निर्णय नं. ३६३१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३६३१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: ३० साल: २०४५ महिना: फागुन अंक: ११ फैसला मिति :२०४५/०९/१३ २६१६ निर्णय नं. ३६३१ ने.का.प. २०४५ अङ्क ११ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४३ सालको रिट पूर्ण इजलास नम्बर २७ आदेश भएको मिति : २०४५।९।१३।३ मा निवेदक : श्री बर्दिया सुगर मिल्स प्रा.लि.को तर्फबाट अधिकारप्राप्त र आफ्नै हकमा पनि म्यानेजिङ्ग डाइरेक्टर पृथु शमशेर ज.ब.रा. विरुद्ध विपक्षी : माननीय भूमिसुधार मन्त्री, श्री ५ को सरकार, भूमिसुधार मन्त्रालयसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) हदबन्दी छूट सम्बन्धमा उद्योगको औचित्य हेरी छूट दिने वा नदिने कुरा श्री ५ को सरकारले आफ्नो स्वविवेक प्रयोग गरी निर्णय गर्ने कुरा हो, हदबन्दी छूट दिनै पर्छ भनी कानूनले बाध्यात्मक व्यवस्था गरेको नपाइने, यस्तोमा समानताको व्यवहार भएन भन्न मिल्ने नदेखिने । (प्रकरण नं. १५) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री राजेन्द्रप्रसाद कोइराला आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनपत्र श्री सर्वोच्च अदालत संयुक्त इजलास समक्ष पेश हुँदा माननीय न्यायाधीशहरुबीच मतैक्य हुन नसकी निर्णयार्थ यस इजलास समक्ष पेश हुनआएको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ : २. निवेदक कम्पनी ऐन अन्तर्गत दर्ता भएको कानूनी व्यक्तित्व प्राप्त व्यक्ति हो । निवेदकले खाँडसारी गुण, चिनो र त्यसको बाई प्रोडक्सन उत्पादन गर्ने बिक्री गर्ने जग्गा जमीन खरीद गरी उखूको खेती गर्ने लगायत मूल उद्देश्यहरु राखी कम्पनी दर्ता गराई पाउन निवेदन गरेका थियौं र कम्पनी सञ्चालन गर्न कम्पनीको नाममा जग्गा विगाहा ३१४–१०–११ खरिद गरेको थियो । र कम्पनीको उक्त जग्गा समेत जायजेथा समेत धितो राखी नेपाल औद्योगिक विकास करपोरेशनसंग मिति २०१९।२।१२ मा रु.२,०४,८००।– ऋण लिएका थियौं । निवेदकले लाखौं रुपैयाँको लागतमा उखु खेती गरी मिल भवन बनाई र मेशीनरी जडान गरी उद्योग सञ्चालन गरी आएका थियौं । उक्त जग्गा २०२१ सालमा नापी हुँदा बर्दिया मानपुर मैनापोखरी गा.पं.वडा नं.५ मा वि.२१–१७–१३ वडा नं.६ मा १४–८–८ डेउढाकला गाउँपञ्चायत वडा नं.३(क) मा वि.२७७–१८–१० जम्मा ज.वि.३१४–१०–११ जग्गा निवेदक कम्पनीको नाममा नापी भई दर्ता प्रमाणपूर्जा समेत मिति २०२२।१०।७ मा प्राप्त भएको छ । ३. हदबन्दी छुट पाउनको लागि उद्योग विभागमा निवेदन गर्यौं तर धेरै वर्षसम्म अनियमित हुँदा र कम्पनी जायजेथा नेपाल औद्योगिक विकास करपोरेशनले कब्जा गरी दिंदा उद्योग ठप्प हुन गयो । मिति २०३७।५।१३ गते र मिति २०३७।६।१६।५ मा उद्योग विभागले बन्द रहेको मिल सञ्चालन गर्न अनुमति दिने र हदबन्दी छूट सम्बन्धमा छुट्टै निवेदन दिएमा कारवाही गर्ने निर्णयको जानकारी दिए अनुसार लाखौं रुपैयाँको ऋण काढी २०३७ सालमा नेपाल औद्योगिक विकास करपोरेशनलाई तिर्नु बुझाउनु पर्ने रकम बुझाई धितो छुट्याई उद्योग सञ्चालन गर्यौं र हदबन्दी छूटको लागि निवेदन गर्दै गयौं साथै विभागबाट छूटका लागि मिति २०३७।११।८ र २०३८।८।१९ मा मन्त्रालयमा सिफारिश भई गएको थियो । यसै बीच भूमिसुधार कार्यालयले भूमिसम्बन्धी ऐनको दफा १४ को सर्वथा विपरीत अनुसूची नं. ८ प्रकाशित गरी जग्गा प्राप्त गर्न सूचना प्रकाशित गरेको कुरा थाहा पाई नक्