निर्णय नं. २६१३ - उत्प्रेषण मिश्रित प्रतिषेध लगायत जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २६१३ - उत्प्रेषण मिश्रित प्रतिषेध लगायत जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: बैशाख अंक: १ फैसला मिति :२०४३/०१/१९ २४०५ निर्णय नं. २६१३ ने.का.प. २०४३ अङ्क १ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् ०४१ सालको रिट नं. १७१२ आदेश भएको मिति : २०४३।१।१९।६ मा निवेदक : जि.सिन्धुपाल्चोक सेउले गा.पं.वार्ड नं.७ बस्ने टंकबहादुर कार्की विरुद्ध विपक्षी : श्री प्रमुख जिल्ला अधिकारी जिल्ला कार्यालय काठमाडौंसमेत विषय : उत्प्रेषण मिश्रित प्रतिषेध लगायत जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ (१) कारवाही भइरहेको देखिएको र त्यस्तो कारवाहीमा यस अदालतको असाधारण अधिकार क्षेत्र प्रयोग गरी रिट क्षेत्रबाट हस्तक्षेप गरी हेर्न नमिल्ने । (प्रकरण नं. १७) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री रोहिणीराज सिग्देल विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट आदेश न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव : नेपालको संविधान २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यसप्रकार छ : २. विपक्षी मध्ये सरु सुब्बाले विपक्षी जिल्ला कार्यालयमा कीर्ते व्यक्ति खडा गरी जग्गा पास गराई मेरो नगद खाए । कीर्ते कागज खडा गर्नेलाई कारवाही गरी थैली असूल गरिपाउँ भन्ने उजूर गरेकोले म निवेदकलाई पक्राउ गरी उपस्थित गराउनु भनी विपक्षी जिल्ला कार्यालयले विपक्षी जि.प्र.का.काठमाडौंलाई र जि.प्र.का.काठमाडौं जि.प्र.का.सिन्धुपाल्चोकलाई पत्र लेखेको रहेछ । ३. म निवेदकलाई ०४१।७।१४ गते विपक्षी जि.प्र.का.सिन्धुपाल्चोकले पक्राउ गरी ऐ.कार्तिक १६ गते करीब ३ बजेको समयमा विपक्षी जिल्ला कार्यालयबाट एकजना नचिनेका कर्मचारीलाई लेखी राखेको कागजमा सही गर भनेपछि सो कागजमा लेखिएको व्यहोरा सुनाउन भन्दा उल्टै प्रहरीद्वारा कुटपिट गर्न थाले । ज्यान बचाउनको लागि ठूलो त्रासमा परी सहिछाप गरी दिए । त्यसपछि मलाई विपक्षी जिल्ला कार्यालयका आदेशले ०४१।७।२० देखि डिल्लीबजार सदर खोरमा थुनामा राखिएको थियो । म सँग रु.१,१२०००।– बिगो दण्डबापत रु.५०००।– गरी रु.१,१७०००।– धरौटी माग गरियो । नगद नहुँदा जेथाजमानी दिएपछि ०४१।८।७ गते तारेखमा छाडिएको छ । ४. विपक्षी सरु सुब्बाको उजूरी सहितको मिसिल कागजको नक्कल माग्दा नदिएकाले के कस्तो उजूरी छ कुन अभियोगमा विपक्षी जिल्ला कार्यालयले मुद्दा चलाएको हो जानकारी लिन पाइन । ५. विपक्षी सरु सुब्बाले कीर्ते व्यक्ति खडा गरी लिखत गरी लिनु दिनु गरेको रुपैयाँ दिलाई भराई पाउँ भन्ने उजूरी लिई कारवाही किनारा गर्ने म निवेकलाई पक्राउ गराई कुटपिट थुनछेक गर्न पाउने अधिकार विपक्षी प्र.जि.अ.लाई छैन । कीर्ते कागज अन्तर्गतको उजूरी न्याय प्रशासन सुधार ऐन ०३१ को दफा ९ ले जिल्ला अदालतको कार्यक्षेत्र भित्र पर्दछ । त्यस्तो लेनदेन कीर्ते जालसाजी मुद्दा लिई पक्राउ गरी थुनामा राखी कुटपिट गरी सही गराई मसँग धरौट समेत लिने अधिकार नै छैन । आफ्नो अधिकार नभएको विषयमा विपक्षी जिल्ला कार्यालयको गैरकानुनी आदेशका आधारमा मलाई जि.प्र.का.ले पक्राउ गरी सदर खोरमा थुनामा राखी अनधिकृत तरिकाले कागजमा सहिछाप गराउने तथा धरौट लिई तारेखमा राख्ने गरेको विपक्षी जिल्ला कार्यालय काठमाडौं समेतको अनधिकृत गैरकानुनी काम कारवाही बदर गरी अपहरित मौलिक हक संरक्षण गरिपाउँ भन्ने समेत टंकबहादुर कार्कीको मिति ०४१।९।१६ को रिट निवेदन जिकिर । ६. विपक्षीहरूबाट लिखितज