्णय नं. २६०८ ने.का.प. २०४३ अङ्क १ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४२ सालको फौ.पु.नं. ५५७ फैसला भएको मिति : २०४३।१।१८।५ मा पुनरावेदक/प्रतिवादी : जि.का.बर्दिया कारागार शाखामा थुनामा बसेको उमेश सिंह मुराउ विरुद्ध विपक्षी/वादी : गोविन्दप्रसादको जाहेरीले श्री ५ को सरकार मुद्दा : रहजनी डाँका (१) अभियुक्त प्रहरी र अदालतमा समेत आफूले वारदात गरेकोमा सावित भएको र निजबाट बरामद हुन आएको सामानहरूबाट समेत समर्थित भइसकेकोले निज निर्दोष रहेछ भन्न सकिने अवस्था देखिन नआउने । (प्रकरण नं. १५) फैसला न्या.गजेन्द्रकेशरी बास्तोला : मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादीले यस अदालतमा दिएको निवेदनमा पुनरावेदनको अनुमति प्राप्त गरी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकारको छ : २. ०३९ साल पौष २३ गते विहान ८.३० बजेको समय म भारत विहार मिहिपुरवातर्फ जान लाग्दा पकडिया गाउँको दक्षिणतर्फ भएको पुलनिर पुग्दा नचिनेका ५ जना डाँकाहरूले बन्दूक, फर्सा देखाई मलाई रोकी मेरो बिगो रु.१७०७।५० को नगदी जिन्सी समेतको धनमाल डाँका गरी लिई मलाई जंगल भित्र लगी बाँधी भागी गए त्यसपछि अरु डाँका गरेको मानिसलाई लुटेको भन्ने खबर पाई प्रहरी गई पक्राउ गरी ल्याएको मानिस मलाई डाँका गर्ने मध्येकै उमेश सिंह मुराउ भएकोले निजबाट मेरो डाँका गरी लगेको धनमाल दिलाई भराई समेत गरिपाउँ भन्ने गोविन्दप्रसादको जाहेरी । ३. ०३९।९।२३ गते महेश सिंह मुराउ, रघुवीरसिं सरदार, मोथा सिंह मुराउ, कृष्ण सिंह मुराउ र म समेत ५ जना विहान ६ बजे बोर्डर नजिक जंगलमा बसेको समयमा नेपाल बोर्डरबाट एकजना साइकिल चढी भारततर्फ गइरहेको देखि निजलाई रोकी जंगलमा लगी बाँधी निजले लाएको साइको घडी, साइकिल र भा.रु.२००।– नेपाली नोट रु.५०।– जकेट, टोपी समेतको धनमाल लुटी निजलाई त्यँही छोडी सडकमा गई एउटा टाँगालाई रोकी टाँगामा बसेको आईमाई र लोग्ने मानिस समेतको धनमाल लुटी पिटी गरेका हौं । लुटी सकेपछि हामीहरू बसी रहेको अवस्थामा प्रहरीहरू गई मलाई पक्राउ गरेको हो अरु साथी भागी भए भन्ने समेत प्र.उमेश सिंहले प्रहरीमा गरेको बयान । ४. पक्राउमा परेपछि उमेश सिंह र निजले लेखाएको अरु व्यक्तिहरू भारत र नेपाल भित्र ठाउँ ठाउँमा रहजनी डाँका गर्ने खराब आचरण भएका मानिस भएको विश्वास लाग्दछ निजहरूले जाहेरवाला गोविन्दप्रसाद र टाँगामा बसेका अन्य मानिसहरूलाई लुटपीट गरेको भन्ने सुनेका हौं । डकैतिको साइकिल र अरु सामान तथा बन्दूक सहित उमेश सिंहलाई पक्राउ गरी प्रहरीले ल्याई रहेको अवस्थामा हामीले देखेका हौं भन्ने समेत सरजमीन मुचुल्का । ५. पक्राउमा परेको उमेश सिंह मुराउले मु. ऐन चोरीको ६ नं.बमोजिम कसूर गरेकोले निजलाई सोही ऐनको दफा १४(४) बमोजिम पैले पटक सजायँँ गरी बरामद भएको साइकिल सहित बिगो रु.६६५।– को धनमाल जाहेरवालालाई भराई बरामद हुन नसकेको बिगो रु.६६५।– को धनमाल प्र.हरूबाट जाहेरवालालाई दिलाई भराई पाउँ भन्ने समेत प्रहरी प्रतिवेदन । ६. भोला सिंह १, रघुवीर सिंह १, महेश सिंह १, कृष्ण सिंह १ र म समेत ५ जनाले मुर्तिहा जंगलमा डाँका गर्न जाऔं भनी ०३९।९।२२ गते सल्लाह गरी भोलिपल्ट मुर्तिहा जंगलमा आई ढुकी बसेको अवस्थामा विहान ९ बजे गोविन्दप्रसाद रेग्मी भन्ने नाम लेखिएको व्यक्त