निर्णय नं. ३६३५ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३६३५ - अंश भाग: ३० साल: २०४५ महिना: फागुन अंक: ११ फैसला मिति :२०४५/१०/११ २१७२ निर्णय नं. ३६३५ ने.का.प. २०४५ अङ्क ११ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४४ सालको दे.पु.नं. ७९२ फैसला भएको मिति : २०४५।१०।११।३ मा पुनरावेदक/वादी : जि.झापा महाभारा गा.पं.वार्ड नं. १ बस्ने डम्बरबहादुर निरौला विरुद्ध प्रत्यर्थी/प्रतिवादी : ऐ.ऐ.बस्ने शेरबहादुर निरौलासमेत मुद्दा : अंश (१) जालसाजी मुद्दाबाट निस्कृय भएको घरसारको बण्डापत्रबाट वादीले अंश पाई सकेको भनी ठहर गर्न मिल्ने नदेखिने । (प्रकरण नं. १२) (२) वादी र प्रतिवादीहरुले बण्डापत्र समेत गरी छुट्टी भिन्न भएको भनी देखाएको मितिलाई वादी प्रतिवादीहरु मानु छुट्टिएको मिति कायम मान्नु पर्ने । (प्रकरण नं. १२) पुनरावेदकतर्फबाट : विद्वान अधिवक्ता श्री गोपालप्रसाद भण्डारी विपक्षी प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा फैसला प्र.न्या.धनेन्द्रबहादुर सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसलामा कानूनी त्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदनमा पुनरावेदनको अनुमति दिइएको छ भन्ने सर्वोच्च अदालत संयुक्त इजलासको आदेशानुसार पुनरावेदनको लगतमा दर्ता भई पेश हुनआएको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ : २. विपक्षी पिता शेरबहादुरको जेठी पत्नी पुनमाया पट्टि जेठा लिलमबहादुर, माहिला म फिरादी, कान्छा विपक्षी हरिबहादुर समेत ३ भाइ र कान्छी प्रेम माया पट्टि धर्मसिं १, भाइ समेत ४ भाइ छोरामा जेठा लिलमबहादुर २०१८ सालमा र कान्छी आमा र भाइ धर्मसिं २०२६ सालमा छुट्टी भिन्न भएको मलाई पनि अलगै बस्नु भनी पहाडको जग्गा ४ किल्ला छुट्याई आम्दानी उपलब्ध गराई दिने र तराईतर्फ कि.नं.८९ को ७–३–० जग्गा २०३१।११।२७ मा बण्डा गरी दिनु भएको २०३६ सालमा पहाडबाट आउनासाथ आयस्ता माग्दा तिम्रो जग्गा कहाँ छ र आयस्ता ल्याउँ, जे जो गर्नु पर्छ गर भनी विपक्षी हरिबहादुरले भनेको र पिता शेरबहादुरले आँखा देख्न छाडे दाम काम सबै हरिबहादुरलाई छाडी सकेको छ भन्नु भएकाले २०३१।११।२७ मा घरसारमा बण्डापत्र लेखाइ सहिछाप गराए तापनि पहाड र तराई समेतको अचल सम्पत्ति सबै पिताजीकै नाममा रहेको हाल पिताजीको आँखा कमजोर भई विपक्षी हरिबहादुरले व्यवहार आफ्नो कब्जामा पारी भाइ बहुारी छोरा भतिजाका नाममा दर्ता गरी एकलौटी खाने नियत गरेकोले प्रतिवादीहरुबाट अंशबण्डाका २०, २१, २३ नं.बमोजिम फाँटवारी लिई मैले पाउने अंश यकिन गरी दिलाई भराई पाउँ भन्ने २०३६।११।२१।३ को फिरादपत्र । ३. जेठा छोरा लिलामबहादुर २०१८ सालमा छुट्टिएको, कान्छी श्रीमती र छोरालाई २०२१ सालमा भिन्न भई २०२६ सालमा बण्डा गरी दिएको बाँकी विपक्षी डम्बरबहादुर २०३१ सालमा भिन्न हुँदा सबै जमीन ३।३ भाग गरी लिखत भई भिन्न भएको म आँखा कमजोर भई बाथको रोग लागी सबै व्यवहार र कागजपत्र छोरा हरिबहादुर जिम्मा रहेकोले हाल के कसरी व्यवहार चलेको छ मलाई थाहा छैन । उक्त बण्डापत्र अनुसारको सम्पत्ति प्रतिवादी जिम्मा छैन भन्ने समेत व्यहोराको मिति ०३७।२।२४ को प्र.शेरबहादुरको प्रतिउत्तरपत्र । ४. दाजु लिलमबहादुर र धर्मसिं २०२०।७।१८ गते नै छुट्टिएका र २०३१।११।२७ गते यी वादीले पाउने अंश लिई आफ्नो अंशमा परेका पहाड मदेशका जग्गा भोग गर्दै आएका छन् । २०३१ सालको अंशबण्डामा चित्त नबुझे अंशबण्डाको ३२ नं.बमोजिम उजूर गरी बदर गराउनु पर्ने सो नगरी चित्त बझाई बण्डा लिई भोगी सकेपछि वादी दावी लाग्न