निर्णय नं. ३६३४ - कुटपिट
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३६३४ - कुटपिट भाग: ३० साल: २०४५ महिना: फागुन अंक: ११ फैसला मिति :२०४५/०९/२० २२७३ निर्णय नं. ३६३४ ने.का.प. २०४५ अङ्क ११ पूर्ण इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४३ सालको फौ.पु.नं. १८ फैसला भएको मिति : २०४५।९।२०।३ मा निवेदक/प्रतिवादी : का.प.जि.वार्ड नं. ६ जनगाल बस्ने शम्भुबहादुर खत्रीसमेत विरुद्ध विपक्षी/वादी : ऐ.ऐ.गा.पं.वा.नं.६ बस्ने वीरबहादुर खड्कासमेत मुद्दा : कुटपिट (१) मिलापत्र गाउँ न्यायिक समितिबाट नभई गाउँपञ्चायतका प्रधानपञ्चबाट भएको देखिएकोले सो मिलापत्र कानून बमोजिम भएको भन्न नमिल्ने । (प्रकरण नं. २०) निवेदक प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेवप्रसाद ढुंगाना फैसला न्या.सुरेन्द्रप्रसाद सिंह : श्री ५ महाराजाधिराज सरकारका हजूरमा विशेष जाहेरी विभाग मार्फत सर्वोच्च अदालत डिभिजन बेञ्चबाट मिति २०४२।४।७।२ मा भएको फैसला फुल बेञ्चबाट दोहोर्याई पाउँ भनी निवेदकहरुले विन्तिपत्र चढाउनु भएकोमा यस्मा व्यहोरा साँचो भए यसमा लेखिएको त्यस अदालतको डिभिजन बेञ्चबाट छिनिएको कुटपिट मुद्दाको मिसिल झिकी फुल बेञ्चबाट दोहोर्याई हेरी कानून बमोजिम निर्णय गर्नु भन्ने हुकुम प्रमांगी बक्स भई आएअनुसार यस अदालतको फुल बेञ्चको लगतमा दर्ता भई निर्णयार्थ पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छ : २. प्रधानपञ्चको लागि निर्वाचनमा फिरादी मध्ये वीरबहादुर उम्मेदवार भई निर्वाचन लडी बिजयी भएकोले इवी लिई बराबर भनाभनसम्म भएको थियो । ०३३।७।११।४ का दिन अं.११ बजे अन्यायीहरु नचिनेको ८ जना सहित बा.अं. ७२६ नं. को मिनी बस चढी बनेपा तिरबाट आई फिरादी वीरबहादुरको घर नजिकै उत्रे र नचिनेका ८ जना अरनिको राजमार्गकै छेउमा उभिरहे । अन्यायहरु फिरादी वीरबहादुरका घर आँगन मुनिको चौरमा आई परालको कुनिउँ लगाई रहेका फिरादी वीरबहादुरलाई अन्यायी टिकाबहादुर, पृथ्वीबहादुरले गोद भनी बचन दिने अन्यायी कृष्णबहादुर, शम्भु, केदार, विसु हात हाल्ने भई फलामे डण्डी र फलामका लठ्ठी समेतले कुटपिट गरी पिता पति वीरबहादुरलाई एक्कासी हुलबाँधी कुटपिट गर्न लागेको देखी कुटपिटबाट बचाउनु फिरादी दिलकुमारी र सुवर्णकुमारी आई चौरमा आउँदैका अवस्थामा यिनीहरुलाई पनि नछोड भन्दै अन्यायी टिकाबहादुर तथा पृथ्वीबहादुरले बचन दिनासाथ अन्याय कृष्णबहादुर, शम्भु, गोकर्ण, सकुले फिरादी सुवर्णकुमारीलाई र अन्यायी केदार, रामचन्द्र र अनिरुद्रले फिरादी दिलकुमारीलाई हात मुक्का गरी फलामे किला ठोकेको लठ्ठी र फलामे डण्डी समेतले कुटपिट गरी तथा हुल बाँधी आई कुटपिट गर्न लागेको देखी फिरादी बुद्धिबहादुर तथा फिरादी नन्दकुमारी छुट्याई दिन भनी किन कुटपिट गरेको भन्दै वीरबहादुरको आँगन मुनिको चौरमा आउँदै थिए । अन्यायी टिकाबहादुर तथा पृथ्वीबहादुरले यिनीहरुलाई पनि ठोक भनी बचन दिनासाथ अन्यायी कृष्णबहादुरले लाठीले तिघ्रामा हाने र फलामे डण्डीले बुद्धिबहादुरलाई शम्भु खत्रीले घुँडाको पाङग्रेतो फुट्ने गरी हाने । वीसु खड्का र सकले पनि लठ्ठी, घुसा, लात प्रहार गरे फिरादी नन्दकुमारीलाई अन्याय विष्णु, हर्कबहादुर र शम्भुले लठ्ठी हात मुक्का प्रयोग गरी कुटपिट गरेकोले फिराद गर्न आएको छु । घा जाँच फाराममा उल्लेख भए गरे मुताविक चोटपटक लाग्ने गरी हामी फिरादीलाई कुटपिट गरे गराएमा अन्यायहरुलाई कानून बमोजिम सजायँ गरी पाउँ भन्ने समेत जना ५ को एउटै फिरादपत्र । ३. हामी प्