निर्णय नं. २६१४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २६१४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: बैशाख अंक: १ फैसला मिति :२०४३/०१/०७ २२२७ निर्णय नं. २६१४ ने.का.प. २०४३ अङ्क १ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४१ सालको रिट नं. १४२९ आदेश भएको मिति : २०४३।१।७।१ मा निवेदक : जिल्ला सप्तरी हाल मलेठ गा.पं.वार्ड नं.६ बस्ने बुद्धि तेलिनी विरुद्ध विपक्षी : सप्तरी हाल गा.पं.मधेसुरा वार्ड नं. ४ बस्ने जुगल साहु तेलीसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) अधिकार प्राप्त अदालतले कानुन बमोजिम गरेको निर्णयहरू बदर हुन नसक्ने । (प्रकरण नं. ११) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मोहनकृष्ण खरेल विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट आदेश न्या.हरगोविन्द सिंह प्रधान : नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश पूर्जी जारी गरिपाउँ भनी रिट निवेदन मिति ०४१।६।९।३ मा दर्ता भएको रहेछ । २. स्वर्गीय लोचनको चार छोरा जेठा स्वर्गीय बुहारी माहिला स्वर्गीय वंकर भन्ने सुर्वस साहिला स्वर्गीय तुलसी र कान्छा विपक्षी जुलाल हुन् । उक्त चारै जना दाजु भाइ सम्वत् १९९५ सालमा अंशबण्डा गरी अलग अलग बसेका हुन् । बुहारीकी पत्‍नी स्वर्गीय दुलारी र तुलसीकी पत्‍नी स्वर्गीय पार्वती हुन् । वंकर भन्ने सुर्वसको कान्छो धर्मपत्‍नी म निवेदक हुँ । पार्वती र दुलारी निसन्तान छन् । दुलारीको अंश दर्ता भोगको जग्गामा हाल सर्भे हुँदा विपक्षी जुगलले आफ्नो समेत नाम समावेश गराई दुलारी र जुगलको संयुक्त दर्ता गराए छन् । सो कुरा जानकारी पाएपछि दुलारीले विपक्षी जुगल उपर दर्ता बदर मुद्दा दिएको अवस्थामा नै दुलारीको स्वर्गवास भएकोले सो मुद्दा डिसमिस भएछ । दुलारीको अपुताली पाउने जुगल, पार्वती र म समेत भएकोमा विपक्षी जुगलले एकलौटी दर्ता गराएको हुँदा सो दर्ता बदर गरी अपुताली हक पाउँ भन्ने समेत पार्वती र मैले छुट्टाछुट्टै नालेश गरेका थियौं । त्यसमा विपक्षीले प्रतिउत्तर फिराउँदा मलाई वंकरको सत्य सिंदुरमा नरहेको भनी घृणित अभियोग लगाए, सप्तरी जिल्ला अदालतबाट देहायको फैसला गरियो । अपुताली पर्नु भन्दा अघि विपिक्षी जुगलको नाममा दर्ता भएको जग्गा बाहेक अरुमा आधा पाउने ठहर्छ । सो बाहेक अरु जग्गा यति छ भनी व्यक्त गरेको नदेखिनाले कुन जग्गा कति कसका भागमा पर्न जाने हो त्यसतर्फ अहिले बोल्न नमिल्ने । सो फैसला उपर पुनरावेदन गर्दा सगरमाथा अञ्चल अदालत राजविराज बेञ्चबाट देहायको आधार देखाई उक्त इन्साफ सदर गरियो । दुलारी देवीले दुलारी देवीको एकलौटी जग्गामा प्र. जुगलले संयुक्त दर्ता गराएकोमा दुलारी देवीले दर्ता बदर मुद्दा दिएकोमा सो मुद्दा डिसमिस भएको । फिरादमा लेखेको जग्गा र जुगलको नाममा दर्ता भएको जग्गाको कुनैमा कि.नं. कुनैमा वार्ड नं. फरक भएको वादीले दावी गरेको जग्गासम्ममा निर्णय गर्नुपर्ने भई त्यतिसम्ममा वादी दावा नपुग्ने ठहराएको इन्साफ मनासिब छ । उक्त फैसलामा देहायको त्रुटि छ भनी पूर्वाञ्चल क्षेत्रीय अदालतमा पुनरावेदनको अनुमति पाउँ भनी निवेदन दिएको थिएँ । अदालती बन्दोवस्तको ८५ नं.को गतल प्रयोग भयो । प्रमाण ऐन, २०३१ को दफा ६ को विपरीत भयो त्यसको व्याख्या हुनु आवश्यक छ । प्र. जुगलले ममाथि दिएको जालसाजी मुद्दामा जालसाजी गरेको नठहरिंदा नठहरिंदै सो निर्णय मेरो विरुद्ध नलाग्नु पर्ने हो । उक्त मेरो निवेदनमा पूर्वाञ्चल क्षेत्रीय अदालतबाटै जुगलको जेठो