निर्णय नं. ३६३० - खिचोला

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३६३० - खिचोला भाग: ३० साल: २०४५ महिना: फागुन अंक: ११ फैसला मिति :२०४५/११/१९ २३४८ निर्णय नं. ३६३० ने.का.प. २०४५ अङ्क ११ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४३ सालको दे.पूर्ण इजलास नम्बर ९९ फैसला भएको मिति : २०४५।११।१९।५ पुनरावेदक,वादी : का.जि.का.न.पं.वा.नं.६ बौद्ध बस्ने गुण्डा लामा विरुद्ध विपक्षी,प्रतिवादी : ऐ.ऐ.बस्ने पुण्यवज्र लामाको मु.स.गर्ने पुण्य लामा निज पुण्यज्वाला पनि मरी मु.स.गर्ने गणेश बज्र चिनिया लामासमेत मुद्दा : खिचोला (१) घरबास भएको मोहियानीको जग्गा खरीद बिक्री हुनसक्ने भएबाट यस्तो मुद्दा जिल्ला अदालतबाट हेर्न पाउने । (प्रकरण नं. १६) (२) वादीले नापीमा समेत लेखाई देखाई गरी विवादको जग्गामा वादी मोही जनी नापी भएको जग्गामा गाउँ पञ्चायतबाट समेत स्वीकृति प्राप्त गरी घर बनाई बसोबास गरी आएको समेत देखिन आएको हुँदा विवादीत घर जग्गा वादीको हक भोगको रहेछ भन्ने देखिने । (प्रकरण नं. १६) पुनरावेदक/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली र विद्वान अधिवक्ता श्री शंभु थापा विपक्षी, प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ताहरु श्री मुकुन्द रेग्मी र कृष्णप्रसाद पन्त फैसला प्र.न्या.धनेन्द्रबहादुर सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी वादीको पुनरावेदन परी निर्णयार्थ पेश हुँदा सर्वोच्च अदालत डिभिजन बेञ्चका माननीय न्यायाधीशहरु बीच मतैक्य हुन नसकी यस इजलास समक्ष पेश हुनआएको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ : २. जग्गा धनी बौद्ध भगवान गुठी र मोही म वादी भएको साविक बौद्ध गा.पं.वडा नं.२ को हाल का.न.पं.वडा नं.६ मा पर्ने कि.नं.१७२ को पा.पै. रोपनी ०–१५–० जग्गा र सो जग्गामा भएको घर पितापूर्खाकै पालादेखि भोगचलन बसोबास गरी आएकोमा घर भत्की पाताल भएको हुँदा सो जग्गामा घर बनाउन बौद्ध आदर्श गा.पं.का.मा निवेदन दिई २०२८।९।४ मा सो गा.पं.का.बाट स्वीकृति पाई २०२८ सालमा नै लम्बाई फुट, २४ चौडाई फुट २४ को पश्चिम मोहडाको इँटाको गार्‍हो जस्ताको छानो भएको ३ तले घर बनाई बसोबास भोगचलन गरी आएको सो जग्गा वर्तमान भूमिसुधार कानून अनुसार फाराम भर्दा र २ नं. अनुसूचीको लगत प्रकाशन हुँदा र सर्भे नापी हुँदा फिल्डबुकमा समेत जग्गाधनी बुद्ध भगवान गुठी र मोहीमा म गुण्डालामा देखाई दर्ता भएको छ । यही २०३४ साल आषाढ २० गते दिनको अं.१२ बजेको समयमा प्रतिवादीहरु र निजहरुले ल्याएका मैले नचिनेका ८–१० जना मानिसहरु आई उक्त बमोजिम जग्गामा खन्ने खोस्रने र घरमा जबरजस्ती गार्‍हो ढोका तोडफोड गर्न लाग्दा गुहार माग्दा फर्की गएका हुँदा यसरी उक्त १५,००।– मोल पर्ने घर जग्गामा सबूद प्रमाण निस्सा केही नभएका प्रतिवादीहरुले खिचोला गर्न आएका हुँदा टण्टा खिचोला मेटाई हक इन्साफ पाउँ भन्ने समेत व्यहोराको मिति २०३४।४।४ मा गुण्डा लामाले दिएको फिरादपत्र । ३. विपक्षीकै लेखबाट जग्गाधनी बौद्ध भगवान गूठी भनिएको छ जग्गाधनीको उजूर बेगरको जग्गा खिचोला सम्बन्धी उजूर ज.मि. को १ नं.अन्तर्गत नपर्ने हुँदा अ.बं.८२ नं. ले विपक्षीको हक अधिकार नभएको म पुण्यबज्र लामाले अञ्चलाधीश कार्यालयमा दिएको निवेदनको सिलसिलामा शान्ति सुरक्षाको दृष्टिकोण समेतबाटै प्र.जि.अ.ले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३,४ अनुसार विपक्षीलाई तुरुन्त घरभित्रको चिज वस्तु धनमाल झिकी खाली ग