निर्णय नं. ३६३७ - गोली हानी मारेको कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३६३७ - गोली हानी मारेको कर्तव्य ज्यान भाग: ३० साल: २०४५ महिना: फागुन अंक: ११ फैसला मिति :२०४५/०८/२२ २१२७ निर्णय नं. ३६३७ ने.का.प. २०४५ अङ्क ११ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४५ सालको फौ.पु.नं. ६१८ सम्वत् २०४५ सालको फौ.सा.नम्बर ४९ फैसला भएको मिति : २०४५।८।२२।४ मा पुनरावेदक/प्रतिवादी : कारागार शाखा इलाममा थुनामा रहेका प्र.ज.मोहनराज कार्की विरुद्ध विपक्षी/वादी : पशुपतिनगर भन्सार कार्यालयका ख.प्रेमबहादुर श्रेष्ठको जाहेरीले श्री ५ को सरकार मुद्दा : गोली हानी मारेको कर्तव्य ज्यान (१) कोठा बाहिर आई राइफलमा गोली लोड गरी कोठामा गई गोली प्रहार गरी मारेकोमा घटी सजायँ हुनुपर्छ भन्ने जिकिर पुग्न नसक्ने । (प्रकरण नं. १९) फैसला प्र.न्या.धनेन्द्रबहादुर सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसलामा चित्त बुझेन भन्ने प्रतिवादी मोहनराज कार्कीको पुनरावेदन पर्न आएको र निजको हकमा साधक निकाशाको लागि पेश हुनआएको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ : २. मिति २०४१।११।२० गतेका दिन अं.१७ :४० बजेको समयमा एक्कासी मोहनराज कार्की हातमा राइफल लिई भन्सार कार्यालय भित्र पसी भन्सार अधिकृत बसेको कुर्सीबाट करीव ५ फिट परबाट राइफल तेर्साई केही कुरा नबोली गोली चलाउँदा भन्सार अधिकृत शम्भुप्रसाद चालिसेले टेबुलमा टाउको अडयाउनु भयो । त्यसपछि म प्रेमबहादुरलाई ताकी हान्न खोज्दा फायर नभई रा.वा. बैंक मेनेजर र सीमा प्रकाशक खरदारलाई समेत ताकी हान्न खोज्दा नपड्की भाग्ने मौका पाई प्र.ज.प्रेमकुमार तामाङ छुट्याउन नआई प्र.ज.केन्द्रबहादुर बानिया आई राइफल खोसी प्र.स.नि.लोकहरी आई अभियुक्तलाई पक्राउ गरेपछि अ.हे.ब. आई जचाउँदा भन्सार अधिकृत स्वर्गीय भइसकेको भन्ने जानकारी दिएकोले जाहेर गर्न आएको छु भन्ने ख. प्रेमबहादुर श्रेष्ठको मिति २०४१।११।२१ गतेको दर्खास्त । ३. मिति २०४१।११।२० का दिन पक्राउ परेको माल लिलाम हुने भई लिलाममा लिने व्यक्तिबाट कपडा किन्न भनी ड्यूटीको राइफल साथै लिई हाकिम रहेको कोठामा गई पेण्टको कपडा पाउँछौ कि पाउँदैनौ भनी सोध्दा पाइँदैन भन्नासाथ लखिचनलाई किन दिनुपर्यो पक्षपात गर्न पाइँदैन भन्दा यसको हाकिम म हुँ तँ भुसुनालाई उडाई दिन्छु भन्नु भई भन्सार बैंकको खाली ठाउँबाट पछाडि गई ५ राउण्ड गोली भरी आवेग थाम्न नसकी छाती ताकी गोली हाने हाकिम घोप्टो परी टेबुलमा अडिए पक्रलान भनी ख. प्रेमबहादुर समेतलाई हानेको गोली मिस भयो भन्ने समेत व्यहोराको मोहनराज कार्कीले प्रहरीमा गरेको कागज । ४. मिति २०४१।११।२० गतेका दिन १६:०० बजेबाट १८:०० बजेतक मेरो ड्यूटीमा बसिरहेको थिएँ । अं.५:३० बजेको समयमा मोहनराज कार्की आई हाकिम बसेको कोठामा आएर लिलामको कपडा बाहिरकोले पाउने हामीले नपाउने भनी हाकिम शम्भुप्रसाद चालिसेसंग वादविवाद गरे म गार्डतर्फ गएँ मोहनाज कार्की आएको देखिन एक्कासी हाकिमको कोठामा गोली पड्केको आवाज आयो र कोठामा जाँदा मोहनराजले राइफल ताकिरहेको थियो म अकमकिएँ केन्द्र बानियाले मोहनको हातबाट राइफल खोस्यो मैले सहयोग दिई मोहनले गोली चलाई मारेको होइन भन्ने समेत व्यहोराको प्रेमकुमार तामाङले प्रहरीमा गरेको कागज । ५. मिति २०४१।११।२२ गतेको घटनास्थलको प्रकृति मुचुल्का र भन्सार गार्डमा बस्ने प्रेमकुमार तामाङ समेतको सहयोगले रा.बा. बैंकका गार्ड मोहनराज कार्कीले भन्सार हाकिम शम्भुप्रसाद चालिसेलाई गोली हानी मारेका हुन् भन्ने हस्तबहादुर बस्नेत समेतले गरी द