निर्णय नं. २६०९ - भ्रष्टाचार
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २६०९ - भ्रष्टाचार भाग: २८ साल: २०४३ महिना: बैशाख अंक: १ फैसला मिति :२०४३/०१/२४ २५४४ निर्णय नं. २६०९ ने.का.प. २०४३ अङ्क १ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४१ सालको फौ.पु.नं. ५५५ फैसला भएको मिति : ०४३।१।२४।४ मा पुनरावेदक/प्रतिवादी : सप्तरी वथनाहा गा.पं.वा.नं.५ बस्ने बैद्यनाथ मण्डल धानुक विरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार, जिल्ला कार्यालय, सप्तरीको प्रतिवेदन मुद्दा : भ्रष्टाचार (१) नक्कली प्रमाणपत्र पेश गरी उपसहायक पदमा काम गरी भ्र.नि.ऐन, २०१७ को परिच्छेद २ को दफा १२ बमोजिमको अपराध गरेको ठहराएको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेकै देखिँदा उक्त इन्साफ मनासिब ठहर्ने । (प्रकरण नं. २०) पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त विपक्षी/वादीतर्फबाट : विद्वान का.मु.सहन्यायाधिवक्ता श्री श्यामबहादुर प्रधान फैसला न्या.गजेन्द्रकेशरी बास्तोला : पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन गर्ने अनुमति प्रदान भई पुनरावेदन लगतमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको व्यहोरा संक्षेपमा यसप्रकार रहेछ । २. प्र.वैद्यनाथ मण्डलले गोपाल पाण्डे प्रवेशिकाको सर्टिफिकेट नक्कली पेश गरी सगरमाथा धान चामल निर्यात कम्पनी लिमिटेडमा प्रशासन शाखाको उपसहायक पदमा काम गरेको भन्ने पर्न आएको बेनामी उजूरीको सिलसिलामा वैद्यनाथ मण्डललाई बुझ्दा मैले ०२८ सालको नेपाली शिक्षा परिषद् प्रवेशिका परीक्षाको फाराम हनुमान नगर केन्द्रबाट भरी जाँच दिई द्वितीय श्रेणीमा पास भएको प्रमाणपत्र ०२८ सालमा पाएको र सो प्रमाणपत्र पेश गरेको छु, सो प्रमाणपत्र तत्कालीन किरानी बासुदेव दासले मलाई दिनु भएको हो, मैले उक्त धान चामल नि.कं.लि.मा तलब भत्ता समेत गरी महीनाको रु.४६०।– पाई आएको छु । परीक्षामा सम्मिलित हुन आएको प्रवेशपत्र हाल भेटाउन नसकेकोले पेश गर्न सक्तिन भन्ने समेत व्यहोराको प्र.वैद्यनाथ मण्डलले जिल्ला कार्यालय सप्तरीमा गरेको ठाडो बयान कागज । ३. ०२८ सालको परीक्षामा उत्तिर्ण हुनेहरूलाई त्यसबखतका परीक्षा प्रबन्धक नारायणप्रसाद यादवले प्रमाणपत्र वितरण गरेको हो, मैले दिएको होइन, नारायणप्रसाद बुझी पाउँ । प्रमाणपत्रमा लेखेको निलो मसिको हस्ताक्षर लिपि मेरो होइन, उक्त प्रमाणपत्र भानु माध्यमिक विद्यालय, काठमाडौंबाट आएको हो भन्ने समेत प्र.किरानी बासुदेव दासले जि.का.सप्तरीमा गरेको ठाडो कागज । ४. प्रमाणपत्र ठाउँ ठाउँमा निलो मसीले लेखेको हस्ताक्षर तत्कालीन किरानी बासुदेव दासले लेखेको जस्तो लाग्छ । उक्त प्रमाणपत्रमा लागेको स्टाम्प छाप र स्टाम्प दस्तखत जाली सद्दे के हो भन्न सक्तिन, यो प्रमाणपत्र बैद्यनाथलाई मैले दिएको होइन भन्ने समेत प्र.अ.नारायणप्रसाद यादवले जि.का.सप्तरीमा गरेको ठाडो कागज । ५. वैद्यनाथले पाएको प्रमाणपत्रको सम्बन्धमा किरानी बासुदेव र नारायणप्रसाद यादवले पुष्टि नगरी एक अर्कोलाई लान्छना लगाई आफू उम्कन खोजेको र प्रवेशपत्र पाएको बारे बैद्यनाथले पुष्टि हुने प्रमाणपत्र दाखेल गर्न नसकेबाट योग्यताको प्रमाणपत्र लिने दिनेमा तीनै जना माथि भ्रष्टाचार निवारण ऐन, २०१७ को परिच्छेद २ को दफा १२ अन्तर्गतको अभियोगमा अदालती कारवाही भई सजायँ समेत गरिपाउँ भन्ने समेत जि.का.सप्तरीको ०३५।२।४ को प्रतिवेदन । ६. वैद्यनाथ मण्डलले दाखेल गरेको ०२८ सालको प्रवेशिका परीक्षाको मार्कसिट मैले दिएको होइन भन्ने समेत नारायणप्रसाद यादवले अद