निर्णय नं. ३६२९ - उत्प्रेषण लगायत परमादेश वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३६२९ - उत्प्रेषण लगायत परमादेश वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: ३० साल: २०४५ महिना: माघ अंक: १० फैसला मिति :२०४५/१०/१० २२७४ निर्णय नं. ३६२९ ने.का.प. २०४५ अङ्क १० एक न्यायाधीशको इजलास माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४५ सालको रिट नं. ९८० आदेश भएको मिति : २०४५।१०।१०।२ मा निवेदक : मोरंग, वयरवन गा.पं.वार्ड नं. ८ बस्ने तेजप्रसाद पराजुली विरुद्ध विपक्षी : श्री पूर्वाञ्चल क्षेत्रीय अदालतसमेत विषय : उत्प्रेषण लगायत परमादेश वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ (१) जारी भएको म्यादमा प्रतिवादी नफिराई गुजारी बसेकोबाट आफ्नो हक छाडिदिनु प्र.ले दिएको विवाद उठाएकोबाट हक निखनाई दिने ठहराएको मालपोत कार्यालयको निर्णयलाई जिल्ला कार्यालयबाट सदर गरेको स्थितिको विवादउपर पुनरावेदनको अनुमति प्रदान नगर्ने गरी क्षेत्रीय अदालतबाट आदेश भएकोमा कुनै कानूनी त्रुटि विद्यमान भई निवेदकको संवैधानिक हकमा आघात परेको भनी मान्न मिल्ने अवस्था नदेखिने । (प्रकरण नं. ९) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री उपेन्द्रकेशरी न्यौपाने आदेश न्या.महेशरामभक्त माथेमा : नेपालको संविधान, ०१९ को धारा १६।७१ अन्तर्गत दायर हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यसप्रकार रहेछ । २. म निवेदकले मोरङ जिल्ला केरौनी गा.पं.वडा नं.५(क) को कि.नं.३६ को ज.वि.०–७–१० जग्गा र सोमा बनेको घर मिति २०४१।११।९ मा विपक्षी ढल्लु राजवंशीबाट राजीनामा गरी लिई उक्त जग्गाको मिति २०४१।११।१० मा मालपोत कार्यालय मोरङबाट राजीनामा पास समेत गरिलिएको मेरो हक भोगको जग्गा हो । ३. २०२१ साल भन्दा अगाडि उक्त जग्गा मोही भई कमाउने डोमी थारुले मोहीको आचरण बेगर काम गर्नु भएको हुनाले बाली भराई जग्गाबाट निष्काशन गरिपाउँ भनी तत्काल जग्गाधनी विपक्षी ढल्लु राजवंशीले उजूरी गर्दा मोहीले कुतबाली बापत हुन आउने रकम रु.४,३९०।२५ लिई उपरोक्त जग्गा कमाउन छाडिदिने शर्त राखी मिति २०३४।४।२८ मा मोहियानी हक छाडी मिलापत्र गर्नु भएकोमा हाल विपक्षी दाता ढल्लु राजवंशीले मिलापत्र बमोजिमको लगत कट्टा भई मालपोत कार्यालयको मोठ श्रेस्तामा जनिन बाँकी नै रहेको अवस्थामा नभई निवेदकले उक्त जग्गा खरीद गरी लिएको हुँदा मेरो ज.ध.प्र.पु. तथा अन्य रेकर्डमा निज मोहीको नाउँ उल्लेख थियो । विपक्षी मोहीले कमाउन छाडेपछि विपक्षी ढल्लु राजवंशीले कमाउँदै आउनु भएको र म निवेदकले खरीद गरिलिएको उपरोक्त मितिदेखि नै भोगचलन गरी आएको छु । ४. मिति २०३४।४।२८ को मिलापत्र बमोजिम विवादीत जग्गाको ज.ध.प्र.पूर्जामा विपक्षी मोहीको लगत कट्टा गरी पाउँ भनी निवेदकले मिति २०४५।५।२८ मा मालपोत कार्यालयका नाउँमा जानकारी पत्र लिई जाँदा २०४१।११।१० र.नं. ४८८५ का लेखतबाट २०४२।८।२० का हकसफा निर्णय, २०४२।९।९ को निवेदन माग बमोजिम डोमी थारुको नाउँमा दर्ताको देखिएको र पूर्वाञ्चल क्षेत्रीय अदालतको नि.नं.५१५ को मिसिलमा ढल्लु राजवंशीसंग राजीनामा गरी लिने लिखतको पनि तेजप्रसादले जारी भएको म्यादमा प्रत्यर्थी डोमी थारुको दावीमा इन्कार लिन नसकी हक निखनाई लिन तेजप्रसाद मञ्जूर भएकोले मालपोत कार्यालय समेतबाट भएको निसाफ मनासिब ठहर्छ भन्ने २०४३।९।२५ को पूर्वाञ्चल क्षेत्रीय अदालतको निर्णय समेत देखिएको र त्यहाँबाट लगत कट्टा गरी दिनु भनी लेखिएका ज.ध.का नाउँमा जग्गा नै नभई मोही नै तल जग्गाधनी नै देखिएकोले लगत कट्टा गर्न नमिलेको भन्ने व्यहोराको जानकारी गराइयो । ५. विपक्षी डोमी थारुले मोहियानी बापत मिति २०