निर्णय नं. ३६३६ - लिखत बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३६३६ - लिखत बदर भाग: ३० साल: २०४५ महिना: फागुन अंक: ११ फैसला मिति :२०४५/०९/२९ २१६२ निर्णय नं. ३६३६ ने.का.प. २०४५ अङ्क ११ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४३ सालको दे.पु.नं. ७०९ फैसला भएको मिति : २०४५।९।२९ मा पुनरावेदक/प्रतिवादी : भ.पु.न.पं.वा.नं.१३ बस्ने मोहनकुमारी विजुक्छे हाडासमेत विरुद्ध विपक्षी/वादी : भ.पु.न.पं.वा.नं.१३ बस्ने गणेशबहादुरको छोरा गजेन्द्रबहादुर विजुक्छे मरी म.सु.गर्ने निजको छोरा भूपेन्द्र हाडा मुद्दा : लिखत बदर (१) बन्देजपत्र बमोजिम अंशियारले बराबरका दरले बाँडी खाने उल्लेख भएकोबाट आमा बाबु दुवैको मृत्यु उप्रान्त जो बाँकी रहन्छ त्यसमा मात्र वादीले आधि भाग पाउने देखिने, आमा जीवित रहेको अवस्थामा बाबु परलोक हुँदैमा उक्त सम्पत्तिमा वादीको आधा लाग्छ भन्न नमिल्ने । (प्रकरण नं. १४) (२) बाबु आमा दुवैजनाको शेषपछि मात्र सो बाँकी रहेको सम्पत्ति अंशियारहरुले बाँडी खान पाउने भई बाबुको भागमा परेको विवादका जग्गा आमाले बिक्री गरेकोमा आमा जीवित छँदै वादीको दावी लाग्ने भन्न नमिल्ने । (प्रकरण नं. १४) पुनरावेदक प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली र विद्वान अधिवक्ता श्री होराप्रसाद जोशी विपक्षी वादीतर्फबाट : विद्वान अधिवक्ता श्री जयकान्तलाल दास फैसला प्र.न्या.धनेन्द्रबहादुर सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको फैसला उपर न्यायप्रशासन सुधार ऐन, २०३१ को को दफा १३ को उपदफा (५) को खण्ड (ख) अनुसार पुनरावेदनको अनुमति प्राप्त भई निर्णयार्थ यस इजलास समक्ष पेश हुनआएको प्रस्तुत मुद्दाको तथ्य एवं जिकिर संक्षिप्तमा यसप्रकार छ : २. पिता डि.गणेशबहादुरको दुइटी पत्नीमा जेठी कृष्णकुमारी र कान्छी विपक्षी मोहनकुमारी हुन् । माता कृष्णकुमारी आफ्नै कालगतीले १९८२ सालमा परलोक भएपछि पिताजीले विपक्षी मोहनकुमारीसंग वैवाहिक सम्बन्ध कायम गर्नुभएको हो । माताको शेषपछि हामी अंशियारामा पिता डि.गणेशबहादुर विपक्षी मोहनकुमारी म फिरादी र विपक्षी गम्भीरबहादुर समेत मिति २०२१।७।२२ गतेका दिन घरसारमा ४ भाग अंश लगाई भिन्न भई ०२१।७।२७ गतेका दिन बण्डापत्र पारित गरेका हौं । बण्डापत्र बमोजिम पिता गणेशबहादुरको भागमा परेको भ.पु.जि.भ.पु.न.पं.वडा नं.४ बेखाल मूल ढोकाको पूर्व र उत्तर सडक बाटो, पश्चिम गल्ली, दक्षिण गुरुजुको बारी यति ४ किल्लाभित्रको रोपनी १०–८–० को घर पाताल बारी बुद्धवीर सुवालले पाखरे भई कमाई आएकोमा पिताको शेषपछि पूर्वपट्टिको आधार गम्भीरबहादुर र पश्चिमपट्टिको आधा म फिरादीले भोगचलन गरी आएको छु । साविक मोही बुद्धवीर परलोक भई निजका छोरा विष्णुभक्त सुवालले कमाई आएको छ । उल्लिखित पूर्वपट्टि गम्भीरबहादुरको पातालवारी मोहनकुमारी दिने र गम्भीरबहादुर अन्तरसाक्षी हुने भई २ जनाले भजगोविन्द र लक्ष्मण डकर्मीलाई दिएबाट विपक्षीहरुको हकभोग स्पष्ट गरेको छ । हाल विपक्षीहरु तीनजनाले उल्लिखित पश्चिमपट्टिको मेरो रोपनी ५–४–० को पातालवारी मध्ये पूर्व र दक्षिण यसै मध्येको घर पातालवारी, पश्चिम गल्ली बाटो र उत्तर सडक बाटो यति ४ किल्लाभित्रको उ.द. १८४ फिट र पूर्व पश्चिम ३७ फिटको अं.रोपनी १ को घर पाताल भनी लेखाई रु.२४,९९९।– मा दिने मोहनकुमारी र लिने काशीबहादुर अवाल तथा अन्तरसाक्षी गम्भीरबहादुरले ऋणीको एकाघरको छोरा भनी मिति २०३७।२।२२ गतेका दिन रजिष्ट्रेशन पारित गरी लिनुदिनु गर्न भएको रहेछ । सो कुरा मैले