निर्णय नं. २६११ - लेनदेन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २६११ - लेनदेन भाग: २८ साल: २०४३ महिना: बैशाख अंक: १ फैसला मिति :२०४२/११/२९ ३०५८ निर्णय नं. २६११ ने.का.प. २०४३ अङ्क १ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४० सालको दे.पु. नं.५९९ फैसला भएको मिति : २०४२।११।२९ मा पुनरावेदक/प्रतिवादी : विरगञ्ज न.पं.वार्ड नं. १६ स्थित नेपाल अलमोनियम फैक्टरीको प्रो. विहारीलाल तुल्स्यानसमेत विरुद्ध विपक्षी/वादी : ने.बैं.श्रीपुर शाखाको तर्फबाट ऐ.को शाखा प्रबन्धक जगन्नाथ उप्रेती मुद्दा : लेनदेन (१) नजीर तथा कानुनहरूको त्रुटि गरी वादी दावी बमोजिम साँवा ब्याज भराउने गरेको म.क्षे.अ.को निर्णय कानुन अनुरुपको नहुने । (प्रकरण नं. ११) पुनरावेदक/प्रतिवादीतर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया विपक्षी/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ र विद्वान अधिवक्ता श्री अनुपराज शर्मा उल्लिखित मुद्दा : ०३८ सालको रि.नं.१६४१ निवेदक कृष्णमान श्रेष्ठ विरुद्ध का.मु.अञ्चल न्यायाधीश बा.अं.अ.समेत भएको उत्प्रेषणको मुद्दामा सिद्धान्त प्रतिपादित । फैसला न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव : मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति ०४०।८।४।१ को फैसला उपर चित्त नबुझी प्रतिवादी विहारीलाल तुल्स्यान समेतको पुनरावेदनको अनुमति पाउँ भनी पर्न आएको निवेदनमा अनुमति प्राप्त भई बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत लेनदेन मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ । २. जि.पर्सा न.पं.वडा नं.१६ मा भएको आलमोनियम फैक्ट्रीको मैनेजिङ डाइरेक्टर कैलाशनाथ र प्र. विहारीलाल प्रोपाइटर भएको फैक्ट्रीको इजाजत उहाँकै नामबाट भएको र प्र.विहारीलालको अख्तियार बमोजिम प्र.कैलाशनाथले आफ्नै गोदाममा रहेको तमसुकमा लेखिए बमोजिमको तौल र मोलको आलमोनियमको भाँडा तथा सिल समेत धितो राखी पटक पटक गरी लिएको साँवा ब्याजको लागि ताकेता गर्दा पनि नबुझाउनु भएकोले गोदाममा रहेको धितो जँचाउन ०३३।८।२८ मा बैंकको पिउनलाई बोलाउन पठाउँदा पनि नआई सरकारी जनप्रतिनिधिको रोहवरमा धितो लेखिएको आलमोनियमको भाँडा सिलको तौल गर्दा लिखत बमोजिम ४५५५ के.जी.माल हुनु पर्नेमा ७५ के.जी.मात्र फेला परेकोले सो को मुचुल्का गरी बाँकी रकम भुक्तानीको लागि ताकेता गर्दा, सूचना प्रकाशित गर्दा पनि वास्तै नगरेको हुँदा लिलाम गरी प्राप्त रकमको जानकारी गराइएकोमा पटक पटक गरी आंशिक भुक्तान गरेको र २ दफामा दावी गरेको रकम पचाउने नियतले नबुझाएको हुँदा ले.दे.व्यवहारको २ नं. को हद भित्र नालेश गर्न आएको छु । प्रतिवादीहरूले आंशिक भुक्तानी गर्नुभएको रु.४९०१।२१ कट्टा गर्दा बाँकी रहन आएको साँवा रु.२८,९६०।– को बैंक नियमानुसार ब्याज रु.४१,६७७।८५ अन्य खर्च रु.८१२।९६ समेत जम्मा रु.७१,४५०।८२ र आजका मितिले भरी भराउका दिनसम्म बैंक नियमानुसार १८।५० का दरले हुने ब्याज समेत दिलाई कोर्टफी समेत भराई पाउँ भन्ने व्यहोराको ०३८।५।१८।५ को फिरादपत्र । ३. कानुनको हदम्याद नघाई अधिकार क्षेत्र विहीन निकायमा अनाधिकृत व्यक्तिले दायर गरेको नालेश समेतमा ब्याजतर्फ दावी लिन नमिल्नेमा गैरकानुनी दावी गरेको तथा साँवा रकमबाट पनि चोरी भएको मालसामान के.जी ४४८० को मोल घटाई दावा गर्नुपर्नेमा बढी साँवा दावी लिएकोले प्रस्तुत नालेश खारेज गरी दावीबाट फुर्सद पाउँ भन्ने समेत प्र.विहारीलाल, कैलाश नाथको ०३८।१२।२६ को संयुक्त प्रतिउत्तर जिकिर रहेछ । ४. लेनदेन भएको शाखाको प्रबन्धकले बैंकको नाउँबाट नालेश दायर गरेको देखिँदा ब्य