निर्णय नं. २६१२ - परमादेश लगायत उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २६१२ - परमादेश लगायत उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: बैशाख अंक: १ फैसला मिति :२०४३/०१/०७ २३५२ निर्णय नं. २६१२ ने.का.प. २०४३ अङ्क १ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४२ सालको रिट नं. १४६ आदेश भएको मिति : २०४३।१।७।१ मा निवेदक : त्रिपुरेश्वर नेशनल स्टेशनरी इण्डट्रीजका प्रो. निरञ्जनकुमार टिवरेवाल विरुद्ध विपक्षी : श्री ५ को सरकार घरेलु तथा ग्रामीण उद्योग विभागसमेत विषय : परमादेश लगायत उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ (१) आवश्यक कागजात सम्बन्धित कार्यालयबाट लिई यस कार्यालयमा निवेदन गर्न आएमा नियमानुसार फिर्ता दिन मञ्जूर छ भन्ने देखिँदा रिट निवेदन धरौटी फिर्ता लिन गएमा ऐन नियमको रीत पुर्याई धरौटी फिर्ता दिनु भनी परमादेशको आदेश जारी गरिएको छ । (प्रकरण नं. ११) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री हरिशंकर निरौला विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री भैरवप्रसाद लम्साल फैसला न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव : संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य यसप्रकार छ : २. घरेलु तथा ग्रामीण उद्योग विभागमा घरेलु उद्योगको रुपमा दर्ता भई मिति २०४०।१।८ देखि उत्पादन शुरु गरेर औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा १० ले प्रदान गरेको आयकर सुविधा, भन्सार सुविधा, अन्तःशुल्क सुविधा, बिक्रीकर सुविधा परिवत्र्य विदेशी मुद्राको सटही सुविधा समेत रिट निवेदकले उपभोग गरी आएको हुँ यस उद्योगको लागि आवश्यक कच्चा पदार्थ आयात गर्दा उक्त दफा १०(ख) अन्तर्गत एक प्रतिशत भन्सार सुविधा र दफा १०(छ) अन्तर्गत बिक्रीकर सुविधा पनि पाउने व्यवस्था अनुरुप शुरुमा पाउँदै आएको हो यस उद्योगले आयात गरेको २०४१।५।२५ को भन्सार कार्यालयबाट छुटाएको सामानमा माथि लेखिए बाहेक भन्सार तथा बिक्रीकर लगाउन नसकिने प्रष्ट कानुन हुँदा हुँदै भन्सार सुविधाको मात्र सिफारिश गरी बिक्रीकर धरौटी रखाउने एउटा निकायको निर्णय हुन्छ भने अर्को निकाय भन्सार कार्यालयबाट भन्सार र बिक्रीकर दुवै पूर्ण रुपमा मिति ०४१।५।२५ गते धरौटी लिने काम भयो । उक्त भन्सार कार्यालयको काम कारवाही बदर गरी पाउन भन्सार विभागमा पहुँच राख्दा पनि कुनै सुनुवाई भएन । रिट निवेदकलाई औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा १०(ख) ले भन्सार सुविधा र १०(घ) ले बिक्रीकर सुविधा प्रदान गरेको छ । स्टेशनरी सामान बिक्रीकर नलाग्ने कानुनी प्रावधानको थप पुष्टि श्री ५ को सरकार अर्थ मन्त्रालयबाट मिति २०३९।३।७ मा प्रकाशित सूचनाबाट समेत मिल्दछ । अतः औद्योगिक व्यवसाय ऐनको विपरीत गरी निवेदकबाट लिइएको धरौटी रहेको भन्सार महसूल र बिक्रीकर फिर्ता पाउन उत्प्रेषणयुक्त परमादेश वा अन्य उपयुक्त आदेश जारी गरिपाउँ भन्ने समेत रिट निवेदन । ३. विपक्षीहरूबाट लिखितजवाफ झिकाई आएपछि पेश गर्नु भन्ने सर्वोच्च अदालत सिंगलबेञ्चको मिति २०४१ साल चैत्र १३ गतेको आदेश । ४. घरेलु उद्योगबाट इजाजत प्राप्त गरी सञ्चालन भएका विभिन्न घरेलु उद्योगहरूको आयातित कच्चा माल सहायक कच्चा मालमा बिक्रीकर सुविधार प्रदान गर्ने बारे श्री ५ को सरकार अर्थ मन्त्रालय कर विभागको परिपत्रानुसार यस कार्यालयका कार्यालय प्रमुख घरेलु अधिकृत र अन्तःशुल्क अधिकृत समेत भएको समितिले साविक सालमा सिफारिश गर्ने गरेको थियो समितिले छानबीन गरी के कति परिमाणको बिक्रीकर छूटको सुविधा दिई आएको थियो । तर २०४१ साल श्रावण देखि उक्त व्यवस्था खारे